इनरुवा । आसन्न निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ बाट दोहो¥याएर उमेद्वारी दिएका, शेरबहादुर देउवा गुटको भरणपोषण मात्र गर्दै आएका ज्ञानेन्द्रबहादुर कार्कीको अवस्था दिनप्रतिदिन खस्कदै गएको छ ।
आफ्नो गृह जिल्ला भोजपुरबाट सधै निर्वाचन हार्दै आएपछि सुनसरी झरेका कार्कीले २०७४ सालको प्रतिनिधिसभामा निर्वाचित भएपछि सत्ता र शक्तिको आडमा सुनसरी काँग्रेसभित्रै खेल्दा एकातिर सुनसरी काँग्रेस छिन्नभिन्न हुन पुगेको छ भने आसन्न निर्वाचनमा कार्कीले भोजपुरकै नियति व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको सुनसरी क्षेत्र नं. ४ का इमान्दार काँग्रेसका कार्यकर्ता बताउँछन् ।
क्षेत्र नं. ४ का स्थानीय मतदाता एवम् नेपाली काँग्रेसका क्रियाशील कार्यकर्ता चित्रहादुर कार्की भन्नुहुन्छ, कार्कीको आफ्नै कारण काँग्रेस पक्षमा निर्वाचनको वातावरण बन्न नसकेको हो । हिजो स्थानीय निकायको निर्वाचनमा कार्यकर्ताको मूल्याकनको आधारमा उचित व्यवस्थापन गरिदिएको भए, १४ औं महाधिवेशनमा आफ्ना गुटकालाई जिताउन अर्को पक्षको मानमर्दन नगरिदिएको भए परिस्थिति यति जटिल बन्ने थिएन । परिस्थिति कतिसम्म बिग्रिएको छ भने यतिबेला कार्की काँग्रेसकै कार्यकर्ता फकाउनमै दौडधूप गरिरहेका छन् । तर एमाले लगायत अन्य दलका उमे्द्वार मतदाता समक्ष गएर मत माग्न घर दैलो गरिरहेका छन् ।


उता नेपाली काँग्रेसका क्रियाशील एवम् पुराना कार्यकर्ता अलिम अन्सार त ठोकुवै गर्नुहुन्छ यसपटक कार्कीले चुनाव जित्ने कल्पना नगरे पनि हुन्छ । जमानत जोगाउनै हम्मे हम्मे पर्छ । अन्सारीको उक्त भाईप्रति कार्की भन्नुहुन्छ जमानतै जोगाउन हम्मे हम्मे त नपर्ला एमालेका जगदिश कुसियैत र काँग्रेसका कार्कीबीचमा प्रतिष्पर्धा होला । अन्सारीले भन्नुभयो चुनाव जिताउने ठेक्का लिएका हरिनगरा गाविसका अध्यक्ष गफार अन्सारी र कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी यतिबेला कार्की जिताऔ अभियानबाट विस्तारै ब्याक हुन थालेका छन् । कार्कीले मुस्लिम समुदायको भोट लिनका लागि अयुव अन्सारीकी जेठी सासुलाई प्रदेशसभामा समानुपातिकतर्फबाट उमेद्वारी बनाएका छन् । जसका कारण सुनसरी क्षेत्र न. ४ का मुस्लिम समुदाय थप चिढिएका छन् । सम्भावित निर्वाचन
परिणामबाट अत्तालिएका कार्कीले आइतबार इनरुवा स्थित सम्पर्क कार्यालयमा आफ्नो गुट निकटहरुको गोप्य भेला डाकेका थिए । स्रोतका अनुसार भेलामा पैसाले किनेर हुन्छ कि कसरी हुन्छ, जसरी हुन्छ निर्वाचन जिताउने वातावरण बनाइदिन उनले भेलामा पटक पटक आग्रह गरेको सहभागी एक महिलाले बताइन् । पाँच दलीय सत्ता गठबन्धनभित्रका माओवादी केन्द्र, नेकपा एस, लोसपा, जनमोर्चाको प्रभाव शून्य रहेको सुनसरी क्षेत्र नं. ४ मा कार्कीलाई काँग्रेस मतको मात्र आशा रहेको छ । उहाँले भन्नुभयो आर्थिक चलखेल गरी मुस्लिम समुदायको मतको ठेक्का लिएका गफार र अयुवप्रति नै यतिबेला मुस्लिम समुदायले विश्वास गर्न छाडेका छन् ।
