राईको हत्यामा संलग्नमाथि कारबाहीको माग

धरान । धनकुटा घर भई धरान उपमहानगरपालिका वडा नं. १३ बस्दै आएकी ४२ बर्षीय एकल महिला उषा राईको सोही वडाका केही महिलाहरुको सामुहिक कुटाईबाट भएको मृत्युप्रति नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दल धरान उपमहानगर समितिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


नेपाल तरुण दल धरान उपमहानगर समितिका अध्यक्ष नरसिंह राईले एक विज्ञपती प्रकाशित गरी लोकतन्त्र, विधिको शासन, कानूनी राज्यको मूल्य, मान्यतालार्य समेत उल्लंघन गर्दै एउटा नारीको सामुहिक कुटाईबाट हत्याबाट हत्या भएको खबर अत्यन्तै पीडादायी हो । जुन आपराधिक घट्नाले नेपाल तरुण दल धरान उपमहानगर समिति स्तब्ध भएको छ ।
विज्ञप्तीमा भनिएको छ, उषा राईलाई सामुहिक रुपमा कुटपिटगरी, जुन उपचारको क्रममा हाल मृत्यु भएको घट्ना बाहिरिएको छ यस घट्नाले सत्य तथ्य जाँच गरी दोषीलाई कडा भन्दा कडा कारबाहीको साथै आमा गुमाएका पीडित नानीहरुको समेत लालनपालनको सुनिश्चितताको निम्ति स्थानीय सरकार, प्रहरी प्रशासन एवम् सम्बन्धित सम्पूर्ण निकायहरुको ध्यनाकर्षण गर्दै हत्यामा संलग्न दोषीहरुलाई अविलम्ब पक्राउगरी कानुन बमोजिम हदैसम्मको सजाय गर्न नेपाल तरुण दल धरान उपमहानगर समिति नेपाल सरकार तथा प्रशासन समक्ष जोडदार माग गर्दछ ।

तपाईको प्रतिक्रिया