मोरङ । मोरङको बिराटनगरबाट प्रहरीले लागू औषधसहित एकजनालाइ पक्राउ गरेको छ । विरानगर महानगरपलिका – १३ बाट लागुऔषध सहित प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङ केराबारी गाउपालिका १० का ३३ बर्षीय अरुण लिम्बु रहेका छन् । शुक्रबार साँझ ७ बजे सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले रानीबाट बिराटनगर तर्फ आउदै गरेको बा ६३ प ३३४६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा सो मोटसाईकल सवार रहेका लिम्बुको साथबाट डाइलेस डिसी १ सय एमएलको तीन बोतल, स्कुल सय एमएलको २ बोतल, र स्पामोपोक्सीभन प्लस १८ क्याप्सुल सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान गरिरहेको जनाएको
छ ।
