सवारी दुर्घटनाबाट एकको मृत्यु

भ्mापा । झापाको बिर्तामोडमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । विर्तामोड नगरपालिका–३ मा पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जना साईकल यात्रीको मृत्यु भएको हो । सोमबार बिहान ५ बजे साईकल यात्री स्थानीय ६० बर्षीय उदय बहादुर गहतराजलाई प्रदेश १–०१–००१ च ८३१९ नम्वरको पिकअप गाडीले ठक्कर दिदा साइकल यात्री गहतराज घाईते भएका भएका थिए । घाइते गहतराजको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन र चालक पथरी शनिश्चरे मोरङका कमल बहादुर मगरलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया