इनरुवा । कथित पाँच दलीय गठबन्धनबाट सुनसरी क्षेत्र नं. ४ बाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यासी बनेका पर्यटक नेताको उपाधि पाएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका किचेन क्याविनेट सदस्य सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई यसपटको निर्वाचन महंगो पर्ने भएको छ ।

आफ्नो गृहजिल्ला भोजपुरबाट कहिल्यै निर्वाचन जित्न नसकेर सुनसरी झरेका कार्कीले यस भन्दा अगाडिको प्रतिनिधिसभामा निर्वाचित भएपछि उनले पुन ः दोस्रो पटक सत्ता, शक्ति र नेतृत्वको निकटतालाई भँजाएर सोही क्षेत्रबाट उमेद्वारी दिएपछि नेपाली काँग्रेसका आम कार्यकर्ता रुष्ट भएका छन् भने गठबन्धन दलभित्रैको मत समेत उनलाई नआउने काँग्रेसका एक जिम्मेवार कार्यकर्ताले बताए ।
नेपाली काँग्रेसको जिल्ला नेतृत्वमा बसिसकेका एक काँग्रेसका कार्यकर्ताले भने स्वच्छ र निष्पक्ष निर्वाचन भएमा कार्की अत्याधिक मतले पराजित हुन्छन् । उनले भने परिसिथ्ति २०७४ कोजस्तो अनुकूल छैन । त्यसबेला कार्कीलाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीको समर्थन रहेको थियो । तर हाल यादव नेतृत्वको जनता समाजवादी पार्टीले एमालेसँग गठबन्धन गर्न पुगेपछि कार्कीको अवस्था दयनीय बन्न पुगेको छ । महेन्द्रनगर चकरघट्टीका अर्का जिम्मेबार कार्यकर्ताले भने २०७४ को निर्वाचनमा उपेन्द्र नेतृत्वको जसपाको १९ हजार मत कार्कीलाई आएको थियो । जसका कारण कार्कीले काँग्रेससहित मिलाएर ३२३४७ मत ल्याएका थिए भने एमालेका रमेश श्रेष्ठले २५७५० मत ल्याएका थिए । यस पटक जसपाको मत एमाले जसपा गठबन्धनबाट उमेद्वार बनेका जगदिश कुस्यौतलाई जान्छ । पाँच दलीय गठबन्धनमा रहेका माओवादी, एस, लोसपा, जनमोर्चाको सुनसरी क्षेत्र नं. ४ मा प्रभाव शून्य छ । ती कार्यकर्ताले भने मंसिर ४ गतेको निर्वाचन परिणमबाट आतिएका कार्कीले आफूलाई निर्वाचन जिताउन हरिनगरा र कोशी गाउँपालिकाका अध्यक्षलाई ठेक्का दिएका छन् । जसबाट मुस्लिम मतदातारु कार्कीको खिलाफमा खुलेर लागेका छन् । एक क्षेत्रीय सभापतिले भने सुनसरी क्षेत्र नं. ४ बाटप्रीभावशाली व्यक्तित्व डा. खालिद हुसैन हकको उमेद्वारीले मुस्स्लिम मत कार्कीका पक्षमा नजाने देखिएको छ । अन्तमा नोट खन्याएर भोट तान्ने मनस्थितिमा कार्की रहेको उनले बताए ।
