दुर्घटनामा दुईको मृत्यु

मोरङ । झापा र मोरङमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । को छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार राती साढे ९ बजे झापाको बाह्रदशी गाउँपालिका–३ स्थित चारपाने–राजगढ सडक खण्डमा प्रदेश १–०१–००१ त ८९०७ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।
दुर्घटनाबाट घाईते भएका ट्याक्टरका चालक बाह्रदशी–३ का २२ बर्षीय लखिराम सतारलाई उपचारार्थ प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । अस्पताल पु¥याउन साथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यसैगरी मोरङको लेटाङ नगरपालिका–९ मा रहेको तेली खोलाको निर्माणाधिन पुलमा को.१ ख ४०७७ नम्वरको मिक्सचर मेसिनले सूर्य एण्ड सन्स कन्ट्राक्सन कम्पनीमा कार्यरत ओभरसियर लहान नगरपालिका–१४ सिरहाका २४ बर्षीय सुनिल साहलाई ठक्कर दिँदा उनको घटना स्थलमा नै मृत्यु भएको छ । सवारी चालक शम्भु राजधामीलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया