सामारिक दृष्टिले महत्वपूर्ण ओलाङचुङगोला सडकको ट्रयाक खुल्न १२०० मिटर बाँकी तमोर करिडोरको पाचथर सुभाङखोलादेखि ताप्लेजु·को टिप्तला भन्याङसम्म २५ पुल मध्ये ४ सम्पन्न

धरान । सामरिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएको त्रिदेशीय सडक सञ्जाल अर्थात नेपाल भारत र चीन जोड्ने तमोर करिडोरको पाँचथरस्थित सु्भाङ्ग खोलाबाट चीनको सीमावर्ती बिन्दु टिप्तला भन्ज्याङ्ग सम्मको १२१ किमी सडकमा निर्माण हुने २५ वटा पुलमध्ये ४ वटा सम्पन्न भएका छन् भने १ निर्माणाधीन, २ को डिजाइन सम्पन्न, १० को डिजाइन हुँदै र ८ को डिजाइन हुन बाँकी रहेको छ ।


विराटनगरको रानी जोगबनीबाट धनकुटाको मुलघाटसम्मको दूरी ८३ किमी रहेको छ । मुलघाट लावरबोटेबाट पाँचथरको सु्भाङ्गखोला सम्म ९५ किमी सडकको ट्रयाक पूर्णरुपमा खुलिसकेकोले सडकको स्तरोन्नति पश्चात धमाधम कालोपत्रेको काम भइरहेको छ । यस सडक खण्डमा ११ वटा पुलमध्ये पाँच वटा निर्माण सम्पन्न भइसकेका छन् । पाँचथरको सुभाङ्ग खोलालाई जिरो माइल मानेर टिप्तला भन्ज्याङ्ग सम्मको १२१ किमी सडकमा निर्माण हुने पुलको काममा सुस्तता आएको स्थानीयको आरोप छ । तमोर करिडोर अन्तर्गत सुभाङ्गखोला दोभान–ओलाङचुङगोला सडक आयोजनाका प्रमुख इन्जिनियर अमिन्द्र खड्काका अनुसार इलाडाँडा–सुकेपानी सडक खण्डको १२ सय मिटर ट्रयाक खुल्नै बाँकी रहेको छ । अत्यन्तै कडा चट्टान रहेको उक्त स्थानमा ट्रयाक खोल्न कञ्चनजंघा वन्यजन्तु संरक्षणका कारण थप ढिलाई भएको छ । इन्जिनियर खड्काले भन्नुभयो १२ सय मिटर ट्रयाक खुलेपछि सवारी साधन टिप्तला भन्याङ्गसम्म पुग्छन् । ओलाङचुङगोलादेखि २५ किमीको दूरीमा रहेको नेपाल–चीन सीमावर्ती बिन्दु टिप्तला भन्याङ्गसम्म केही बर्ष अगाडि नै चिनियाँ उपकरण र प्राविधिक सहयोगमा दुई लेनको सडक खुलिसकेको छ । गोलाभन्दा दक्षिण पाटी भन्ने स्थानसम्म १० किमी सडकको ट्रयाक समेत खुलिसकेको छ । तीन बर्ष अगाडिसम्म चिनियाँ सवारी साधनहरु पाटीसम्म आउजाउ गरे पनि कोरोना पश्चात चीनले नाका बन्द गरेका कारण कुनै सवारी साधन नेपालतर्फ नआएको फक्तालुङ्ग गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष छेतेन शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो टिप्तलादेखि पाटीसम्मको ३५ किमी सडकमा चिनियाँ सवारी साधनहरु तीन बर्ष बर्ष अगाडिसम्म आउजाउ गर्थे अहिले छैन । सडक आयोजनाका प्रमुख इन्जिनियर अमिन्द्र खड्काले भन्नुभयो, सुभाङ्गखोलामा १० मिटर लामो पुल निर्माण सम्पन्न भएको छ । सु्भाङ्गखोलादेखि १३ किमी अगाडि तमोर नदीको लिम्बुनी घाटमा २२ करोडको लागतमा १०२ मिटर लामो पुलको निर्माण कार्य ३० प्रतिशत पूरा भएको छ । यसैगरी सु्भाङ्गखोलाबाट ३४ किमी अगाडि सेकुवा खोलामा ५ करोडको लागतमा २० मिटर लामो, सुभाङ्ग खोलाबाट ३४ किमीको दूरीमा ७ करोडको लागतमा ३५ मिटर लामो मौवा खोलाको पुल, ३५ किमीको दूरीमा तमोर नदीको दोभानमा १३ करोडको लागतमा ७८ मिटर लामो पुल निर्माण सम्पन्न भइसकेका छन् । प्रमुख इन्जिनियर खड्काका अनुसार सु्भाङ्गखोलाबाट ३६ किमी अगाडि हिरेवा खोलामा तीन करोडको अनुमानित लागतमा १५ मिटर लामो पुल डिजाइन हुन बाँकी रहेको, सुभाङ्ग खोलाबाट ३६.५ किमी अगाडि हाङदेवा खोलामा ४ करोडको लागतमा १५ मिटर लामो पुलको डिजाइन भइरहेको, सु्भाङ्ग खोलाबाट ४५ किमी दूरीमा फुरुम्बु खोलामा बन्ने तीन करोडको लागतमा १५ मिटर लामो पुलको डिजाइन भइरहेको छ । यसैगरि सुभाङ्गखोलाबाट ४६.५ किमीको दूरीमा तीन करोडको अनुमानित लागतमा १५ मिटर लामो पुलको डिजाइन भइरहेको, ५३ किमीको दूरीमा रहेको तावाखोलामा ४ करोडको अनुमानित लागतमा २० मिटर लामो पुलको डिजाइन भइरहेको, ५६ किमी दूरीमा ५ करोडको अनुमानित लागतमा २० मिटर लामो पुलको डिजाइन हुन बाँकी रहेको, ६० किमीको दूरीमा सिसवा खोलामा २० करोडको अनुमानित लागतमा ८४ मिटर लामो पुलको डिजाइन भइसकेको र ठेक्का लाग्न बाँकी रहेको छ ।
यसैगरी सुभाङ्ग खोलाबाट ६४ किमीको दूरीमा ताक्मेवा खोलामा ८ करोडको अनुमानित लागतमा ३५ मिटर लामो पुलको डिजाइन भइसकेको, ६७ किमी दूरीमा तमोर पुल सुकेपानीमा १८ करोडको लागतमा ५० मिटर लामो पुलको डिजाइन हुँदै गरेको, ७४.९ किमी दूरीमा लावाजिन खोलामा ५करोडको लागतमा २० मिटर पुलको डिजाइन हुन बाँकी रहेको, ७५ मिटरको दूरीमा थाक्वाखोलामा ८ करोडको लागतमा २५ मिटर लामो पुलको डिजाइन भइरहेको, ८०.६ किमी दूरीमा छाँगाखोलामा ५ करोडको अनुमानित लागतमा २० मिटर लामो पुलको डिजाइन भइरहेको, ८१.२ किमीको दूरीमा कस्तुरी खोलामा ६ करोडको अनुमानित लागतमा २५ मिटर लामो पुलको डिजाइन भइरेहको, ८२ किमीको दुरीमा फेदी खोलामा ६ करोडको अनुमानित लागतमा २५ मिटर लामो पुलको डिजाइन भइरहेको, ८६.६ किमीको दूरीमा तमोर नदी पुल सुकेपानीमा १० करोडको अनुमानित लागतमा ४० मिटरको लामो पुलको डिजाइन भइरहेको, ९३ किमीको दूरीमा तमोर नदी जंगिनमा ७ करोडको अनुमानित लागतमा २५ मिटर लामो पुलको डिजाइन भइरहेको, ९५.५ किमीको दूरीमा रहेको तमोर नदी पुल दोबाटोमा ७ करोडको लागतमा १५ मिटर लामो पुलको डिजाइन हुन बाँकी रहेको छ । यसैगरी ओलाङचुङगोला भन्दा अगाडि तीन ठाउँमा १५ मिटर लम्बाईका ३÷३ करोडका पुल बनाउनुपर्ने र सोको डिजाइन भइरहेको प्रमुख इन्जिनियर खड्काले बताउनुभयो । यो सडक खण्डमा ६ वटा ठूला पुल मध्ये एक निर्माणाधीन रहेको छ, एक सम्पन्न भइसकेको छ भने ४ वटा निर्माण हुन बाँकी रहेका छन् ।

तपाईको प्रतिक्रिया