ठेलुवा नेताहरुको हरिविजोग
केन्द्रमा नेताहरुको तलुवा चाटेर, सकुनीको भूमिका निर्वाह गरेर टिकट लिएर चुनाव लड्न गाउँतिर छिरेका ढेलुवा नेताहरु यतिबेला गाउँ गाउँबाट लघारिन थालेका छन् । वाल्वाटारे मुखिया र मुखिनीका प्रिय पात्र सुनसरीका एक ठेलुवा नेता अस्तिका दिन आफ्ना दुई चार जना लाउके अघिपछि लगाएर गाउँ छि¥या थिए । विचारालाई गाउँलेहरुले पिँधमा पुल्ठो झोसेर लखेटेछन् । लखेटिँदा तिन्ले भन्दै गए प्रजातन्त्रका लागि कति लड्यौ, संविधानसभाबाट संविधान बनाउन कति लड्यौ तर गाउँलेहरु तिनका थोत्रा वकवक किन सुन्थे ? एकोहोरो लघारी रहे लघारी रहे । संविधान बदलियो, व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन । अनि जन्ताले पिँधमा पुल्ठो नझोसेर के गरुँन ?
गोरखा पुगेर तिरक्क आशु
आँगन अनुसार कम्मर हल्लाएर नाँच्न खप्पीस माउवादीका मुखिया प्रचण्डाउले अस्तिका दिन गोरखा पुगेर तिरिक्क आँशु चुहाएछन् । चितौनका जनताले भक्कानिएर लम्पसारै परेपनि बाल मतलब नदिने सुइँको पाएसी’ गोर्खेलीहरुलाई उल्लु बनाउन गोरखातिर सरेका खप्पीस नर्तकी प्रचण्डाउको आँशु चुहाईले केही लछारपाटो नलाग्ने देखिएको छ । उनले तुरुन्तै अर्कोै आफ्नो रुप देखाइहाले । प्रतिक्रियावादीहरुले मेरो हारको भ्रम फैल्याइरहेका छन् । कसैले प्रचण्डाउले हार्छन भन्यो भने त्यो प्रतिक्रियावादी हुन्छ । प्रचण्डाउले जित्छन् भन्यो भने त्यो अग्रगमनकारी हुन्छ । गोहीको आँशु बगाउँदा पनि गोर्खेलीको मन नपग्लेको देखेर उनी हैरान भएका छन् । कहिले के नाटक मञ्चन गर्छन् त कहिले के नाटक ।

विदेश पठाइदिने रे
पोथी बास्न थाल्यो भने अलच्छिनी लाग्छ भन्थे हाम्रा बुढापाकाहरु । हो कि क्या हो ? हिजोआज वाल्वाटारे पोथी निक्कै बास्न थाल्या छ । अस्तिका दिन त वाल्वाटारे मुखयिालाइ निर्वाचन जिताए देशका युवाहरुलाई फ्रि भिषा र फ्रि टिकटमा विदेश पठाइदिने भनेर बासिछन् । हैन हौ त्यो पोथीले कहिलेदखि युवाहरुलाई विदशे पठाउने मेनपावर खोलिछन् हँ ? देशका लाखौ युवा स्वदेशमै काम गर्न पाए हुन्यो, विदेशमा गएर पसिना बगाउनु नपरोस, आफ्नै गाउँघरमा बसेर बृद्ध आमा बाउको सेवा गर्न पाइयोस् भन्छन् । मखिया चै उदारोमा विदेश पठाउने कुरा गरेर मुखियालाई जिताइदिन बस्या छ बस्या छ । पोथी बासेकै कारण म मुखिया बा यस पटक डँडेलुधुराबाट खाली हात फर्कलान् जस्तो छ ।
कमलाउको झिगे दाउ
पञ्चायतदखि नै ठँस ठँस गन्हाएको मकवानपुरे थापालाई यसपटक झालेमालेका अध्येक्षे खप्रओले काँधमा बोकेर हिड्या छन् । त्यस्ता गन्धेपुरीलाई किन बोेकेर हिड्या होलान ? विचरा कार्जेकर्ता नाक थुनेर दुरदुर गर्न थाल्या छन् । कमलाउको झिँगे दाउ खप्रओले बुझ्नै सकेनन् । आफ्नालाई लात हानेर कमलाउलाई काखी च्याप्दा खप्रओलाई यतिबेला टेन्सिन भा’छ । कमलाउन त खप्रओ भन्दा पनि जाजल्यमान निस्किए । आफै राप्रपा नेपालको अध्ययेक्षे भएर पनि आफ्नो पार्टीको चुनाउ चिन्हबाट चुनाउ लडेनन् । किनकि कमलाउलाई आफ्नो चुनाव चिन्हसँग विश्वासै छैन । आफूचाहिँ सूर्यमा छिर्ने अनि अरुलाइचाहिँ तीरमा अल्झाई दिने क्या वात कमलाउ ।
अन्तरघात नगर्नु रे
त्यो फाटाहका ज्योतिषीले दिमाग खल्बालाई दिएपछि वाल्वाटारे श्यालबहादुर जुनसुकै हालतमा भएपनि जसरी भएपनि सिंहदरबारको कुर्सी र वाल्वाटारको बसाई छोड्न्े मनिस्थितिमा छैनन् । जोरीपारिको बुइँ चढेर भए नि, आफ्नालाई जोरलात्ती बजाएर भए नि उनलाई सिंहदरबारको कुर्सी र वावाटारको पलङ्ग चाएिको छ । निर्वाचनमा आफ्नालाई पन्छाएर जोरी पारि बोकेर हिडेका स्यालबहादुरले अस्तिका दिन उर्दी जारी गरेछन् । आगामी सरकार काँग्रेसले चलाउने हो, पर्धानमन्तरी मै हुन्छु, कसैले अन्तरघात नगर्नु होला । स्यालबहादुरको कुरा सुनेसी देशभरिका लाँग्रेसका कार्जेकर्ताहरुको मथिगल रन्किएको छ । अबचाहिँ देशिैभरि अन्तरघातको लहर चल्ने पक्का भयो । न कार्जेकर्ताको मूल्यांकन ग¥या छ, न देश समृद्धितर्फ लग्या छ । सिनोहरुलाई बोकेर हिड्या छ । अब त्यो ज्योतिषीले पो मुखिया माने स्यालबहादुरलाई हनुमान धुलाई खाने भयो । सात पटक पर्धानमन्तरी हुन्छस् भनेर विचराले प्याट्ट बोल्दिइ हाले ।
जनता यादव पार्टी
उपिन्दर जादव पनि झुट बोल्न नम्बर वान नै रै’छन् । पार्टीको नामचाहिँ जनता समाजवादी राख्ने अनि टिकट वितरणचाहिँ सबै यादवै यादवलाई बाँड्ने । अब खुरुक्क जानता समाजवादी पार्टीको नाम परिवर्तन गरेर जनता यादव पार्टी राख्नु नै उचित देखियो । वित्थामा त्यो बीचमा हुलेको समाजवादीको अपमान किन गर्ने ? अब हेरम न उपिन्दर जादवले मंसिर ४ गतेको निर्वाचनमा सप्तरी २ बाट आफैलाई उठाए, धनुषा १ बाट दिपक यादव, सिराहा २ बाट राजकिशोर यादव, सिरहा ४ बाट वीरेन्द्र यादव, धनुषा २ बाट गंगाराम यादव, धनुषा ४ बाट महाजन यादव, महोत्तरी ३ बाट
हरिनारायण यादव, महोत्तरी ४ बाट सुरेन्द्र यादव, सर्लाही १ बाट प्रमोद यादव, सर्लाही ४ बाट राकेश यादव, रौतहत २ बाट रामकिशोर यादव, बारा २ बाट रामसहाय प्रसाद यादव, बारा ३ बाट रामबाबु कुमार यादव, पर्सा १ बाट प्रदीप यादव, पर्सा २ बाट सुरेन्द्र यादवलाई टिकट दिएछन् अरुलाई सबै फाँक बनाएछन् ।
काग्रेसलाई कम्युनिस्टको प्रशिक्षण
विनाशाकाले विपरीत बुद्धि † बुद्धि नै उल्टो दिशातर्फ बटारिन थालेसी’ राम राम भन्नु शिवाय अरु केही हुँदैन । अब हेरम न अस्तिका दिन काठमाण्डौ काँडाघारीमा कमयुनिस्टका नेताले काँग्रेसका कार्जैकर्तालाई प्रशिक्षण देछन् । धन्न प्रशिक्षणमा इमान्दार कार्यकर्ता गएनछन् । स्यालबहादुरका झोले, तलुवा चटाुवाहरुचाँिह बुर्कुसी मारेर पुग्या थिए रे । अब कम्युनिस्टबाट प्रशिक्षण लिएकाहरुले देशमा कस्ता काँग्रेस उमार्लान् ?
अन्तेमा
गिर्जाउको नाम भँजाएर मोरङ क्षेत्र नं. २ बाट चुनाव जित्ने सपना बोकेकी सुजो यसपटक उत्तानोचित्त हुने शुभ खबर आ’छ । बंश विनाशमा अहम् भूमिका भएकी सुजोलाई मंसिर ४ पछि फर्कन नसक्ने गरी लघार्न मतदाताहरु आतुर भा’छन् रे । हुन त जैसा करनी वैसा भरनी भन्छन् । तिन्ले कहिल्यै अरुका बारेमा राम्रो सोच्या भए पो । जे होस् सुजोको कन्तविजोग हुने भयो ।
