घण्टाघरबाट हेर्दा

सडुवारामको सुकुम्बासीलाई ढाडस
आफै राँड देशै भाँड त्यसै भन्या होइन । कसैले पत्याउन छाडेपछि माउवादीका भूतपूर्व नेता सडुवाराम आच्या बाउराम हिजोआज काठमाण्डौ बागमतितिरका सुकुम्बासी उचाल्नमा लगौटी कसेर लाग्या छन् । उचाल्ने, पछार्ने धन्दा त ती सडुवारामको व्यवसाय नै  हो । बागमति किनारको कुरुपतालाई हँटाएर सुन्दर बनाउने आभियानमा लागेका मेयर बालेनका पछि सडुवाराम हात धुएर लाग्या छन् । करोपति सुकुम्बासीलाई जुरुक जुरुक उचालेका छन् । तिन्को त्यही उचाल्ने पछार्ने धन्दाका कारण जनताले तिन्को नसो च्यापिदिएका छन् । चुनाउमा जित्ने ल्याकत नभएसी’ प्रचण्डाउसँग पुरानो सम्बन्ध भँजाएर छोरीलाई उमेद्वारी बनाउन सफल भा’थे । तर जन्ताले पत्याए पो ? बाउलाई त नपत्याउने जनताले छोरीलाई पत्याउने कुरै भएन ।
सडुवारामले अब उचाल्ने पछार्ने धन्दा बन्द गरे वेश होला । कि कसो हौ, जोइटिंग्रे ।


माकुनेको हरिविजोग
आफ्नो घर जलाएर खरानी बोकी धाइफल ठोकेका माकुनेको यतिबेला हरिबिजोग भा’छ । जाबो तीन प्रतिशत थ्रेसहोल्ड समेत कटाउन सक्ने हैसियत नभएका माकुनेले निर्वाचन अगाडि सानो फुइँ
ला’थेनन् । पहिलो दल एस हुन्छ, दोस्रो दल थाँग्रेस हुन्छ, तेस्रो दल माउवादी हुन्छ, झालेमालेको त नाम आउँदैन भनेर ठाम–ठाममा गएर कम्ता कुर्लिएका थिएनन् । धन्न काँग्रेसको लगौटीको वास्ना लिएर निर्वाचनमा जाँदा गोडा दशेकलाई संसद छिराउन सके । विचराको आफ्नो भोट त थ्रेसहोल्ड नै कटेन । अब माकुनेलाई आफ्ना सांसद जोगाउनै हम्मे हम्मे पर्ने भएको छ । माकुनेका साँंसद अब जनता गए पनि स्वतन्त्र भएका छन् । गोडापाँचेक बर्षमा जस्ले बढी बोलकबोल गर्छ त्यतै हाम फाल्ने भएकोले कमाई पनि तिन्को राम्रो हुने भयो ।
बाउको बिर्ता र कामत घर
लाखौ इमान्दार कार्यकर्ताले सिंचित बनेको नेपाली काँग्रेस यतिबेला केही ब्राण्डेड घरानाहरुको बाउको बिर्ता र कामत घर भएको छ । अब हेरम न प्रत्यक्षमा मतदाताले गुलिफ्याँक बनाइदिने देखिएसी’ ब्राण्डेड घरानाहरु समानुपातिकमा टाँसिएका थिए । महिला समानुपातिकमा पिछडिएको महिलाको तर्फबाट शेरुकी जोरु श्रीमति आरजु राणा, मधेश पिछडिएको वर्गबाट पुरुष समानुपातिका ब्राण्डेड जमिन्दार विमलेन्द्र निधि, खस आर्य पुरुष कोटाबाट पिछडिएको वर्गबाट प्रकाशशरण महत संसद छिर्दैछन् । काँग्रेसको समानुपापातिकमा यो भन्दा भद्धा मजाक अन्त कतै भेटिएला ? हुन त नेप्लिज थाँग्रेस यिन्का बाउको बिर्ता र कामत घर भएसी’ बातै खँलास ।
तीन सिटेको ईच्छा
झालेमालेको १० सिट लिएर भाग्या माकुनेको एस पार्टीबाट पर्देश १ को मुखमन्तरी भाका राजन्दिर राईलाई यसपटक फेरि मुख मन्तरी बन्न मन लाग्या छ रे । जोर जाम गरेर गोडाचारेक सिट भाकाले मुख मन्तरी बन्न मन लाग्यो भनेर कसरी थुतुनो खोल्या होलान् ? केन्द्रमा पार्टीको हैसियत नभा’का राजेन्द्रलाई मन लाग्दैमा सरक्क अरुले छोड्ने कुरा पनि भएन । फेरि मुखमन्तरी बन्न कस्लाई मन लाग्दैन र ? मन लागेर मुखमन्त्री पाइने भए त चुनाउ लडेर बहुमत ल्याउनु पथ्र्यो ? अबदेखि मनलाई छोपेर राख्दा नै बेश होला है राजिन्दर ज्यू ।
साह र भुसाल चिलिम
प्रभु साह र घनश्याम भुसाल चिलिम भएछन् । झालेमालेले तिन्लाई चिलिम फकाईदिएछ । चिलिम फर्काउनै पथ्र्यो फर्काएछ राम्रै भयो । यी दुईले कम्ता हेराफेरि ग¥या थिएनन् । हुन त दुबैको नाम यतिबेला आयाराम  गयाराम भा’छ । एकै ठाउँमा चाक अडिनै नसक्ने । अझ त्यो घनश्याम भुसाल भन्ने त मापाकै हुन् । कहिले राष्ट्रिय पार्टी बन्ने हैसियत नभएका माकुनको मलद्वारको पछि लाग्या छन्, कहिले छोडेर झालेमालेतिरै आएर सक्तो सराप ग¥या छ । अर्कौ नाममात्रको प्रभु साह भनेर के गर्नु ? कोलमा तेल पेलेर माखी निचोरेर बेच्ने मनुवा न पररे । जताको कोलबाट बढी तेल झर्छ त्यतै दौडिने भैहाले । खुच्चिङ्ग परेछ झालेमालेले साधारण सदस्य नै न रहने गरी चिलिम फर्काएकोमा ।
गन्हाएका सिनो छोड्नुपर्छ
काँग्रेसको बुई चढेर संसदमा उपस्थिति जनाएका गन्हाएका सिनोलाई अब छोड्नुपर्छ भनेर सुनसरीका एक जना खुंखार राजनीतिज्ञले सुझाएछन् । तिन्ले सोह«ैआना कुरा ठीक गरे । तिन्लाई यतिखेर देशको चिन्ताले सताएको छ । झालेमाले र थाँग्रेस मिलेर सरकार बनाए देशमा स्थिरता आउने तिन्को भविष्यवाणी छ ।  ्रविचाराले चिन्ता गरेर के गर्नु ? थाँग्रेसका मुखिया श्यालबहादुरदले माने पो ? कुहेको, गन्हाएको सिनो बोकेर हिँड्ने बानी परेपछि कस्को के लाग्छ र ? तिनै कुहेका गन्हाएका सिनोले तिनलाई सुभाष छरेको छ । बरु आफ्नालाई छोड्न तयार छन् तर ती अनुहारलाई काखी च्यापेरै हिँड्नेलाई राम राम भन्न सकिन्छ । काँधै त थाप्न सकिदैन । मदारीले माँड खाए पो ? कि कसका हौ ?
डिपार्टमेन्ट भीषामा सांसद
पहिला पहिला त जोइपोइ डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया, क्यानाडा, अम्रिका ग्वार्रग्वार्ती जान्थे । हिजो आज पनि त्यतातिर जानेको कमी छैन । नेपालाँचाहिँ डिपेन्डेन्ट भिषामा श्रीमतिलाई संसदा लाने गज्जबका प्रथा चल्या छ । श्रीमानलाई जन्ताले ससदमा जाने भिषा ठोक्देसी श्रीमतिलाई नि खुरुखुरु लैजान थाल्या छन् । बाल्वाटारे काजीले आफ्नी जोइलाई छिराए, जनताले भिषा रोकेपनि रुपन्देहीका खाँडले छिराएका छन् । पढेलेखेका कुस्त सम्पत्ति भएकाहरु पिछडा वर्गबाट अरुको भिषा चोरी गरेर संसदमा छिरेका छन् । संसदमा छिर्न अरु पनि धेरै कुराले काम ग¥या छ, कोही पैसाले भिषा ठोकेर छिरेका छन्, कोही कम्मर मर्काइदिएर छि¥याछन् । जे होस् जसरी भएपनि संसदमा छिर्ने कामचाहिँ गज्जबले भा’छ ।
अन्तेमा
यतिबेला जसपाका उपिन्दर जादवको सबैभन्दा कन्तविजोग भएको छ । किन नहोस् त ? जनमतका राउतले सप्तरी २ को कुस्ती मैदानमा पाहा पछारेजस्तै पछारिदिएका छन् । विचरा अब पाँच बर्षसम्म संसदा छिर्न नपाउने भएसी’ कति तड्पिएका होलान् ? आफ्नै पार्टीका अरु सांसद खुरु खुरु संसदा छिरेर भत्ता हसुरेर फर्कदा उनको मन कति कटक्क खाँदो हो ? नामै जनमत पार्टी भएसी’ जनमत उसैको पोल्टामा जान्छ भन्ने कुरा जादवले बुझ्न नसक्दा
विचरीको बेहाल भयो । कि कसो हौ ?

तपाईको प्रतिक्रिया