भारतीय राजदूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले नेपालको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा गत हप्ता स्वर नारायण कार्यक्रम आयोजना गरेको थियो । बुढानिलकण्ठ मन्दिर व्यवस्थापन समितिसँगको सहकार्यमा उक्त साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले शास्त्रीय राग ‘सुद्ध सारङ्ग’ को प्रस्तुतिसँगै कार्यक्रम प्रारम्भ गरेको थियो । कार्यक्रममा भगवान विष्णु र उहाँका अवतारहरु भगवान श्रीकृष्ण र रामका रोचक भजनहरु प्रस्तुत गरिएका थिए । मिरा वाई, तुलसी दाश जस्ता प्रसिद्ध सन्तद्वारा रचित प्रख्यात भजनहरु समेत सो अवसरमा प्रस्तुत गरिएका थिए । कार्यक्रममा ३ सय भन्दा बढी भक्तजन तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । सो अवसरमा संगीत शिक्षक डा. आशिष सन्त तथा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कालाकारहरुको उपस्थिति रहेको थियो । यसैगरि स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका विद्यार्थीहरुको पनि सो अवसरमा उपस्थिति रहेको थियो ।
