विराटनगरमा मिसेस कोशी हुने

मोरङ । विवाहित महिलाहरूलाई लक्षित गरि आयोजना गरिदै आएको मिसेस कोशीको चौंथो संस्करण यस बर्ष पनि हुने भएको छ । प्रतियोगिताको पहिलो अडिसन पुस २ गते विराटनगरमा हुने आयोजकले जनाएको छ । े प्रतियोगितामा विवाहित महिला, एकल र सम्बन्ध विच्छेद गरेका महिलाहरूले भाग लिन पाउनेछन् । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजना हुँदै आएको

प्रतियोगितामा भाग लिनको लागि आवेदन पनि खुल्ला गरेको  छ । प्रतियोगितामा सहभागिहरूको लागि अनलाइनदेखि प्रत्यक्ष रुपमा आवेदन दिनसक्ने जय मिडिया म्यानिजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिनुभयो । ‘यो प्रतियोगिता चौथो संस्करणको हो,’ उहाँले भने, ‘मिसेस कोशी सभ्य र भव्य तरिकाले हुने गरेको छ । प्रतियोगिताको लागि हामीले आवेदन खुल्ला गराइसकेका छौं ।’
विभिन्न चरणको अडिसनबाट छनौट भएका प्रतियोगिहरूलाई फाइनलमा छनौट गरिनेछ । फाइनलमा छनौट भएकाहरूलाई आयोजकले विभिन्न क्षेत्रमा बिज्ञता हासिल गरेका प्रशिक्षकहरूबाट प्रशिक्षण दिने गरेको छ । तेस्रो संस्करणको मिसेस कोशीको उपाधि रेनुका लिम्बुले जितेकी थिइन् ।

तपाईको प्रतिक्रिया