पाँच दलीय गठबन्धनबाट माओवादीले पाएको दुई स्थानमा एमाले अगाडि प्रतिनिधिसभाको निर्वाचनमा मोरङका ६ मध्ये ३ का“ग्रेस, २ एमाले र १ जसपाले बाजी मार्ने

विराटनगर । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा मोरङ जिल्लाका ६ क्षेत्रमध्ये नेपाली काँग्रेसले क्षेत्र नं. १, क्षेत्र नं. ३, क्षेत्र नं. ६ गरी तीन स्थानमा, एमालेले क्षेत्र नं. २, क्षेत्र नं. ४  गरी दुई स्थान र जनता समाजवादी पार्टीले क्षेत्र नं. ५ मा एक स्थानमा बाजी मार्ने प्रारम्भिक मत सर्भेक्षणले देखाएको छ । मोरङमा पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले क्षेत्र नं. १, २, ३ र ६ मा उमेद्वारी दिएका छ भने क्षेत्र नं. ४ र ५ माओवादीका भागमा छोडिदिएको छ । यसैगरि अन्तिम समयमा पाँच दलीय गठबन्धनसँग सिट बाँडफाँडको असन्तुष्टि व्यक्त गर्दै एमालेसँग गठबन्धन गर्न पुगेका जनता समाजवादी पार्टीले मोरङ क्षेत्र नं. ५ मा पाएको छ भने एमालेले क्षेत्र नं. १, २,३, ४ र ६ गरी पाँच क्षेत्रमा जसपासँगको गठबन्धनमा उमेद्वारी दिएको छ ।

गठबन्धनका दलहरुले गत आषाढमा सम्पन्न स्थानीय निर्वाचनमा स्थानीय निकायहरुमा वडाध्यक्षहरुले पाएको मतलाई निवाृच्न जित्ने आधार बनाएका छन् । मोरङ क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका तर्फबाट जिल्ला सभापति समेत रहनु भएका डिकबहादुर लिम्बुलाई उमेद्वार बनाएको छ भने एमालेले घनश्याम खतिवडालाई प्रतिष्पर्धामा उतारेको छ । मोरङ क्षेत्र नं. १ मा १४ जनाको उमेद्वारी परेको र ५ जना स्वतन्त्र छन् । तर प्रतिष्पर्धा भने काँग्रेसका लिम्बु र खतिवडाकै बीचमा हुने देखिएको छ । स्थानीय निर्वाचनमा मोरङ क्षेत्र नं. १ मा एमालेले ३२३६६, काँग्रेसले ३१४१३, माओवादीले ६५८३, राप्रपाले २८९०, नेकपा एसले १०९३ र जसपाले ४९४ मत पाएका थिए । पाँच दलीय गठबन्धनका दलहरुबाट अन्तरघात नभए मोरङ क्षेत्र नं. १ बाट काँग्रेसका लिम्बुको विजय सुनिश्चित देखिएको छ ।
उता मोरङको क्षेत्र नं. २ मा २०७४ को निर्वाचनमा डा. मिनेन्द्र रिजालले आफ्ना प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोख्रेललाई पराजित गरी विजयी हुनु भएको थियो । त्यसबेला रिजालले मात्र मोरङमा काँग्रेसकातर्फ निर्वाचन जित्नु भएको थियो । तर यस पटक काँग्रेसले  रिजाललाई किनारा लगाउदै सुजता कोइरालालाई उमेद्वारी बनाएपछि मोरङ क्षेत्र नं. २ का काँग्रेसका मतदाताहरु सुजनालाई मत दिन नसकिने भन्दै तितरवितर भएका छन् । मोरङ काँग्रेस नेता शेखर कोइरालाको वर्चस्व भएको जिल्ला हो । नाताले सुजाता कोइराला बहिनी भएपनि नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सुजाता शेरबहादुर क्याम्पसमा पुगेकी थिइन् । जसका कारण क्षेत्र नं. २ का सम्पूर्ण काँग्रेस कार्यकर्ता सुजातासँग रुष्ट छन् भने मिनेन्द्र रिजाललाई टिकट नदिएर अन्याय गरेको भन्दै बदला लिने दाउमा रहेका छन् । उक्त क्षेत्रबाट गठबन्धनसहित ३१ जना उमेद्वारले उमेद्वारी दर्ता गराएका छन् भने १९ जना स्वतन्त्र रहेका छन् । गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले २८६१७, एमालेले ३१३३०, माओवादीले ७२७१ मत, जसपाले ५ हजार, राप्रपाले २०७९, लोसपाले ५६६ र नेकपा एसले १८० मत ल्याएका थिए । मोरङ क्षेत्र नं. ३ बाट शेखर कोइराला निकट नोबेल मेडिकल कलेजका सञ्चालन समेत रहनु भएका डा. सुनिल शर्मालाई पाँच दलीय गठबन्धनले उमेद्वार बनाएको छ भने एमालेले पुरानै अनुहार भानुभक्त ढकाललाई अगाडि सारेको छ । २०७४ को निर्वाचनमा शर्मा एमालेका ढकालसँगको झिनो मतान्तरले पराजित हुनु भएको थियो । यसैगरी राप्रपाबाट नेपाली सिने जगतकी चर्चित कलाकार रेखा थापाले उमेद्वारी दिनु भएको छ । त्यसो त युवाहरुको क्रेज राप्रपाकी उमेद्वार रेखा थापाप्रति देखिए पनि स्थानीय निकायको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत आकंकलन गर्दा नेपाली काँग्रेसका डा. सुनिल शर्माको जित निश्चित देखिएको छ । त्यस क्षेत्रबाट दलका उमेद्वारसहित ३३ जनाले उमद्वारी दिएका छन् । यसअघि निर्वाचित भएका एमालेका ढकाल कोरोना कालमा ओम्नी काण्डमा मुछिएका, आफ्नो निर्वाचन क्षेत्रमा कुनै काम गर्न नसकेको भन्दै मतदाताहरु सुनिल शर्मा जिताउ अभियानमा लागेका छन् । स्थानीय निर्वाचनमा मोरङ क्षेत्र नं. ३ बाट नेपाली काँग्रेसले ३६९१६, एमालेले ३७४१०, माओवादीले ७३७३, राप्रपाले २१२१, नेकपा एसले १८५५, जसपाले ४५३ मत प्राप्त गरेका थिए ।
यसैगरी मोरङ क्षेत्र नं. ४ बाट नेपाली काँग्रेसले उमेद्वारी नै दिएन । गठबन्धनका नाममा उसले उक्त क्षेत्र माओवादीको भागमा दिएको छ । उक्त क्षेत्रबाट मओवादीले २०७४ सालको सांसद निर्वाचित अमनलाल मोदीलाई बनाएको छ भने एमालेले विनोद ढकाललाई प्रतिष्पर्धामा उतारेको छ । २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसले नेता महेश आचार्य मोदीसँग पराजित भएका थिए । एमालेका विनोद ढकाल पार्टी अध्यक्ष पनि हुन् । उक्त क्षेत्रबाट १६ जनाले उमेद्वारी दर्ता गराएका छन् । जसमा ६ जना स्वतन्त्र रहेका छन् । स्थानीय मतदाता भन्छन् यसपटक एमालेका विनोद ढकालले बाजी मार्ने निश्चित छ । स्थानीय निर्वाचनमा उक्त क्षेत्रबाट एमालेले २५७३०, नेपाली काँग्रेसले २१८९४, माओवादीले ९९९०, राप्रपाले ४६७४, जसपाले ३११२ र नेकपा एसले १२५५ मत ल्याएका थिए ।
मोरङ क्षेत्र नं. ५ मा समेत सत्ता गठबन्धन दलका तर्फबाट माओवादीको भागमा परेको छ । माओवादीले यस भन्दा अगाडि प्रदेशसभा सांसद रहेका शिवप्रसाद मण्डललाई उमेद्वार बनाएको छ भने एमालेले जसपा गठबन्धनका तर्फबाट जसपाका राजपाका राजकुमार मण्डललाई प्रतिष्पर्धामा उतारेको छ । निर्वाचनमा यी दुई बीच नै प्रतिष्पर्धा हुने मतदाताहरु बताउँछन् । मोरङ क्षेत्र नं. ५ जसपाको प्रभाव क्षेत्र पनि हो ।, मण्डलको कार्यकाल हेरिसकेका सदानन्द मण्डल भन्छन् तिनले आफू कमाउने भन्दा बाहेक केही गरेननन् । यसपटक यादवलाई भोट दिने हो । त्यसो त मोरङ क्षेत्र नं. ५ मा १६ जनाले उमेद्वारी दिएका छन् । जसमध्ये ८ जना स्वतन्त्र उमेद्वार रहेका छन् । स्थानीय निर्वाचनमा उक्त क्षेत्रबाट नेपाली काँग्रेसले १९४९८, एमालेले १५६८०, जसपाले १३२४९, माओवादीले ११६२८, राप्रपाले १८८७, लोसपाले ७२२ र नेकपा एसले ६०८ मत ल्याएका थिए । मोरङका अन्य क्षेत्रको तुलनामा क्षेत्र नं. ६ सबैका लागि चासोको क्षेत्र भएको छ । उक्त क्षेत्रबाट नेपाली काँग्रेसका हेभिवेट नेता डा. शेखर कोइराला यसपटक पनि चुनावी प्रतिष्पर्धामा देखिनु भएको छ । डा. कोइरालाको प्रतिष्पर्धामा एमालेले पुन ः लालबाबु पण्डितललाई उमेद्वारी बनाएको छ । त्यसो त मोरङ क्षेत्र नं. ६ बाट १५ जना उमेद्वारले मनोनयन दर्ता गराएका छन् । जसमा ३ जना स्वतन्त्र रहेका छन् । २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा एमालेका लालबाबु पण्डितले डा. शेखर कोइरालालाई ६५० मत अन्तरले पराजित गरी चर्चा कमाएका थिए । यसपटक परिस्थिति भिन्न रहेको छ । पण्डित झण्डै तीन बर्ष केपी ओलीको सरकारमा सामेल भएपनि मोरङ क्षेत्र नं. ६ मा कुनै विकास निर्माणको काम गर्न नसकेको, निर्वाचित भएर गएपछि निर्वाचन क्षेत्रमा फर्किएर नआएको भन्दै एमालेका कार्यकर्ता मात्र होइन त्यस क्षेत्रका मतदाताहरु समेत डा. शेखर कोइरालालाई जिताउ अभियानमा लागेका छन् । त्यसो त स्थानीय निर्वाचनमा समेत काँग्रेसले अन्य दलभन्दा बढी मत पाएको थियो । नेपाली काँग्रेसले २७०८६, एमालेले २४५५६, माओवादीले ४९९६, जसपाले ३९३९, राप्रपाले ३११५, नेकपाल एसले २३५५, लोसपाले ८९५ मत ल्याएका थिए ।

तपाईको प्रतिक्रिया