धरान । विराटनगर रानी–जोगबनी हुँदै उत्तरी चीनको सीमाबिन्दु जोड्ने् बहुचर्चित खाँदबारी किमाथांका त्रिदेशीय सडक सञ्जालको ट्रयाक आगामी आव २०८०÷०८१ सम्ममा खुलिसक्ने भएको छ ।
खाँदबारी किमाथांका सडकको चुम्सुर च्याम्ताङ्ग घोङ्गगोप्पा सडक खण्डमा कडा चट्टाने भीरका कारण ट्रयाक खोल्न कठिनाई भएपछि नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयबाट नेपाली सेनाको विकास निर्माण निर्देशनालयलाई उक्त सडक खण्डको ट्रयाक खोल्न जिम्मा दिइएको थियो ।

नेपाली सेनाले २०७७ माघदेखि ब्लाष्टिङ्ग गरेर सडकको ट्रयाक खोल्न शुरु गरेको थियो । च्याम्ताङ–चुम्सुर घोङ्गगोप्पा सडक आयोजनाका प्रमुख नेपाली सेनाका कर्नल दिलिप थापाका अनुसार खाँदबारी किमाथांकाका उत्तर दक्षिण कोशी सडक आयोजनाले उक्त सडक खण्डको १४ किमी ट्रयाक खोल्ने जिम्मा दिए तापनि पुन ः नेपाली सेनाले सर्भे गर्दा १०.५ किमी देखियो । कर्नल थापाका अनुसार आर्थिक बर्ष २०७७÷०७८ मा नेपाली सेनाले दुई वटा क्याम्प बनाएर ट्रयाक खोल्ने काम ग¥यो । चुम्सुर तर्फ एक र च्याम्ताङ्गतर्फ एक गरी काम गर्दा ५ सय मिटर ट्रयाक खुल्यो । यसैगरि आर्थिक बर्ष ०७८÷०७९ मा २.५ किमी सडकको ट्रयाक खुल्यो । आ.व. ०७९÷०८० मा ३.५ किमी ट्रयाक खोल्ने लक्ष्य रहेकोमा हालसम्म १.४ किमी सडकको ट्रयाक खुलेको छ । कर्नल थापा भन्नुहुन्छ १०.५ किमीमा हालसम्म ४.४ किमी सडकको ट्रयाक खुलिसकेको छ भने आउँदो फागुन सम्ममा ३.५ किमी सडकको ट्रयाक खोल्ने लक्ष्य रहेको छ । हालकै रÏतारमा काम भएमा आव २०८०÷०८१ सम्ममा नेपाली सेनाले जिम्मा पाएको १०.५ किमी सडकको ट्रयाक पूर्ण रुपमा खुलिसक्ने सडक आयोजनाका नेपाली सेनाका क्याप्टेन इन्जिनियर रमेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार हाल नेपाली सेना र अन्य मजदुर गरि १७५ जनाले शंखेभीरमा ब्लाष्टिङ्ग गरेर ट्रयाक खाल्ने काम गरिरहेका छन् । खाँदबारी किमाथांका उत्तर दक्षिण कोशी सडक आयोजनाका इन्जिनियर
किरण कुमार श्रेष्ठका अनुसार आयोजनाले खोलेको ट्रयाकमा यतिबेला स्तरोन्नति गर्ने, ग्राभेलिङ्ग गर्ने, नालाहरुको मर्मत गर्ने, सववेशको काम गर्ने मात्र नभएर लविहिल देखि दोभानसम्मको ५० किमी मध्ये १० किमी कालोपत्रे गर्ने तयारी भएको छ । कम्तिमा पनि लविहिलबाट अरुणथानसम्म कालोपत्रे हुने छ । खाँदबारीलाई जिरो माइल मान्दा अगाडि ५४ किमी सडक ग्राभेल भइसकेको इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । हाल ४९ किमी सडकको कालोपत्रेका लागि ४ प्याकेजमा कामको तयारी भइरहेको छ । पहिलो प्याकजमा लविहिल देखि थान्सेर्पुसम्मको १४ किमी सडकको शर्मा जेभि कस्ष्ट्रक्सन मकवानपुर, थान्सेर्पुदेखि कप्तानेसम्मको २६ किमी, कप्तानेदेखि नुमसम्मको ३९ किमी समेत शर्मा जेभि कस्ट्रक्सन मकवानपुरले काम गर्ने भएको छ भने नुमदेखि अगाडिको १० किमी हिन्दुङ्ग एण्ड थोकरजेभि विराटनगरले जिम्मा पाएको छ । इन्जिनियर श्रेष्ठका अनुसार हाल सडकको ट्रयाक खुलिसकेको ५०–५३ खण्डमा अरुण भिएस जेभीले रिपेयरिङको काम गरिरहेको छ । खाँदबारीदेखि अरुण नदिसम्म ८० किमी रहेको छ, जहाँ साना सवारी साधनहरु चल्ने गरेका छन् । अरुण भन्दा अगाडि हुङहुङ भन्ने स्थान दलदले भएकाले उक्त स्थानमा सोलिङ्गको काम भइरहेको छ । यस्तै ७ नं. ठेक्का अन्तर्गत १२१–१३४ सम्म हन्ट खोलाबाट च्याम्ताङ्ग सम्मको ठेक्काको ग्राभेलको काम भइरहेको छ । ठेक्काको काम करिब करिब सिद्धिएको र बित्तीय काम हुन बाँकी रहेको छ । हाल उक्त सडक खण्डमा १० वटा ठेक्काको रनिङ्ग भइरहेको इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । उता चीनको सीमा बिन्दु किमाथांकाबाट नेपालतर्फ पाँचदेखि साढे पाँच मिटर चौडाको बाटोको ट्रयाक केही बर्ष अगाडि नै खुलिसकेको छ । डिपिआर भइसके पनि कालो पत्रे गर्न हाल त्यहाँको मौसमले साथ नदिने र केही संरचना निर्माण गर्न बाँकी समेत रहेको उहाँले बताउनुभयो । बरुण खोलादेखि च्याम्ताङ्गसम्म अपग्रेडिङ्ग गरेर ग्राभेल गर्न भनेर बहुबर्षीय ठेक्काका लागि स्रोत सुनिश्चितताका लागि फाइल अर्थ मन्त्रालयमा पेश भएको तर अर्थले फाइल सदर नगरेकाले ४ अर्बको लागतको ठेक्का व्यवस्थापन हुन सकेको छैन । खाँदबारीदेखि किमाथांका सम्मको १६२ किमी सडक निर्माण र पुलको समेत कुल लागत कति हो त भन्ने जिज्ञासामा इन्जिनियर श्रेष्ठले भन्नुभयो, पहिलाको एलएमविएस अनुसार १६ अर्ब थियो । अघिल्लो आर्थिक बर्षमा एलएमविएसमा परिवर्तन भएको छ । उक्त प्रोजेक्टको कुल लागत ११ अर्ब ९३ करोड भएको छ । यही रकमबाट सबै काम सम्पन्न गर्नुपर्ने हुन्छ । उता खाँदबारीदेखि किमाथांका सम्ममा २० वटा साना ठूला पुलहरुमध्ये पाँचवटा पुल निर्माण सम्पन्न भइसकेका छन्, ६ वटा निर्माण भइरहेका छन्, ४ वटाको सर्भे भएर डिजाइनको क्रममा रहेका छन् भने ५ वटा पुलको सर्भे हुन बाँकी रहेको छ । खाँदबारीदेखि ४९ किमी दूरीमा रहेको फ्याके खोला १५ मिटर लामो ४.७ करोडको स्काई विल्डर्स प्रा.लि.ले, ५० किमी दुरीमा रहेको बरुण खोला दोभानको ६० मिटर लामो १० करोडको लागतमा एपेक्स कम्पनीले, ५९ किमी दुरीमा रहेको नाङ्ग खोलाको १५ मिटर लामो ४ करोडको लागतमा स्काई कार्की बन्धु जेभिले, ५९.७ किमी दूरीमा रहेकोका १५ मिटर लामो चार करोडको लागतमा स्काई कार्की जेभीले, ६०.४ किमी दूरीमा रहेको जोर खोलाको २० मिटर लामो ४.५ करोड लागतको स्काई कार्की बन्धु जेभीले निर्माण सम्पन्न गरिसकेका छन् । यसैगरी ६३.१ किमी दूरीमा रहेको उवा खोलाको २० मिटर लामो ४ करोडको लागतको पुल रौताहा एस.ए.एस. जेभीले, ६३.४ किमी दुरीमा रहेको उवाङ्ग खोलाको पुल ४ करोडको लागतमा २० मिटर लामो रौतहा एस.ए.एस जेभीले, ७०.४ किमी दुरीमा रहेको एकुवा खोलाको २० मिटर २० मिटर लामो ४ करोडको लागतमा रौतहा एस.ए.एस जेभिले, ७३.५ किमी दुरीमा रहेको ठाडो खोलाको ६५ मिटर लामो १० करोडको लागतमा रौतहा एस.ए.एस जेभीले, ७५. ३ किमी दूरीमा रहेको वाङ्ग खोलाको ५० मिटर लामो पुल ७ करोडको लागतमा रौतहा एस.ए.एस जेभील र ८० किमी दुरीमा रहेको बरुण खोलाको ६० मिटर लामो पुल १४ करोडको लागतमा हिन्दुङ्ग एण्ड थोकर–विवश एस.ए.एस जेभीले निर्माण गरिरहेका छन् । उता थाङ्गजुम खोला, थोगाङ्ग खोला, तेजु खोला, हान्दाक खोलामा बन्ने पुलको सर्भे भएर डिजाइनको क्रममा रहेको छ भने बाँकी ५ वटा पुलको सर्भे हुन बाँकी रहेको इन्जिनियर किरण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
