इटहरी । गोरखा डिपार्टमेन्ट स्टोर इटहरीमा दशैँ लगत्तै तिहारको किनमेलका लागि अत्याधिक भीड देखिएको छ । पूर्वेली ग्राकहकहरुका लागि मात्र नभएर भारतीय ग्राहकहरुका लािग समेत किनमेलको पहिलो रोजाईको स्थल बनेको गोरखा डिपार्टमेन्ट स्टोरले दशै र तिहारका लागि आफ्ना ग्राहकहरुलाई विशेष छुटको व्यवस्था समेत गरेको छ । पेय पदार्थबाहेक ग्रोसरीदेखि अन्य सबै प्रकारका समान विशेष छुटको व्यवस्था गरेको छ । आफ्ना नियमित ग्राकहहरुको सुविधा र आग्रहलाई ध्यानमा राखेर यसपटक गोरखा डिपार्टमेन्ट स्टोरले दशैमा दुई दिन मात्र स्टोर बन्द गरेको थियो । टीककाको भोलिपल्टदेखि पुन ः नियमित सञ्चालन भएको स्टोरमा यतिबेला स्थानीयमात्र नभएर पश्चिममा बगालको दार्जीलिङ, सिक्किमका ग्राहकहरुको अत्याधिक भीड लागेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतमले बताउनुभयो । नेपाल र पूर्वोत्तर भारतको समान सँस्कउृति हुनु, सिक्किम, दार्जिलिङ, सिलगुढीमा रहेको नेपालीहरु धरान, विराटनगरमा आफन्तको आउँदा गोरखा डिपार्टमेन्ट स्टोरमा समान खरिद गरेर लैजाने गरेको गौतमले बताउनुभयो ।

सिक्किमबाट धरानस्थित ससुराली आएर फर्केका योगेश प्रधान शुक्रबार गोरखा डिपार्टमेन्ट स्टोरमा परिवारका साथ किनमेलका व्यस्थ हुनुहुन्थ्यो । विभिन्न ब्राण्डका पेय पदार्थ, कोठा सजाउने आकर्षक फूलहरु, विदेशी ब्राण्डका जुत्ता, गिफ्ट आइटममा उहाँको व्यस्तता देखिन्थ्यो । यतिका सामान खरिद गरेर लैजाँदै हुनुहुन्छ सिक्किममा यी सामान पाइदैन भन्ने जिज्ञासामा प्रधानले भन्नुभयो मेरो ससुराली धरान हो । म हरेक बर्ष टीका थाप्न परिवारका साथ धरान जान्छु । हरेक पटक फर्कदा गोरखा डिपार्टमेन्ट स्टोरमै किनमेल गर्छु । उहाँले भन्नुभयो सिक्किममा यहाँ पाइने जति समान पाइदैन । अक्सर विदेशी समान त झनै पाइदैन । सिक्किममा यहाँ सामानको जुन मूल्य छ त्यो भन्दा अधिक पर्छ । आउँदा यहीबाट खरिद गरेर लैजान्छु । यसैगरी दार्जिलिङ्गको बस पार्क क्षेत्रमा घर बताउनु हुने दिक्षा तामाङ्गले समेत आफ्नो माइती धरान ११ मा रहेको र टीका थापेर फर्कदा सामान खरिद गरेको बताउनुभयो । दशैका अवधिमा सरदर भारतीय नेपाली ग्राहकहरु कति जति आउनुभयो होला भन्ने जिज्ञासामा गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यले भन्नुभयो तीन हजार भन्दा बढी नै आएको हाम्रो अनुमान छ । उहाँहरु दशैमा मात्र गोरखा डिपार्टमेन्ट स्टोरमा आउनुहुन्छ कि अरु बेला नि आउनुहुन्छ भन्ने जिज्ञासामा आचार्यले भन्नुभयो अरुबेला पनि आउनुहुन्छ तर चाडपर्वका समयमा बढी आउनुहुन्छ । अक्सर उहाँहरुले के कस्ता सामान खरिद गर्नुहुन्छ भन्ने जिज्ञसामा आचार्यले भन्नुभयो प्राय ः बाहिरका सामान अर्थात फोरेन गुड्सहरु उहाँहरुले खरिद गर्नुहुन्छ । सिंगापुर, चाइना, मलेसिया, थाइल्याण्डका सामानहरु उहाँहरुको रोजाइमा हुन्छ ।
गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय
गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।
ग्राहकहरुको पहिलो रोजाई गोरखा किचन
सुविधा सम्पन्न, तारे होटलहरुको स्वाद पाइने गोरखा डिपार्टमेन्ट स्टोरको गोरखा किचन पूर्वेली ग्राहकहरुका लागिमात्र नभएर वाह्य ग्राहकहरुको लागि पनि पहिलो रोजाइ हुने गरेको छ ।
भारतको मिरिकबाट काठमाण्डौको यात्रामा निस्किएका थुप्तेन लामा आफ्ना परिवारका साथ सोमबार गोरखा किचनमा भेटिए । मिरिकबाट विहान ६ बजे निस्किएका उनी १० बजे गोरखा डिपार्टमेन्टको गोरखा किचनमा आइपुगेका रहेछन् ्। लामाले भने घरबाट हिँड्दा गोरखा किचनमै पुगेर खाना खाने सल्लाह भएको थियो । पारिवारिक भेटघाटका लागि नेपाल आइजाई गरि रहने थुप्तेनले सुनाए विगतमा एक्लै आउँदा पनि खाना खाने जक्सनचाहिँ मेरो गोरखा किचन नै हो ।
बाटोमा अरुपनि स्तरीय होटलहरु छन्, गोरखा किचनमै आइपुग्नुको मुख्य कारणचाहिँ के हो त भन्ने जिज्ञासामा उनले भने गोरखा किचनको खानाको स्वादै बेग्लै छ । स्पेशल खाना, नेपाली थाली , थकाली खाना, खानासँगै मुस्ताङ्गको कालो दाल, मुस्ताङ्गी चामलको स्वाद आफनै प्रकारको छ । खानासँगै अन्य खानपिनका भेराइटीहरु माग बमोजिम तयार गरेर उपलब्ध हुन्छ । हुन त थुप्तेनमात्र होइन नेपालकै पहाडी जिल्ला धनकुटाको उत्तरपानीबाट विराटनगर हिडेका दिवस चौहान पनि तराई झर्दा गोखा किचन नै रोज्छन् । उनी भन्छन, स्वादिस्ट खाना, अत्यन्तै सफा, तराई र पहाड नियाल्न सक्ने मनमोहक दृश्य जस्ता कारणले पनि गोरखा किचन आफ्नो रोजाइमा परेको हो ।
गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना अन्य शाखाहरु विराटचौक पथरी, दमकमा समेत गोरखा किचन सञ्चालन गर्दै आएको छ । सर्वसाधारणदेखि सम्भ्रान्त सम्मलाई लक्षित गरेर सञ्चालित गोरखा किचनका खाना, अन्य दर्जनौ प्रकारको भेराइटीहरु अन्यत्र भन्दा सस्तोमात्र नभएर स्वादिस्ट रहेका छन् । किचनमा कार्यरत कुकहरु राजधानी लगायत अन्यत्रका पाँचतारे होटलमा काम गरिसकेका अनुभवि हुनुले पनि स्वादिस्ट खानाका लागि ग्राहकहरुको पहिलो रोजाई भएको स्टोरका प्रवन्धक निर्देशक बलराम आचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, विगतमा कोरोना भाइरसका कारण गोरखा किचन बन्द हुँदा ग्राहकहरुले खोल्न धेरै आग्रह गर्नुभयो । तर सरकारको निर्देशन विपरीत जाने कुरा भएन । हाल केही सहज भएकोले किचनमा ग्राहकहरुको चाप विस्तारै बढ्दै गएको छ ।
होटल गोरखामा अग्रिम बुक
तारे होटलको अवधारणा अनुरुप ४२ करोडको लागतमा निर्माण भएको होटल गोरखामा बसाइका लागि ग्राहकहरुले अग्रिम बुक गर्ने गरेको प्रवन्ध निर्देशक बलराम आचार्यले बताउनुभयो ।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउने निर्णय गरेपछि पूर्वाञ्चलमा आउने पर्यटकहरुको आवास सुविधालाई ध्यानमा राखेर गोरखा डिपार्टमेन्ट स्टोरले गोरखा होटल निर्माण गरेको थियो । पौष महिनामा विधिवत सञ्चलनमा ल्याए तापनि विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण देखिएपछि चैत्र ११ गतेदेखिको झण्डै ६ महिनासम्म भएको लकडाउनले गोरखा होटल पूर्ण रुपले सञ्चालनमा आउन सकेको थिएन । गत बर्ष समेत लकडाउनको मार खेपेको गोरखा होटल केही महिना यता पूर्ण सञ्चालनमा रहेको छ । अत्याधुनिक सुविधा सम्पन्न गोरखा होटल यतिबेला फूल फेसमा चलेको छ । ग्राहकहरुले विभिन्न माध्यमबाट अग्रिम कोठाहरु बुक गरिरहेका छन् । यसका अलावा दुर दरराजका विभिन्न राजनैतिक पार्टीका नेताहरु, विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारीहरु खेलाडीहरुले पूर्वमा आएर होटल गोरखा नै रोज्ने गरेका छन् । प्रवन्ध निर्देशक आचार्य भन्नुहुन्छ अहिले होटल सन्तोष जनक रुपमा चलेको छ ।



