चाडवाडका समयमा अनुगमन, प्रतिफल भने शून्य

धरान । दशै सकिएलगत्तै धरान उपमहानगरपालिकाले मासु पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश मासु पसलहरु मापदण्ड विपरीत सञ्चालन गरिएको पाइएको छ ।
चाडपर्वमा मासु धेरै खपत हुने भएको र उपभोक्तालाई स्वास्थ्यकर उपलब्ध गराउन अनुगमन गरिएको अधिकृत वेदप्रसाद सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीले धरान ३ माछाभौडीदेखि
धरान १५ बुढासुब्बा चोकसम्म सञ्चालनमा रहेका १० वटा मासु पसलमा अनुगमन ग¥यौं, धेरैजस्तो मासु पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइयो ।’ उहाँका अनुसार सापकोटाका अनुसार एउटा पसललाई फ्रिज सफा गरेको फोटो खिचेर २ दिनभित्र दर्ता प्रमाणपत्रसहित उपस्थित हुन निर्देशन दिइएको छ । अन्यलाई भने सुझाव पत्र दिइएको छ ।
विगतमा पनि दशै नजिकिदै जादा धरान उपमहानगरपालिकाको अनुगमन समितिले अनुगमनलाई  गरेको थियो । त्यसबेला धरानका होटल, किराना पसल तथा विभिन्न व्यवसायिक फर्महरुमा अनुगमन
गरको थियो भने धरानमा रहेका मासु पसलमा अनुगमन गरेको थियो । नेपालीहरुका महान चाड दशै तथा तिहारमा उपभोक्ताले मासु बढी प्रयोग गर्ने भएकोल पनि मासुको अनुगमन गरिएको थियो । धरानमा प्रायः सबै मासु पसलमा अनुगमन गर्दा अधिकांशले मासु पसल खाटमा राखेर विक्री गर्ने गरेको, मासुमा हरियो झिंगा भन्किएको, फ्रिजको प्रयोग नगरिएको, व्यवसायिक प्रमाणपत्र नभएको र मापदण्ड अनुसारको बद्शाला नभएको पाइएको थियो ।


यतिमात्र हैन मासु पसल चटपटे विक्री गर्ने ठेलामा झुण्ड्याएर राखिएको र त्यसमा हरियो झिंगा वरिपरि घुमिरहेको दृश्यले मासुको स्वच्छन्दतामाथि प्रश्नचिन्ह उठिरहँदा अनुगमनकर्ताहरुलाई समेत गिज्याइरहेको भान हुन्थ्यो । हुन त मासु व्यवसायी संघले केही बर्ष अगाडि धरानमा पत्रकार सम्मेलन नै गरेर धरानमा सञ्चालनमा रहेका मासु पसललाई प्रक्रियागत रुपमा मापदण्डमा ल्याउन पहल गरिने बताएका थिए । उनीहरुले त्यसबेला मासु व्यवसायीहरुलाई एकै ठाउमा  राखेर सचेतना कार्यक्रम समेत गरे । तर त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसक्दा अहिले पनि अवस्था उस्तै छ ।
अनुगमनका क्रममा सुधार्न अनुरोध गर्दा मासु पसल सञ्चालकहरुले भने आर्थिक अभावका कारण सुधार्न नसकिएको बताएका थिए । यसका लागि नगरपालिकाले अनुदान दिनुपर्ने बताएका थिए । तर पटक पटक अनुगमन हुन्छ नगरपालिकाले यसतर्फ भने ध्यान दिन सकेको छैन । खासगरी पशु बध गर्ने वित्तिकै फ्रिजिङ्ग नगरी प्रयोग गरिएको मासु प्रयोग गर्नु स्वाथ्यका लाग हानिकारक भएको पशु चिकित्सकहरु बताउ“छन् । त्यसमाथि पनि विना सीसा खुल्ला स्थानमा त्यसमा पनि फ्रिजिङ्ग नगरी विक्री वितरण गरिएको मासु खान योग्य नहुने धरान उपमहानगरपालिकाका पशु विकास अधिकृत डा.महेन्द्रकुमार तैतराले बताउनुभयो । उहाँले भन्नुभयो–‘विगतमा हामीले अनुगमन गर्दा मासु पसल खुल्ला स्थानमा सञ्चालन, झिंगा भन्किरहेको, विक्री गर्नेले एप्रोन, माक्स, पञ्जा नलगाएको पाएका थियौ, अहिले पनि त्यो सुधार हुन सकेको छैन, यसका लागि अनुगमनसंगै सचेतनात्मक कार्यक्रमको आवश्यकता पर्छ ।’

तपाईको प्रतिक्रिया