मोरङ । भारतबाट तस्करी गरेर नेपाल भित्र्याएको लत्ता कपडा नियन्त्रण गर्ने क्रममा भन्सारका कर्मचारीमाथि हातपात गर्ने एक जनालाई पक्राउ गरिएको छ । विराटनगर १५ विराटनगर भन्सार कार्यालयको तीन नम्बर गेटमा भारतबाट तस्करी गरेर ल्याएको लत्ताकपडा नियन्त्रण लिन खोज्दा भन्सारका कर्मचारीमाथि नै हातपात गरेपछि तस्कर समूहका एक जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ का २९ वर्षीय मोहम्मद सदाम मिया रहेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले अनुसार भन्सार कर्मचारीमाथि अभद्र व्यवहार गर्दै हात पात गर्न खोजेपछि उनलाई सोमबार पक्राउ गरिएको बताए । उनका अनुसार शुक्रवार राती साढे १० बजे विराटनगर महानगरपालिका–१५ को भन्सार कार्यालयको ३ नम्बर गेटबाट भारतदेखि भन्सार छलेर सामान नेपालतर्फ ल्याउर्दै गरेको सूचनाको आधारमा विराटनगर मूल भन्सार कार्यालयबाट ७ जनाको कर्मचारीहरू खटिएका थिए । भन्सारी छली गरेर ल्याइएको लत्ता कपडा नियन्त्रणमा लिन खोज्दा तथानाम गाली गरी सामान र सवारी साधन भगाएका थिए । सोमबार उनलाई पक्राउ गरी विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रवक्ता डिएसपी श्रेष्ठले बताए । उनलका अनुसार मियाले तस्करी गरेर ल्याएको ४ लाख बराबरको लत्ता कपडा, उनले प्रयोग १ च २२३५ नम्बरको सवारी साधन बरामद भएको छ । सो सामानको मूल्य १ लाख ५० हजार मूल्य बराबरको भएको भन्सार कार्यालयले जनाएको छ । भारत दशगजा क्षेत्र भित्र लुकाई छिपाई राखेको सामान प्रहरीको समन्वयमा सशस्त्र सीमा सुरक्षा बल (भारत) बाट बरामद गरी नियन्त्रणमा लिएको हो ।
तथानाम बोल्दै फरार भएपछि भन्सार कार्यालयको सिसी टिभी फुटेज चेकजाँच गरिएको थियो । सिसी टिभी फुटेजबाट नेपाल भारत सीमा क्षेत्रमा बसोबासो गर्ने चाँदनी खातुनको समूह रहेको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सिसीटिभीबाट खातुनसहित समिम, सदरे आलम, मजिनाको संलग्न रहेको पाइएको छ ।
