गठबन्धनलाई निरन्तता दिने सहमति

धरान । मुलुकको सर्वाङ्गिण हितलाई भन्दा पनि सत्ता लिप्साकै लागि डेढ बर्ष अगाडि गठन भएको सत्ता गठबन्धनलाई आगामी दिनमा निरन्तता दिने पाँच दलले सोमबार निर्णय गरेका छन् ।
आफ्नो दह«ो खुट्टा हुँदाहुँदै अर्काको वैसाखी टेकेर हिड्ने नेपाली काँग्रेस अनि भिन्न दलको चुनाव चिन्हमा मत हाल भनेर निर्देशन दिने नेतृत्वप्रति आम कार्यकर्तामा घृणा उत्पन्न भएको अवस्थामा पुन ः गठबन्धनलाई निरन्तता रदिने सहमतिले अन्य दललाई भन्दा काँग्रेसका कार्यकर्तामा निराशा छाएको छ ।


सोमबार पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौड्याल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवाल े संयुक्त हस्ताक्षर गरी गठबन्धनलाई निरन्तता दिने निर्णय गरेका छन् । संयुक्त हस्ताक्षर सहित जारी गरिएको विज्ञप्तनीमा भनिएको छ, मुलुकको विशिष्ट परिस्थिति र लोकतन्त्रको रक्षका लागि गठबन्धन सरकारले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सफलतापूर्वक सम्पन्न गरेको छ । तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै लोकतन्त्र थप सुदृढ हुँदै संविधान अझ सुरक्षित भई मुलुक राजनैतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख भएको छ ।
विज्ञप्तीमा भनिएको छ निर्वाचनको नतिजाले वर्तमान गठबन्धनकोको आवश्यकता र सान्दर्भिकतालार्य पुन ः पुष्टि गरेको छ । मुदलुकका सामु विद्यमान चुनैतिहरुलाई समाना गर्नुपर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तता दिनु जरुरी छ । निर्वाचनको नतिजाले राजनैतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ लिमेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको छ । निर्वाचनको दौरानमा गठबतधनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दा गर्दै पनि कतिपय निर्वाचचन क्षेत्रमा केही असहयोग र असझदारीका घट्ना देखिए । त्यस्ता असमझदारीको पनि आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिनेछ । गठबन्धनप्रति आम मतदाताले दर्शाएको विश्वास र मायाप्रति हामी आभारी छौं । आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्दै शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचन आयोग, कर्मचारी, सुरक्षा निकाय, राजनैतिक दल, नागरिक समाज लगायतलाई धन्यवाद दिइएको छ ।

तपाईको प्रतिक्रिया