प्रदेशसभाको टिकट डेढ करोडमा विक्री

दुहवी । सत्ता प्राप्तिका लागि मात्र कथित वामपन्थीहरुसँग चुनावी गठबन्धन गर्न पुगेको नेपाली काँग्रेसले आसन्न मंसिर ४ गतेको निर्वाचनमा यसपटक सुनसरीबाट हात धुनुपर्ने अवस्था सिर्जना भएको छ ।
एकातिर सत्ता गठबन्धनका कारण बर्षौदेखि पार्टीमा लगानी गर्दै आएका काँग्रेसका इमान्दार जुझारु कार्यकर्ता पाखा लगाइएका छन् भने काँग्रेस नेतृत्वले आफ्नो भागमा पाएका स्थानमा समेत पार्टीमा कुनै योगदान नै नभएकाहरुलाई अचाक्ली मूल्यमा टिकट विक्री गरेको यथार्थ बाहिर आएपछि काँग्रेसले सुनसरीबाटै हात धुनुपर्ने अवस्था सिर्जना भएको हो ।


सुनसरी क्षेत्र नं. ३ ‘ख’ प्रदेसभाको टिकट इमान्दार, जुझारु, नेता प्रदीप चौधरीको नाममा असोज २२ गते नोमिनेशनका दिन अपरान्ह ४ बजेसम्म निश्चित भएपनि अन्तत ः व्यापारी विन्देश्वर यादवलाई १ करोड ५० लाखमा विक्री गरेको खुलासा भएको  छ । आफूमाथि पटक पटक अन्याय भएको भन्दै चौधरी हाल स्वतन्त्राट प्रदेशसभा सदस्यको उमेद्वारी बन्नुभएको छ । स्रोतका अनुसार बर्जु गाविसका पराजित अध्यक्षका उमेद्वार महेश दत्त उक्त प्रस्ताव लिएर अन्तिम समय वाल्वाटार पुगेपछि चौधरीको टिकट खोसिएको थियो । सुनसरी क्षेत्र नं ३ प्रदेशसभा ‘ख’ मा जम्मा मतदाता संख्या ६३६२२ रहेका छन् । जसमा पुरुषको संख्या ३३५३७ र महिलाको ३००८५ रहेको छ । प्रदेशसभा ‘ख’ अन्तर्गत दुहवी नगरपालिका वडा नं. १,५,६,७१०,११,१२, गढी गाउँपालिका वष्डा नं. २,३,४,५,६, बर्जु गाउँपािलका वडा नं. १,२,३,४,५,६ रहेका छन् । प्रदेशसभा ‘ख’ अन्तर्गतका स्थानीय मतदाता यतिबेला स्वस्फूर्त रुपमा प्रदीप चौधरी जिताऔं अभियानमा लागेका छन् ।

तपाईको प्रतिक्रिया