धरान । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको महोल धरानमा बढ्दै गएको छ । प्रदेश नं. १ को प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतका उमेद्वारहरुले धमाधम आफ्नो पकड बलियो बनाउन चुनावी एजेन्डा समेत सार्वजनिक गर्न थालेका छन् ।

यसै क्रममा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रुपमा उमेद्वारी दिनु भएका कुमार कार्कीले भने प्रतिनिधिसभा निर्वाचनमा जनमुक्ति पार्टीको साथ पाउने भएको छ । धरान १२ पूर्वी स्टारमा आयोजित पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उमेद्वार कुमार कार्की र उहासंगै सहकार्य गरेर उमेद्वारी दिनुभएका प्रदेश १ ‘क’ उमेद्वार खगेन्द्र श्रेष्ठ र जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद पालुङवाले संंयुक्त रुपमा पत्रकार सम्मेलन गरी सो सम्बन्धी जानकारी गराएका हुन् । नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले परिवर्तनको एजेन्डा बोकेर हिडेकोे टिमलाई जनमुक्ति पार्टीले सघाउने भएपछि हामीले सहकार्य गरेको बताउनुभयो । सुकुम्बासी नेता समेत रहेका कार्कीले पार्टीसंग सुकुम्बासी समस्या समाधानको एजेण्डालाई समाधानमा दुवैतर्फ गम्भीर भएकोले पनि सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । पार्टीसंग सहकार्य गरे पनि हामी स्वतन्त्र नै भएको स्पष्ट पार्दै सुकुम्बासी समस्या समाधानमा सहकार्य गरेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो । उहाले परिवर्तनको पक्षमा आफूहरुको आन्दोलन भएकोले यसलाई सफल बनाउन पनि सुकुम्बासी, भूमिहीनको प्रतिनिधि गर्दै उमेद्वारी दिएको बताउनुभयो । विगतमा सत्तामा बसिसकेका दलहरुले जनताको भावना, सुकुम्बासीको एजेन्डा लगायतका समाधान गर्न नसकेको बताउदै दलहरुभन्दा पनि सम्बन्धित समस्या बोकेर हिडेको स्वतन्त्र उमेद्वारलाई सहयोग गरेर जाने निर्णय गरेको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष पालुङ्वाले बताउनुभयो । जनमुक्तिले पनि विगतमा सुकुम्बासीको मुद्धालाई अगाडि ल्याएको बताउदै सुकुम्बासी समस्या समाधानका अभियन्तासंग सहकार्य गरेर अगाडि बढ्ने निर्णय बताउनुभयो । उहाले परिवारवाद, नातावादको अन्त्य गर्न पनि स्वतन्त्र उमेद्वारलाई सघाउने बताउनुभयो । सो अवसरमा प्रचारप्रसारका समयमा पार्टीको झण्डा प्रयोग नगर्ने, प्रतिनिधिसभा सदस्यका उमेद्वार कुमार कार्कीको चुनाव चिन्ह घण्टाघर तथा प्रदेश सभा क खगेन्द्र श्रेष्ठको चुनाव चिन्ह पानीको धारामा मतादान गर्ने सहमति भएको जनाइएको छ ।
त्र
