प्रदेश नं. १ मा एमालेको सरकार बन्ने संकेत

धरान । मंसिर ४ गते सम्पन्न प्रदेश न. १ को प्रदेशतर्फको घोषित मत परिणामले एमाले गठबन्धनले सरकार गठन गर्ने संकेत गरेको छ । प्रदेशसभाका ५६ क्षेत्रमा एमाले एक्लैले २८ सिटमा जित हासिल
गरेको छ भने नेपाली काँग्रेसले १६, माओवादी केन्द्रले ९, राप्रपाले २, एकीकृत समाजवादीले २ क्षेत्रमा जित हासिल गरेको छ । प्रदेश १ मा समानुपातितर्फ ३७ सिट रहेको छ । समानुपातिकतर्फ

हालसम्म एमालेले सबैभन्दा बढी मत ल्याएको छ । समाुपातिकतर्फ प्रदेश १ मा माओवादी भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको अधिक मत भएकोले राप्रपा र एमालेले प्रदेश १ मा सरकार बनाउने देखिएको छ । प्रदेश नं. १ मा प्रत्यक्षतर्फ ५६ र समानुपातितर्फ ३७ सांसद गरी कुल ९३ जना रहने व्यवस्था रहेको छ । सरकार गठनका लागि ४७ सिट आवश्यक  पर्छ । प्रदेश नं. १ तर्फ समानुपातिक तर्फको कुल परिणाम नआइसकेपनि मंगलबार साँझसम्म कुल खसेको १७ लाख ३६ हजार ७०९ सदर मध्ये ६ लाख ७३ हजार ७०९ मत ल्याएर एमालेले १५ साँसद पाउने भएको छ । नेपाली काँग्रेसले ४ लाख १९ हजार ९२५ मत पाएको छ भने राप्रपाले १ लाख ४९ हजार ७० मत ल्याएको छ । काँग्रेस, माओवादीको समानुपातिक सिट संख्या घट्ने भएकोले एमालेले सरकार बनाउने देखिएको हो ।

तपाईको प्रतिक्रिया