दशै पर्व सकियो : असहाय केन्द्रको दशै अन्यको भन्दा पृथक

धरान । नेपालीहरुको महान चाड दशै सिद्धिएको छ भने दोस्रो ठूलो चाड तिहार भित्रिदैछ । सबैले आ आफ्नो गक्ष अनुसार दशै मनाए । धरान १ मा रहेको असहाय गृहले भने पृथक किसिमले दशै मनाएको छ ।  टिकाको दिन त्यहा रहेका असहाय बालबालिका तथा वृद्धबृद्धलाई टिका लगाउनुभन्दा पहिले उहाँले दाताहरुलाई फेसबुक लाइभ गरेर धन्यवाद दिनुभयो । उहाँले देश तथा विदेशमा रहेका सहयोगी दाताहरुले पढाइदिएको लत्ता कपडा, खाद्यान्न लगायतका सामाग्रीले यहाँका बालबालिकालाई दशै सम्भव भएको भन्दै सबैको दशै शुखद् रहोस् भन्ने शुभकामना दिनुभयो ।
सामुहिक रुपमा सबैलाई टिका लगाउदा उहाँ भावुक बन्नुभयो । धरान १ मा रहेको असहाय केन्द्रले २५ बर्षदेखि नै यसरी दशै मनाउदै आएको उहाँले बताउनुभयो । उहाँले लालनपालनमात्र हैन, शिक्षा र व्यवसायिक तालिम दिदै आएको बताउदै यहाँ रहेका असहायसँग दशै मनाउन पाउदा अत्यन्तै खुशी महसुस भएको बताउनुभयो ।


असहाय बालबालिकाकाको सहयोग गर्ने नीति राज्यबाट नभएकै कारण व्यक्तिबाट गर्नुपर्ने अवस्था आएको बताउँदै उहाँले उनीहरुको अभिभावक राज्य भएकोले एक दिन एक दिन हेर्न करै लाग्ने आशा समेत व्यक्त गर्नुभयो ।  उहाँसँगै उहाँका अन्य परिवारले समेत त्यहाँ रहेका असाहाय बालबालिका तथा बृद्धबृद्धालाई टिका जमरा लगाएर दक्षिणाा समेत दिएका थिए । माओवादी द्वन्द्धकालमा गृह सञ्चालनमा कठिनाई भएपनि त्यसबेला विदेशम रहेका आफ्ना परिवार, नातेदार तथा शुभन्तिकबाट आएको सहयोगले बल्तल्ल गृह सञ्चालन गरेको दुःखेसो पोख्नुभयो ।
धरान १ मा रहेको यो गृहले २५ बर्षको अवधिम धेरैका उद्धार  गरेको छ ।  यहाँ बस्नेहरुले पनि आफ्नो घर भन्दा कम नभएको बताएका छन् ।
अहिले पनि यहाँ २७ जना सहायहरु आश्रित छन् । २७ जनाको अभिभावक भएर टिका लगाइदिँदा त्यहा सहयोग गर्न पुगेकाहरु समेत भावविह्ल बनेका थिए । गृह प्रमुख राईकोे सहयोगी मनकै कारण असहाय बालबालिका यो गृह आश्रय स्थल बनेको छ ।

तपाईको प्रतिक्रिया