स्तन क्यान्सर भयावह बन्दै

धरान । स्तन क्यान्सर विशेष गरेर महिलामा हुने रोग हो । यो रोग लागेपनि धेरै महिलाहरुलाई  रोगको विषयमा थाहा नहुँदा धेरै महिलाहरुले ज्यान गुमाउनु परेको छ । तर शुरुमै यसको उपचारसँगै आत्मबल बढाउन सके यो रोग सामान्य भएको चिकित्सकरुले बताएका छन् । सामान्य हेलचेक्र्याईले महिलाहरुमा हुने स्तन क्यान्सर भयावह अवस्थामा पुगको भन्दै सो सम्बन्धी सचेतनात्मक ¥यालीको आयोजनासँगै त्यसबाट ग्रसित महिलाहरुलाई समावेश गरेर सबैको आत्मबल बढाउने गरिएको छ ।


रोटरी क्लबअफ धरान फुटहिल्सले धरानमा आयोजना गरेको सचेतना कार्यक्रममा विरामी समेत सहभागी भई समयमै उपचार गराउन सके यो रोग सामन्य भएको बताएका छन् ।
आफूहरुले यो रोगलाई सामन्य देखे पनि समाजतथा छरछिमेकले मानसिक रुपमात्रास बढाउने काम गर्ने गरेको विरामी भएर अहिले निको भइसकेका महिलाहरुले बताएका छन् । उनीहरुले समयमै उपचार गरेर आत्मबल बढाउन सके यो रोग सामान्य रहेको बताए । उनीहरुले अहिले सहज रुपमा जीवनयापन  गरिरहेकोे बताए । प्रतिष्ठानमा स्तन क्यासरको उपाचर गराउदै आउनु भएकी स्तन क्यान्सर रोग विशेषज्ञ डा. शारदा खड्काले शुरुवाती फेजमै यसको उपचार गर्न सके यो निको हुने बताउनुभयो । उहाँले समाज, तथा छरछिमेकको कुरा नसुनी चिकित्सकको सल्लाह अनुसार उपचार गर्न सके यो रोग निको हुने बताउनुभयो । उहाँले क्यान्सर भएको थाहा हुँदाहुँदै पनि धेरै महिलाहरु समयमै उपचार नगराउने, हेलचेक्र्याइ गर्ने गरेका कारण पनि धेरै महिलाहरुले ज्यान गुमाउनु परेको बताउनुभयो । उहाँले थाहा भए पनि अस्पताल नजाने, घर परिवारलाई बढी समय दिने, समयमा उपचार नगराउने कारणले पनि यो रोगले महिलाहरुलाई गम्भीर अवस्थामा पु¥याएको बताउनुभयो । उहाँले महिलाहरु लाजका कारण उपचार गर्न हिच्किाउने हुँदा पनि समस्या जटिल बन्दै गएको बताउनुभयो । उहाँले खानपान,  शारीरिक व्यामलाई जोड दिन सके स्तन क्यान्सरमात्र हैन सबै खालका क्यान्सरहरु नलाग्ने बताउनुभयो । क्यान्सर कसरी थाहा पाउने भन्ने विषयमा र यसको उपचारको विधिका विषयमा प्रतिष्ठानकी डिपार्टमेन्ट अफप्याथोलोजीकी चिकित्सक डा. अञ्जु प्रधानले जानकारी दिनुभएको थियो । नेपालमा बर्षेनी २६ हजार क्याम्सरका विरामी थपिने गरेको तथ्यांक छ । डा. खड्काका अनुसार प्रतिष्ठानमा उपचारमा आएका १ सय जनामध्ये सरदर ६ जनामा क्यान्सर देखिएको छ ।  क्यान्सरको पहिलो वा दोस्रो चरणमै उपचार गर्न सके यो रोग निर्मुल हुने भएकोले हेलचेक्र्याई नगर्न चिकित्सकहरुले सुझाएका छन् । स्तन क्यान्सर सहरी क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा बढी पाइएको छ । सचेतनाका कमी आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरुमा उपचारको पहुँच नपुगेको हो ।
त्र

तपाईको प्रतिक्रिया