प्रदेश नं. १ को ताप्लेजुङ, पा“चथर, इलाम, झापा, मोरङ र सुनसरीबाट को को उमेद्वार

धरान । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनैतिक दल तथा स्वतन्त्र गरी प्रदेश नं. १ का १४ जिल्लाबाट ४३७ जनाले आफ्नो उमेद्वारी दर्ता गएका छन् ।
मंसिर ४ गतेको निर्वाचनमा समेत प्रदेश १ बाट एमाले र नेपाली काँग्रेसबीचमै प्रतिष्पर्धा हुने देखिएको छ । पाँच दलीय गठबन्धनमा रहेको नेपाली काँग्रेस भन्दा अन्य दलले प्रदेश १ बाट आगामी संसदमा प्रतिनिधित्व गर्ने  कुरामा मतदाता मात्र हेन ती दलका नेता कार्यकर्ता र स्वयम् उमेद्वारहरु समेत विश्वस्त छैनन् ।


प्रदेश नं. १ को ताप्लेजुङ विर्नाचन क्षेत्र नं. १ बाट एमालेमा योगेश भट्टराई, माओवादी केन्द्रबाट खेलप्रसाद बुढाक्षेत्री, जनता समाजवादी पार्टीबाट चन्द्र मादेन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबहादुर कार्की, लोकतान्त्रिक समाजवादी पार्र्टी नेपालबाट चैतन्य प्रकाश केदेम, मंगोल नेशनल अर्गनाइजेशनबाट विक्रम लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट होमप्रसाद तुम्वाम्फे, राष्ट्रिय जनमुक्ति पार्टीबाट इन्द्रकुमार लिम्बु, जनता समाजवादी पार्टीबाट कृष्णबहादुर लिम्बु, स्वतन्त्रबाट सञ्जुकुमार पालुङ्वा र हरि प्रसाद बरालले उमेद्वारी दिनुभएको छ । ताप्लेजुङबाट प्रतिनिधिसभाको एक सिटमा ९ जना राजनैतिक दल र दुई जना स्वतन्त्र रहेका छन् । यस्तै पाँचथर जिल्लाबाट एमालेका तर्फबाट बसन्तकुमार नेम्बाङ्ग, नेपाली काँग्रेसबाट भिष्मराज आङदम्बे, जनता समाजवादी पार्टीबाट प्रेमराज लावती,  राष्ट्रिय प्रजातन्त्र पार्र्टीबाट कमलबहादुर चेम्जोङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मदनकुमार पोख्रेल, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी, लेनिनवादी) बाट दिननाथ घिमिरे, मगोल नेशनल अर्गनाइजेशनबाट रामकुमार तुम्रोक, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट जसबहादुर योङहाङ,  राष्ट्रिय जनमुक्ति पार्टीबाट नरेन्द्रसाद कुरुम्बा, जन समाजवादी पार्टी नेपालबाट भिमबहादुर तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दलप्रसाद लिंगदेन र स्वतन्त्रबाट दलबहादुर आङदम्बे, विष्टन लावती, बालकृष्ण काफ्ले, लाखबहादुर पालुङ्गवाले उमेद्वारी दिनुभएको छ । ताप्लेजुङ र पाँथरबाट प्रतिनिधिसभामा एक एक जनाको प्रतिनिधित्व रहने छ । यस्तै इलामको क्षेत्र नं. १ बाट एमालेबाट महेश बस्नेत, जनता समाजवादी पार्टी नेपालबाट कमल कुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तोयानाथ शर्मा सापकोटा, नेकपा एसबाट झलनाथ खनाल, मंगोल नेशनल अर्गनाइजेशनबाट बुद्धलाल मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट जितकुमार मुखिया, नेपाली काँग्रेपस बीपीबाट गणेशप्रसाद पौड्याल, स्वतन्त्रबाट विक्रम पाण्डे, नेत्रप्रसाद  रेग्मी, निमा तेञ्जिङ शेर्पा रहनु भएको छ भने क्षेत्र नं. २ बाट एमालेबाट सुवाषचन्द्र नेम्बाङ, नेपाली काँग्रेसबाट डम्बहादुर खड््का, जनता समाजवादीबाट यामप्रसाद लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशप्रसाद दुलाल, लोकतान्त्रिक समाजवादी पार्टीबाट निरमणि माङमु लिम्बु, मगवोल नेशनल अगर्वनाइजेशनबाट मणिबहदाुर लिम्बु
(पापो), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट गोविन्द सिंह लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीबाट खड्गप्रसाद पालुङ्वा, नेपाली काँग्रेस बीपीबाट डाकप्रसाद गौतम, सामाजिक लोकतान्त्रिक पार्टीबाट तिलक बहादुर मगर, नेपाल कम्युनिस्ट पार्टीबाट याकबहादुर लिम्बु्, स्वतन्त्रबाट दिपेश बोहोरा, जुनु माखिम रहेका छन् । यता झापा क्षेत्र नं. १ बाट एमालेबाट अग्नीप्रसाद खरेल, नेपाली काँग्रेसबाट विश्वप्रकाश शर्मा, जनता समाजवादी पार्टीबाट राधा थापा, लोकतान्त्रिक समाजवादी पार्टीबाट ओलिन राजवंशी, हाम्रो नेपाल पार्टीबाट ठण्डबहादुर अधिकारी, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्द दाहाल, मगोल नेशनल अर्गनाइजेशनबाट सन्तोष तामाङ, सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट पदममाया लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीबाट चित्रहाङ जवेगु, नेपाल जनता पार्टीबाट रामकुमार काफ्ले, जनता समाजवादी पार्टी नेपालबाट रमेश वास्तोला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ओमनाथ भण्डारी, स्वतन्त्रबाट विकास राजवंशी, केन्द्रकुमारी दाहाल, विदुरकुमार खतिवडा छन् । झापाको क्षेत्र नं. २ बाट एमालेका देवराज घिमिरे, माओवादीका हरिकुमार राना मगर, जनता समाजवादी पार्टीका राम हसफल कामति, नेपाल मजदुर किसान पार्टीका महेन्द्र खायामलीप, लोसपाका त्रिनारायण् ाराजवंशी, नेपालका लागि नेपाली पार्टीका ज्ञानेन्द्र राज कार्र्की, नेपाल विवेकशीलका सन्तोष घिमिरे, मंगोल नेशनल अर्गनाइजेशनका अकलबहादुर तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रेस्मा चेम्जोङ, राष्ट्रिय जनमुिक्त पार्टीका प्रभुराम मगर, नेपाली काँग्रेस बीपीका नारायणबहादुर भारती, जनता समाजवादी पार्टीका कृष्णप्रसाद गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरी, स्वतन्त्र भद्रप्रसाद नेपाल, खेमराज दाहाल, कुमार भट्टराई, राजकुमार तामाङ लामा, चेतकुमार खानल छन् । झापा क्षेत्र नं. ३ बाट नपाली काँग्रेसका कृष्णप्रसाद सिटौला, जसपाका बीरबहादुर राई, राप्रपाका राजेन्द्रप्रसाद लिंगदेन, नेककिपाका कृष्ण गोपाल छुस्यावाग, लोसपाका देवेन्द्र किशोर ढुंगाना, जनमत पार्टीका भोटेलाल राजवंशी, मौलिक ज्वरोकिलो पार्टीका चुडामणि अधिकारी, हाम्रो नेपाल पार्टीका योगेन्द्रसाद खनाल, राप्रपा नेपालका दवीरमण भट्टराई, मंगोल नेशनल अर्गनाइजेशनका श्याबहादुर लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका डम्बर बहादुर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीका प्रकाश पाठक, स्वतन्त्र प्रेमप्रकाश पाठक, डम्बर बहादुर गिरी, मनोरथ राजवंीशी छन् । झापा क्षेत्र नं. ४ बाट एमालेका लालप्रसाद सावाँ लिम्बु, नेपाली काँग्रेसका देउकुमार थेवे, जसपाका हर्कराज राई, नेककिपाका विक्रम कासिछवा, लोसपाका ग्यासुदिन मियाँ, जनमत पार्टीका सत्यनारायण राजवंशी, हाम्रो नेपाली पार्टीका युक्तप्रसाद भेट्वाल, मगोल नेशनल अर्गनाइजेशनका दिलिप धिमाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्का लाहान सिंह तुम्बापो, राष्ट्रिय जनमुक्ति पार्टीका मनकुमार ताप्मादेन, नेपाली काँग्रेस बीपीका दुर्गाप्रसाद घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाल, स्वतन्त्र पूर्णकुमार लिम्बु, लक्ष्मी नारायण खनाल, नन्द राज राई, खुस्वु ओली, किरण श्रेष्ठ, कमलबहादुर पौड्याल छन् । यस्तै झापा क्षेत्र नं. ५ बाट एमालेबाट केपी ओली, नेपाली काँग्रेसबाट खगेन्द्र अधिकारी, जसपाका ओम मिया आङदम्बे, नेमकिपाका रुद्रप्रससाद दाहाल, लोसपाका चन्द्रप्रसाद राजवंशी, जनमत पार्टीका भिम राजवंशी, मगोल नेशनल अर्गनाइजेशनका सानबहादुर मेचे, सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कविन्द्र शेर्मा लिम्बु, नेशनलिष्ट पिपल्स पार्टीका राजन चुडाल, नेपाली काँग्रेस बीपीका शेखरनाथ सेढाई, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर जवेगु, सचेत नेपाली पार्टीका रामप्रसाद पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोख्रेल, स्वतन्त्र कल्पना लावती, रोहितप्रसाद पौड्याल, दिपकुमार पाठक, रामचन्द्र बानियाँ, भेषराज भट्टराई, सीताराम पोख्रेल, तिर्थेश्वर चौधरी, शान्ता अधिकारी, इन्द्रमाया दाहाल, केदार नाथ चापागाई, रेवतनीरमण खनाल, तुलसीराम काफ्ले रहेका छन् । यता मोरङ जिल्लामा ६ निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभातर्फ मोरङको क्षेत्र नं. १ बाट एमालेका घनश्याम खतिवडा, नेपाली काँग्रेसका डिकबहादुर लिम्बु, राप्रपाबाट होमनाथ गौतम, नेककिपाबाट लक्ष्मीप्रसाद कवा, हाम्रो नेपाल पार्टीबाट राजेन्द्रप्रसाद पौड्याल, मंगोल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट हर्कमान सम्वाम्फे, राष्ट्रिय जनमुक्ति पार्टीबाट बुद्धमाया लिम्बु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमलबहादुर श्रेष्ठ, स्वतन्त्रबाट ललितकबहादुर मगर, मनिषा सुवेदी, फूलकुमारी पण्डित राई, निलु लिम्बु, यामप्रसाद दाहाल छन् । क्षेत्र नं. २ बाट एमालेका ऋषिकेश गौतम, नेपाली काँग्रेसकी सुजाता कोइराला, राप्रपाका गोपाल दाहाल, नेमपकिपाका सुरेक कवाँ, लोसपाका नारायणप्रसाद गंगाई, हाम्रो नेपाल पार्टीका विनोदमणि भट्टराई, मंगोल नेशनल अर्गनाइजेशनका नारायण विसंखे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट खिलबहादुर खड्का, नेशनलिष्ट पिपल्स पार्टीका मिना कटुवाल बुढाथोकी, स्वतन्त्र राजकुमार शिवाकोटी, विश्वेश्वर ऋषिदेव, सुनिलकुमार साह छन् । यसैगरी क्षेत्र नं. ३ बाट एमालेका भानुभक्त ढकाल, नेपाली काँग्रेसका सुनिलकुमार शर्मा, राप्रपाकी रेखा थापा, नेमकिपाका ओम नारायण राजवातर धामी, लोसपाका भुवन राई, हाम्रो नेपाली पार्टीका खगेन्द्रप्रसाद न्यौपाने, नेकपा (माक्र्सवादी लेनिनवादी) का उद्धिमबहादुर खड्का, मगोल नेशनल अर्गनाइजेशनका विकेन्द्र राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चन्द्रिकादेवी लिम्बु, नेसनलिस्ट पिपुल्स पार्टीका नारायण शर्मा, जनता समाजवादी पार्टीका कमल लिम्बु, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेति, स्वतन्त्र दिनेश चापागाई, जयराज सयोग, कृष्ण राई, पञ्कचकुमार भगत, गणेशबहादुर पोख्रेल, इन्दिरा थापा, कमल राजवंशी, प्रकाश भट्टराई, शिवकुमार पौड्याल, अरिविन साह, इन्द्रप्रसाद सुवेदी, चन्द्रकला खत्री, सुभाष धिमाल, हिमप्रसाद मिश्र, बाबुराम सुवेदी, रेवतबहादुर बस्नेत, सुरेश भण्डारी, धर्मप्रसाद न्यौपाने, जीवनाथ निरौला छन् । यसैगरी मोरङ क्षेत्र नं. ४ बाट एमालेका विनोद ढकाल, माओवादीका अमनलाल मोदी, राप्रपाका रवि रिजाल, नेमकिपाका शयामबहादुर दर्जी, लोसपाका लक्ष्मण साहु, हाम्रो नेपाल पार्टीका नविनकुमार विश्वास खवास, मंगोल नेशनल अर्गनाइजेशनका धनबहादुर लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गुल्टेन ऋषिदेव, नेपाली काँग्रेस बीपीका अशोक पौड्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्रप्रसाद शिवाकोटी, स्वतन्त्रबाट राजेन्द्रकुमार खवास, कुवेत मिया, ज्ञानेन्द्र खत्री, पदम कार्मी, महेश नेपाल, देव नारायाण विश्वास छन् । यस्तै क्षेत्र नं.े ५ बाट माओवादीका शिवकुमार मण्डल, जसपाका राजकुमार यादव, राप्रपाका रेवतबहादुर थापा, जनमत पार्टीका परमेश्वर मुर्मु, हाम्रो नेपाली पार्टीका फिरोज कुमार साह, संघीय लोकतान्त्रिकराष्ट्रिय मञ्चका मंगल ऋषिदेव, प्रमोद कुमार मण्डल, स्वतन्त्रबाट रमेशकुमार यादव, विधा भुषण प्रसाद, महोमद रेजा हुसैन, सञ्जु शर्मा बर्षा, गयान्द मण्डल, वेवरत, रामप्रसाद मुखिया, योगेन्द्र मण्डल, मनोजकुमार मण्डल छन् । यसैगरी मोरङ क्षेत्र नं. ६ बाट एमालेका लालबाबु पण्डित, काँग्रेसका डा. शेखर कोइराला, राप्रपाका गोपाल क्षेत्री, नेमकिपाका चिरञ्जीवि खतिवडा, जनमत पार्टीका बुद्धिराम माझी, हाम्रो नेपाल पार्टीका टेकबहादुर अधिकारी क्षेत्री, जनता प्रगतिशील पार्टीका प्रशान्त ठाकुर, नागरिक उन्मुक्ति पार्टीका बलराम खवास, मंगोल नेशनल अर्गनाइजेशनका मोहनबहादुर राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दुखाराम माझी, वहुजन शक्ति पार्टीका नारायण पासवान, राष्ट्रिय स्वतन्त्र पाटीईका यादकुमार प्रधान, स्वतन्त्र सुशिल खड्का, सरोज नेपाल, लक्ष्मी थेवे रहेका छन् ।
यता सुनसरीका चार क्षेत्रहरुमध्ये सुनसरी क्षेत्र नं. १ मा माओवादीका मुक्साहाङ मेन्याङ्बो सुब्बा, जसपाका अशोककुमार राई, राप्रपाका अशोककुमार राई, जनमत पार्टीका फत्तबहादुर खड्का, किरात खम्बुवान साझा पार्टीका देवीबहादुर राई, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सरस्वती सु्ब्बा, जनसमाजवादी पार्टी नेपालका मंगलसिंह लिम्बु, राष्ट्रिय स्वतन्त्र पार्टीका गोपाल तामाङ, स्वतन्त्र कृष्णकुमार राई, तर्कबहादुर मगर, मनोजकसुमार मेन्याङबो, जीवनकला राई, कुमार कार्की, बासुप्रसाद उपाध्यक्ष (चालिसे), विजयकुमार राई, सञ्जयकुमार राई, मातृका प्रसाद भट्टराई, कुलबहादुर लिम्बु, करुण राई छन् । यस्तै क्षेत्र नं २ बाट एमालेका भीमप्रसाद आचार्य, नेपाली काँग्रेसका सीताराम मेहता, राप्रपाका दिनेशकुमार बस्नेत, लोसापका मुमताज मियाँ, जनमत पार्टीका रामानन्द मेहता, मौलिक ज्वरोकिला पार्टीका रोहितकुमार दुलाल, हाम्रो नेपाली पार्टीका राजेश चौधरी, नागरिक उन्मुक्ति पार्टीका दिपकराज चौधरी, राप्रपा नेपालका रामेश्वर साहु हलुवाई, मगोल नेशनल अर्गनाइजेशका पूर्णबहादुर गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नैनकुमार विश्वकर्मा, नेपाल लोकतान्त्रिक पार्टीका नुनुराम चौधरी, नेकपा माक्र्सवादी (पुष्पलाल) सोभावतीकुमार
चौधरी, विवेकशील साझा पार्टीका विजयकुमार बस्नेत, जन समाजवादी पार्टी नेपालका गजेन्द्रबहादुर ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापा, स्वतन्त्रबाट ललनकुमार मेहता, शर्मा नन्द खतिवडा, विदुर प्रसाद पौड्याल, चेतनाथ पौड्याल, बबिता सुवेदी, प्रेमप्रसाद भट्टराई छन् । यसैगरी क्षेत्र नं. ३ बाट एमालेकी भगवती चौधरी, नेपाली काँग्रेसका विजयकुमार गच्छदार, राप्रपाका कुलदिप चौधरी, लोसपाका देवनारायण यादव सिलिया, मौलिक ज्वरोकिलो पार्टीका रामेश्वर थापा, हाम्रो नेपाली पार्टीका यज्ञबहादुर कटुवाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजोदेवी ऋषिदेव, राष्ट्रिय जनमुक्ति पार्टीका साहाउद्धिन मियाँ, नेपाली काँग्रेस बीपीका अम्बरबहादुर ्रराउत, पिछडा वर्ग निषाढ दलित जनजाति पार्टीका कुन्दन वहरदार, राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली, स्वतन्त्रबाट किशोरकुमार विश्वास, कासनी थरुनी, फागु यादव, कुमारी उराउ, स्मिता कार्की, सुमनकुमारी चौधरी, सहिमुद्धिन मियाँ रहेका छन् ।  उता सुनसरी क्षेत्र नं. ४ बाट एमालेका जगदिश कुस्यैत, काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, राप्रपाका विद्यानन्द यादव, नेमकिपाका अर्जुनप्रसाद भट्टराई, लोसपाका कुञ्जिलाल यादव, जनमत पार्टीका देवराम यादव, जनता प्रगतिशील पार्टीका गुलावचन मुसहर, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका कुमार राई, नेपालका लागि नेपाली पार्टीका डम्बरबहादुर घिमिरे, राप्रपा नेपालका सत्यनारायण राम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मो. सदिक मियाँ, एकीकृत शक्ति नेपालका गोपाल नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठ, स्वतन्त्र समिर मंसुरी, धिरज बर्मा, केशव उराउ, फेकन दाश मोची, विद्यानन्द प्रसाद साह, डा. खालिद हुसैन हक, श्यामप्रसाद ढकाल, केशव कार्की, डिलीबहादुर विस्ट, मनोजकुमार मण्डल, बालेश्वर यादव, अब्दुल जब्बार अन्सारी रहेका छन् ।

तपाईको प्रतिक्रिया