जनताले अझै नेपाली कांग्रेसलाई विश्वास गरेकै छन्

भर्खरै प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन विगतमा पनि भएका थिए तर यसपटकको निर्वाचनले विशेष महत्व बोकेको देखिन्छ ।
नेपालको ऐतिहासिक र पुरानो पार्टीको अस्तित्व बोकेको नेपाली काँग्रेसलाई यसपटक आम नेपाली मतदाताहरुले बढी जिम्मेवारी सुम्पिएका छन् । अर्थात नेपाली काँग्रेसप्रतिको रुझान मतदातामा देखिनु सवल पक्ष हो ।
नेपाली काँग्रेसले निर्वाचनमा अन्य दलभन्दा बढी स्थानमा विजय भएर आफ्नो ऐतिहासिकता स्थापित  गरेको छ । यद्यपि काँग्रेसले एकलौटी सरकार बनाउन सक्ने अवस्था भने पूर्ण विराम लागेको छ । फेरि पनि देश र समाजमा गन्हाएका अनुहार बोकेर सरकार बनाउनु पर्नै बाध्यता सिर्जना भएको छ । तिनै अनुहार बोकेका कारण नपाली काँग्रेस विगत दुई बर्ष यता आम नागरिकबाट आलोजित भहुँदै आएको छ । निर्वाचको परिणाम काँग्रेसको पक्षमा अझ बढी हुनुपर्ने थियो । ल्याकत, हैसियन र जनाधार नभएका दललार्इी साथमा लिएर हिँड्दा नेपाली काँग्रेसले अझ अपेक्षित परिणाम हात पार्न सकेन । अर्कातर्फ गठबन्धनका कारण नेपाली काँग्रपेस बर्षाैदेखि निरन्तर योगदान दिँदै आएका इमान्दार कार्यकर्ताहरु यसपटक पलायत भएका छन् । पलायन हुनु उनीहरुको चाहना नभएर बाध्यता बनेको थियो । आज सम्म नेतनृत्वको निर्देशनलाई आत्नमसात गरेर हिँडेका कार्यकर्ताले यस पटक नेतृतवको निर्देशनलाई ठाडै उल्लंघन गरेका छन् । आफ्ना बाहेक अरुलाई मतदान गर्ने कुरा उनीहरुले चिताएका पनि थिएनन् । अरुलाई मतदान गर्नु परेकिन आफ्नो विवेक प्रयोग नगर्ने भन्ने सोचमा उनीहरु पुगे । जसका कारण आज नयाँ पार्टीहरुले दह«ोे रुपमा संसदमा आफ्नो उपस्थिति देखाउने भएका छन् । काँग्रीेसभित्र यसपटक असन्तुष्टि ज्यादा देखिएको थियो । यसको अर्को कारण नेतृत्वको परिवारवाद । नेतृत्वमा परिवारवाद यतिसम्म हावी हुन पुग्यो कि प्रधानमन्त्री एवम् पार्टी सभापतिकी श्रीमतिलाई समानुपातिक सूचिमा समेल गर्नु, गृहमन्त्रीकी श्रीमतिलार्इी समानुपातिकमा राखिनु, आफ्ना निकटतम, किेचन क्याविनेटकालाई काखी च्याप्नु पनि हो । यसले नेपाली काँग्रेसलाई जुन घाटा भएका छ त्यसको पुर्ताल नेतृत्वमा सद्बुद्धि आए अर्को निर्वाचनमा मात्र हुनसक्छ । अब काँग्रेसमा युवा पुस्ताको वर्चश्व बढेको छ । त्यसैले युवाहरुलाई राज्य सञ्चालनको अभिभारा सुम्पिनुपर्छ । उमेर हद पार गरिसकेका, बारम्बार प्रधानमन्त्री भइसकेका व्यक्तिले अब पार्टी र संसदमा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ। गठबन्धन नेपाली काँग्रेसका लागि घातक हो । अब काँग्रेस आफैले निर्वाचन क्षेत्रमा गर्ने गठबन्धनको सँस्कृति परित्याग गर्नुपर्छ । गन्हाएका, सिनोहरुलाई बारम्बार बोकेर उनीहरुको अस्तित्व जोगाउने काम काँग्रेसले किमार्थ गर्नुहुँदैन ।

तपाईको प्रतिक्रिया