धरान । स्थानीयको सक्रियतामा ४ र १४ का स्थानीयहरुले खानेपानी आपूर्ति गरिरहेका छन् । उनीहरुकै सक्रियतामा धरान १४ मा ट्यांकी समेत निर्माण भइसकेको छ ।
तर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ४, १३ र १४ का स्थानीयहरुको खानेपानी पानीको मुहान शिवजट्टाबाट पानी ल्याएर धरान १५ लाई पानी खाने योजना अगाडि बढाएसंगै स्थानीयहरु आक्रोसित बन्दा झण्डै झडपको सिर्जना भएको थियो ।

मेयर हर्क साम्पाङले स्थानीयको सक्रियतामा ल्याएको पानीकै मुहानबाट हस्तक्षेप गरी पानी ल्याउने योजना अगाडि सारेपछि धरान ४, १३ र १५ का स्थानीयहरु मेयर राईविरुद्द शिवधारा चोकमा आन्दोलन उत्रिएका हुन् । जनश्रमदानबाट ल्याएको खानेपानी मेयरले हस्तक्षेप गरेर स्थानीयहरुलाई काकाकुलको अवस्था बनाउन खोजेको भन्दै ४, १३ र १४ का बासिन्दाले खानेपानी मुहान जाने बाटो शिवधारा पेट्रोल पम्पअगाडि अवरोध गरेका थिए । मेयर राईले तीन वडाका जनताले निजी लगानीमा पानीको प्रयोग गरिरहेको अवस्थामा मुहान मिचेर खानेपानी अन्यत्र लैजान लागेकाले आन्दोनमा उत्रनु परेको धरान १४ का सर्वसाधारणले बताएका छन् । धरान ४,१३ र १४ का बासिन्दाले प्रयोग गर्दै आएकोे पानीको मुहानबाट मेयर राइले खानेपानी अन्यत्र लान लागेपछि उनीविरुद्ध आन्दोलन गर्नु परेको स्थानीयहरुले बताएका छन् । उनीहरुले सहमती बेगर हचुवाको भरमाभ खानेपानी अन्यत्र लगिए कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए । मेयर राईलाई पानीको मुहान पुग्न नपाई सर्वसाधारणले शिवधारामा बाटो छेकेर अवरोध पु¥याएका थिए । उनीहरुले कुनैपनि हालतमा शिवजट्टाबाट पानी ल्याउन नमिल्ने भन्दै विरोध जनाएका थिए । घट्नाले झडपको मोड नलियोस् भनेर सो स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । उपमहानगरपालिकाबाट संस्थागत निर्णयबेगर आफूखुशी काम गर्दै हिंडेको भन्दै आन्दोलनकारीलाई धरान ४ का वडाअध्यक्ष धनबहादुर राई र १४ का कृष्ण भट्टराईलेसमेत साथ दिएका थिए । उनीहरुले मेयरले मनोमानी ढङ्गले खानेपानी यहाँका जनतालाई काकाकुल बनाएर पानीको मुहान प्रयोग गर्न खोजेको आरोप लगाएका छन् ।
यता मेयर हर्क साम्पाङले भने हर्क साम्पाङले धराने जनताको बर्षौदेखिको समस्या समाधानमा पानी ल्याउन खोज्दा स्थानीयले अवरोध पु¥याएका बताउनुभयो । दुवैतर्फबाट स्थिति तनाव भएपछि अन्त्यमा धरान उपमहानगरपालिकामा यस विषयमा छलफल भएको थियो । छलफलमा पानी शिवजट्टाबाट ल्याए पनि स्थानीयले ल्याएको स्थानभन्दा केही तलबाट धरान १५ लाई पानी ल्याएर वितरण गरिने सहमति भएको छ ।
