मोरङ । फररा प्रतिबादीलाई मोरङ प्रहरीले शनिवार पक्राउ गरेको छ । छुट्टा छुट्टै मुद्धाका २ फरार प्रतिबादीहरुलाई १ नं प्रदेश प्रहरी कार्यालय (रिट) बाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लेनदेन बिगो मुद्दाका मोरङ विराटनगर महानगरपालिका वडा नम्बर १२ बस्ने ५५ बर्षीय महेन्द्र कुमार कामत र औषधिको अनुचित प्रयोग तथा दुरुपयोग मुद्दाका सुनसरी धरान उप–महानगरपालिका ३ माछाभौडी बस्ने २८ बर्षीय सिजन राई रहेका छन् । उनीहरुलाई प्रहरी टोलीले खोजतालस गर्ने क्रममा लुकेर बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका कामतलाई मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा बिगो बराबरको रकम अदालतमा बुझाई अदालतले थुना मुक्त गरेको छ भने राईलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा अदालतले कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ । फरार रहेका कामतको लेनदेन बिगो मुद्दामा मोरङ जिल्ला अदालत विराटनगरको गत असोज ९ गतेको फैसलामा बिगो रकम दाखिला नगरेकाले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २४४ बमोजिम मोरङ जिल्ला अदालतले एक बर्ष कैद कैद असुल गर्न बाँकी रहेका थियो ।

अदालतको फैसलाले उनलार्ई ११ महिना ३ दिन कैद र दश हजार जरिवाना तोकेको भए पनि उनी फरार रहेका थिए । फरार दुवै जना प्रहरीको सूचिमा रहेका थिए ।
