सत्ता गठबन्धनका कारण स्वतन्त्र र साना दल अगाडि

आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनका उमेद्वारहरु बढारिने संकेत देखिन थालेको छ । हुन त मुलुकको हितमा नभएर सत्तामा आसिन हुने उद्देश्यले मात्र अप्राकृतिक गठबन्धन गरेका कथित सत्ता गठबन्धनका उमेद्वारका कारण निर्वाचनमा स्वतन्त्र र साना दलहरु अस्तित्वमा आउने देखिएको हो ।
नेपाली काँग्रेस इतिहासमै यति स्खलित र कमजोर कहिल्यै देखिएको थिएन । सत्ताका लागि जोसुकैसँग इमान, नैतिकता दाउमा राख्न नहिच्किचाउने काँग्रेसको वर्तमान नेतृत्वका
कारण एउटा ऐतिहासिक पृष्ठभूमि बोकेको काँग्रेस निर्वाचनमा इज्जत जोगाउन नसक्ने अवस्थामा पुगेको छ ।
नेपाली काँग्रेस आफैमा मुलुकभरि सशक्त संगठन भएको पार्टी थियो । तर यतिबेला काँग्रेसको संगठन तहसनहस हुन पुगेको छ । नेतृत्व इमान्दार भए न कार्यकर्ता इमान्दार हुन्छन् । नेतृत्वले बेइमान गरेपछि कार्यकर्ता इमान्दार हुन सक्दैनन् । जनताबाट तिरस्कृत, घृणित संगठन नै नभएका दलसँग काँग्रेसले गठबन्धन गर्नु नै काँग्रेसका लागि दुर्भाग्यका श्रृंखला शुरु भएको हो । विगतमा नेपाली काँग्रेसले कहिल्यै कुनैपनि दलसँग निर्वाचनमा गठजोड गरेन र गरेको पनि थिएन । तर सत्ताकै लागि काँग्रेसको नेतृत्वले इमान बेचेपछि काँग्रेसका कार्यकर्ताहरु तिवरबितर भएका छन्, मतदान गर्न स्वतन्त्र भएका छन् ।
हुन त नेपाली काँग्रेसको वर्तमान नेतृत्व विगतमा पनि बेइमान सावित भएकै हो । दरबारमा लगेर प्रजातन्त्र बुझाएकै हो, सरकारमा रहँदा दुई दुई पटक निर्वाचन गर्न नसकेर अक्षम सावित भएकै हो । पार्टीमा आफूले भने बमोजिम भागबण्डा नपाउँदा पार्टी नै टुक्र्याएर हिडेकै हो । तत्कालीन अवस्थामा दश बर्षे द्वन्द्व निम्त्याएकै हो । झण्डै आधा दर्जन पटक सरकारको नेतृत्व गर्दा विकासका नाममा सिन्को नभाँचेको देखिएकै हो । यस्तो नेतृत्वले काँग्रेसलाई अग्रगतिमा नभएर अद्योगतिमा धकेल्दा आश्चर्य मान्नु व्यर्थ हो । नेपाली काँग्रेसका कार्यकर्ता बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेरको आदर्शबाट प्रभावित भएर काँग्रेसमा आवद्ध भएका हुन् । वर्तमान काँग्रेस नेतृत्वको बोली सुनेर काँग्रेस भएका होइनन् ।
अर्कोतर्फ आफ्नो अर्थात काँग्रेसको प्रभाव क्षेत्रमा गठबन्धनका नाममा नेपालको राजनीतिबाट अस्तित्व समाप्त हुन लागेका गठबन्धनको नाममा अर्को दललाई मैदान खाली गरिदिएपछि काँग्रेसका आम कार्यकर्ता निर्धक्कसँग आफू खुशी मतदात गर्ने मनस्थितिमा पुगेका छन् । दुई सय मत नभएको अन्य दललाई २० हजार मत भएको काँग्रेस कार्यकर्ताले कुन नैतिकताका आधारमा मतदान गर्छन् ? आगामी निर्वाचनमा नेपाली काँग्रेस एक्लै चुनावमा गएको भए देशकै सबैभन्दा ठूलो राजनैतिक दलमा दर्ज हुने थियो । काँग्रेसले यो अवसर गुमाएको छ । हुन त चोट नलागिकन कसैले ऐøया भन्दैन । मंसिर ४ गते पछिको चोटले वर्तमान नेतृत्व सदाका लागि आम काँग्रेसका कार्यकर्ताका नजरबाट अक्षम सावित हुनेछ ।

तपाईको प्रतिक्रिया