देवानगञ्जमा उमेद्वारका विरुद्ध नाराबाजी

धरान । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. २ बाट उमेद्वार बनेका नेपाली काँग्रेसका दुई जना उमेद्वारका विरुद्धमा देवानगञ्जमा शनिवार स्थानीयले कालो झण्डा देखाउँदै
नाराबाजी गरेका छन् ।


नेपाली काँग्रेसका निवर्तमान सुनसरी क्षेत्र न. २ का सासद एवम आसन्न प्रतिनिधिसभाका प्रत्यासी सीताराम मेहता र प्रदेशसभाका निवर्तमान नेपाली काँग्रेस संसदीय दलका नेता, पूर्व जिल्ला सभापति एवम् सुनसरी क्षेत्र नं. २ ‘ख’ प्रदेशसभाका प्रत्यासी राजीव कोइरालाका विरुद्धमा स्थानीयहरुले नाराबाजी गर्दै कालो झण्डा देखाएका थिए । आफ्ना केही समर्थकसहित घर दैलो अभियानमा देवानगञ्ज पुगेका दुवै प्रत्यासीलाई स्थानीले ५ बर्षसम्म कुनै विकास निर्माणको काम गर्न नसकेको भन्दै  नाराबाजी गर्र्दै कालो झण्डा देखाएपछि दुवै पक्षबीचमा हात हालाहालको स्थिति सिर्जना भएको थियो । पछि स्थानीयको आक्रोस बढ्दै गएपछि दुवै उमेद्वार त्यहाँबाट हिडेका थिए ।

तपाईको प्रतिक्रिया