धरान/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् सुनसरी क्षेत्र नं. १को क्षेत्रीय भेलाले मनकुमार लावुङको अध्यक्षतामा ११ सदस्यीय नयाा कार्यसमिति चयन गरेको छ ।
परिषद्का सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय संयोजक वि.वि. लिङदेनको सभापतित्वमा सम्पन्न भेलाले तीन उपाध्यक्ष, सचिव र सह–सचिव र कोषाध्यक्षमा क्रमश : मित्र पतङ्वा, चन्द्रमति लिम्बु, कृष्ण लिङ्गदेन, पाण्डुराम लिम्बु, शिव राई, गोविन्द लावुङ्ग र मानबहादुर लिम्बु र बालकुमार मेन्याङ्गवोलाई चयन गरेको छ । यसैगरी भेलाले सल्हकार समितिमा मानवीर लङ्गवालाई बरिष्ठ सल्लाहकारमा र तेज ताप्मादेन, डङ्धाज साम्सोहाङ्ग, शेरबहादुर हुक्पा चोङवाङलाई सल्लाहकारमा चयन गरेको छ भने सदस्यहरुमा गंगा लिम्बु, शिव राई, गोविन्द लावुङ्ग र मानबहादुर लिम्बु रहनु भएको छ ।
परिषद्का सुनसरी जिल्ला अध्यक्ष गजेन्द्रमान चोङवाङ क्याक लिम्बुको प्रमुख आथित्यमा सम्पन्न भेलाले संघीय लिम्बुवान याख्या स्वायत्त परिषद्का केन्द्रीय उपाध्यक्ष साजन याख, सुनसरी जिल्ला महिला ििरषद् अध्यक्ष सरस्वती लिम्बु लगायतले संगठनलाई सुदृढ बनाई अब बन्ने संविधानमा लिम्बुवान स्वायत्त राज्य सुनिश्चित नभए आफूहरु जस्तोसुकै आन्दोलनमा जाने तयार गरेको बताउनु भएको थियो । सो अवसरमा विभिन्न राजनेतिक संगठन परित्याग गरी आएका युवाहरुलाई परिषद्मा स्वागत गर्दे प्रमुख अतिथि चोङवाङले माटो छुवाइ सपथग्रहण गराउनु भएको थियो ।
