इनरुवा । नेपाली काँग्रेसका अत्यन्तै जुझारु, सुनसरी काँग्रेसलाई अढाइ दशकदेखि नेतृत्व गर्दै आउनु भएका राजीव कोइराला सुनसरी क्षेत्र नं. २ (ख) प्रदेशसभामा पराजित हुनु भएको छ ।
उहाँको नेतृत्व कालमा नेपाली काँग्रेसले सुनसरीका ४ क्षेत्रमध्ये ३ क्षेत्र र ६ प्रदेशसभाको निर्वाचनमा जित हाँसिल गरेको थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका कोइराला यस अघि प्रदेश नं. १ प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलका नेता समेत हुनुहुन्थ्यो ।
मंसिर ४ गते भएको निर्वाचनको घेषित परिणाम अनुसार कोइराला आफ्ना प्रतिद्वन्द्वी एमालेका रामप्रसाद मेहतासँग ४६३ मतले पराजित हुनु भएको हो । मेहताले १७०९७ मत ल्याउँदा कोइराले १६६३५ मत प्राप्त गर्नुभएको थियो । सुनसरीमा काँग्रेसका सबै उमेदे्वारहरुले हार व्यहोरे पनि प्रदेशसभामा कोइरालाको जित सुनिश्चित रहेको टिप्पणी स्वयम् विपक्षीहरुले गर्दै आएका थिए । केन्द्रले उमेद्वार चयनमा इनरुवालाई मात्र केन्द्रित गर्दा परिणाम अनपेक्षित भएको कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो सुनसरी क्षेत्र नं. २ मा एकातिर थारु कलस्टर छ, मेहता कलस्टर छ । टिकट वितरण मिलाएर दिनुपर्छ भन्दा केन्द्रले् सुनेन । १ लाख ५० हजार भोट भएको ठाउँमा एउटै उमेद्वार दिएको छैन । माओवादीलाई बोकेर हिड्नुप¥यो । कहाँ मान्छन् त कार्यकर्ताले, मतदाताले उहाँले भन्नुभयो । आफ्नो हारको विषयलाई लिएर भोलिको दिनमा पार्टीले समीक्षा गर्ला । उहाँले भन्नुभयो सुनसरी क्षेत्र नं. २ मा गठबन्धन नै चाहिँदैन थियो । गठबन्धनकै कारण बिग्रेको हो त भन्ने सवालमा उहाँले भन्नुभयो त्यो सँगै हाम्रो पनि तयारी पुगेन होला । गठबन्धनलार्इ सँगै हिडाउनुपथ्र्यो त्यो भएन ।

