धरान । तिहार नजिकिदै जाँदा पटका नेपाल भित्रिन थालेका छन् । भारतीय सीमानाकाकाबाट धमाधम पटका भित्रिन थालेसँगै प्रहरीले सक्रियता बढाएको छ । सक्रियता बढाएसँगै प्रहरीले सुनसरी र मोरङका विभिन्न स्थानबाट धमाधम पटाका बरामद गरेको छ ।

प्रहरीले मोरङको धनपालथान गाउँपालिका–२ गोसाईं पोखरीबाट नागिन पटाका १८ प्याकेट, किङ्ग कोब्रा पटाका १२ प्याकेट, ग्रिन चक्र १० पिस, सिल्भर राईन्स १० पिस, खैबर ५ पिस, बुलेट
रकेट १० पिस, पन्ध्र स्टार १ प्याकेट, बाह्र स्टार १ प्याकेट, झिरझिरे १ कार्टुन, ईलेक्ट्री स्टाम ४ पिस, गोल्ड क्लास ८ पिस बिहीबार बिहान बरामद गरेको छ । प्रहरी चौकी अमाहीबाट खटिएको प्रहरीलाई भारतबाट नेपालतर्फ आउँदै गरेका अपरिचित व्यक्तिले देख्नासाथ पटाका छोडी फरार भएपश्चात् २ वटा बोरामा रहेका उक्त पटाका प्रहरीले बरामद गरेको हो । यसैगरी मोरङकै सुनवर्षी नगरपालिका–९ डाईनियाबाट १ लाख रुपैयाँ मूल्य बराबरको चक्लेट बम ८ बण्डल, चक्र बम ठूलो ८ बण्डल, फुलझरी ५ बण्डल, फुलझरी सानो १२ प्याकेट, झिरझिरे १५ बण्डल, चक्र बम सानो ३ बण्डल र सर्प बम ४ प्याकेट बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीलाई देख्नाँसाथ उक्त पटाका सोही ठाउँमा छोडी फरार भएपश्चात् प्रहरीले बरामद गरेको हो । त्यस्तै मोरङ, धनपालथान गाउँपालिका–४ भलुवाबाट करिब ६० हजार रुपैयाँ मूल्य बराबरको झिरझिरे पटाका २८ प्याकेट, रकेट पटाका ८ प्याकेट, अटोमेटिक रकेट पटाका २ प्याकेट, मिनी बुलेट पटाका २० प्याकेट र सुपर फ्लावर ५ प्याकेट बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा ल्याउँदै गरेको उक्त पटाका सोही ठाउँमा छोडी अपरिचित व्यक्ति फरार भएपश्चात् प्रहरीले बरामद गरेको हो । सुनसरीको इनरुवा नगरपालिका–२ स्थितबाट करिब ७ लाख रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका पटाकाहरू बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त पटाका बरामद गरेको हो
