भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही साउन १८ गते नेपाल भ्रमणमा आउदै हुनुहुन्छ । लामो समयदेखि कुनै पनि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण हुन सकेको थिएन । भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्री बन्नुभएका नरेन्द्र मोदीले आफ्ना छिमेकी मित्रराष्टहरुसाग सुमधुर सम्बन्ध बनाउने नीति लिए अनुरुप सम्बन्धलाई अझ प्रगाढ तुल्याउन उहाा नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।
प्रधानमन्त्री मोदीको भ्रमणका अवसरमा ऊर्जा मन्त्रालयले तेस्रो अन्तरदेशीय प्रशारण लाइननिर्माणको प्रस्ताव गर्ने भएको छ । नेपालको कैलालीको लम्कीदेखि भारतको वरेली तथा सुर्खेतदेखि वरेली सम्मको ७ सय ६५ केभी उच्च क्षमताको प्रसारण लाइन बनाउन प्रस्ताव गर्ने भएको छ । झण्डै चारसय किमी लामो प्रसारण लाइन बनाउनुको प्रमुख कारण उत्पादित विद्युत प्रसारण लाइनमार्फत भारतमा बिक्री गर्ने योजनाका साथ नेपालले तयारी गरेको हो । स्रोतका अनुसार भारतसाग विद्युत व्यापार सम्झौता पिटए हुादैछ, विद्युत निर्यात गर्न पनि उच्च अन्तरदेशीय प्रसारण लाइनको आवश्यकता पर्छ । हाल १० हजार ४ सय मेघावाटको जलासययुक्त कर्णाली चिसापानीबाहेक सुदर पश्चिम क्षेत्रमा ४ हजार ७ सय मेघावाटको अनुमतिपत्र सरकारले जारी गरिसकेको छ । यसैगरी कर्णाली–चीसापानीबाहेक ९ सय मेघावाटको माथिल्लो कर्णाली, ७ सय ५० मेघावाटको जलासययुक्त पश्चिम सेती, ४ सय मेघावाटको चैनपुर सेती लगायतको अध्ययन पूरा भइसकेको
छ ।
