जितेर गएकाहरुले ज्येष्ठ नागरिकको हितमा काम गर्नुपर्ने सुझाव

धरान । सुनसरी क्षेत्र नं. १ मा अनपेक्षित नतिजा आइरहदा यहाँका जेष्ठ नागरिकहरुले जितेर गएकाहरुले समग्र सुनसरी क्षेत्र नं. १ को विकास गर्नुपर्ने बताएका छन् ।
धरान ८ सभागृहमा रहेको निर्वाचत अधिकृतको कार्यालय अगाडि मत परिणाम सुन्न आतुर उनीहरुले विगतमा भन्दा यस पटकको निर्वाचनबाट निर्वाचित भएकाहरुले सबै क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए । उमेरल ८५ बर्ष पुग्नु भएका धरान १ का टोमप्रसाद आचार्यले विगतमा जिेतर गएकाहरुले जनतालाई आश्वासन बाँड्ने, काम नगर्न गरेकाले दलप्रति वितृष्णा पैदा भएको बताउदै अब जितेर जानेले ज्येष्ठ नागरिक, सर्वसाारण, कृषि क्षेत्रको विकास, कृषको जीवन स्तर उकास्ने, जनतालाई शिक्षा, स्वास्थ्यको क्षेत्रमा सहज पहुँच पुग्ने खालका काम जितेर गएकाहरुले गर्नुपर्ने बताउनुभयो ।


७० बर्षीय खेम अधिकारीले पनि अब जित्ने प्रतिनिधिले जनता र देशको विकासलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव  दिनुभयो । धरान १६ का ८० बर्षीय बालकृष्ण लिम्बुले कस्ले जित्ने, मत कसको पक्षमा गयो भन्दा पनि विकासप्रेमी उमेद्वारले निर्वाचन जित्नुपर्ने बताउनुभयो । उहाँले जसले जिते पनि यस क्षेत्रको विकासमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । धरान ८ का ९० बर्षीय रुद्र गुरुङले पनि जसले जिते पनि जनताको समस्यासँगै देशको हित हुने खालको काम सुझाव दिएका छन् । ज्येष्ठ नागरिकहरुले ३० बर्ष सत्तामा बस्दा देश र जनताको पक्षमा काम नगरेको उनीहरुको ठम्याई
छ । अहिलेको परिणाम पनि यसैको उपज भएको उनीहरु बताउछन् । उनीहरुले अब जित्ने उमेद्वारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बढाएर अल्मलाउने काम मात्र नगरी ज्येष्ठ नागरिकको स्वास्थ्य, यात्रा गर्दा सहज यात्रा,  राज्यले गर्ने सम्मान लगायतका कुरामा अब जितेर गएकाहरुले गर्नुपर्नेमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया