यलम्वर ओपन रनिङ्ग बास्केटवल तरहरा र डिपो स्कुल विजयी

धरान । यलम्वर बास्केटवल क्लवको आयोजनामा आयोजित यलम्वर ओपन रनिङ्ग रनिङ्ग बास्केटवल टुर्नामेन्टको दोस्रो दिन भएको खेलमा तरहरा र डिपो स्कुल विजयी भएका छन ।
सोमवार भएको पहिलो खेलमा तरहराले १३ हुपर्सलाई ३५–२५ र डिपो स्कुलले एमआइडिसि टिमलाई ४२–४० अंकको अन्तरले पराजित  गरेको छ । पहिलो खेलमा तरहरा र १३ हुपर्सले प्रत्येक क्वाटरमा ८–१, १३–९, ४–९ र ११–६ अंक जोडेका थिए । यसैगरि अत्यत्य प्रतिश्पर्धात्मक भएको दोस्रो खेलमा डिपो र एमआइडिसिले प्रत्येक क्वाटरमा ५–१३, ११–३, १४–८ र १२–१६ अंक जोडेका थिए । पहिलो खेलमा तरहराका सन्दिप श्रेष्ठले व्यक्तिगत ९ अंक र दोस्रो खेलमा डिपो स्कुलका हिमाल राईले १० अंक जोडेका थिए ।


प्रतियोगितामा धरान, तरहरा र विराटनगरका गरि ११ वटा टिमले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेता टिमले नगद विस हजार, दोस्रो टिमले नगद १० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । त्यस्तै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडी र फाइनल खेलका म्यान अफ द म्याचले नगद सहित ट्रफि प्राप्त गर्नेछन । प्रतियोगिताको सम्पुर्ण खेल धरान ८ सिदार्थ मार्ग स्थित यलम्वर वास्केटवल खेल मैदानमा हुनेछ । २६ गते सम्म सम्पन्न हुने प्रतियोगितामा धरान बास्केटवल संघको प्राविधिक सहयोग रहेको छ ।

तपाईको प्रतिक्रिया