मोरङ । मोरङको उर्लाबारीका ५ जना १७ बर्ष उमेर समूहकाहरुलाई हत्याको आरोपमा पक्राउ गरिएको हो । क्राउ पर्नेमा उर्लाबारी —६ का १७ वर्षीय सरोज बस्नेत, उर्लाबारी—६ का १७ वर्षीय सन्देश खवास, उर्लाबारी— ७ का १६ वर्षीय सपन खत्री, उर्लाबारी—६ का मन्जिल माझी र उर्लाबारी—६ कै १७ वर्षिय विकास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गत वर्षको छठ पर्वमा उनीहरूबीच भनाभन भएको रिसमा श्रेष्ठको हत्या भएको हत्यामा संलग्नलाई उद्धृत गर्दै मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए । उनले भने–‘गत बर्षको छठमा परेको विवाद साध्नकै लागि उनीहरुले हत्या गरेको देखिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ आइतबार राति झापा दमक नगरपालिका—१० का १४ वर्षीय दियुस श्रेष्ठलाई मौवा खोलामा छठ पर्वको रौनक हेर्न जाने क्रममा छुरा प्रहार गरी उनीहरुले घाइते बनाएका थिए । छुरा प्रहारबाट घाइते भएका श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी अस्पताल पु¥याइएको थियो । सो अस्पतालमा उपचार हुन नसकेपछि विर्तामोडस्थित वि एण्ड सि अस्पताल रेफर गरिएको थियो । श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
