राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रा. उद्धब श्रेष्ठको सुनसरी क्षेत्र नं. १ ‘क’ बाट उमेद्वारी घोषणा धरानका आम सर्वसाधारण, कर्मचारी, व्यापारी, उद्योगी, विद्यार्थीहरु उत्साहित

धरान । आगामी मंसिर ४ गते हुने प्रदेश १ को सुनसरी क्षेत्र नं. १ ‘क’ बाट युवा राजनीतिज्ञ  राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रा उद्धव श्रेष्ठलाई उमेद्वार बनाउने निर्णयसँगै धरानका आम सर्वसाधारण, कर्मचारी, व्यापारी, उद्योगी, विद्यार्थीहरु उत्साहित देखिएका छन् । धरानका आम मतदाताहरुले वर्तमान पाँच दलीय अप्राकृतिक राजनैतिक गठबन्धनको विकल्प खोजिरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्र्टीका अध्यक्ष तथा युवा राजनीतिज्ञ राजेन्द्र लिङ्देनप्रतिको आकर्षणले २०४८ सालदेखि सत्ता र शक्तिको आडमा विसंगति र विकृत राजनीतिका मतियारहरु श्रेष्ठको उमेद्वारी घोषणाले आत्तिन थालेका छन् ।


वि.सं. २०४३ सालदेखि प्राध्यापन पेशामा संलग्न रहँदै आउनु भएका उद्धव श्रेष्ठ २०४८ सालदेखि एमालेको संगठित सदस्यको रुपमा रहदै आउनु भएको थियो ।पछिल्लो समय विकृत राजनीतिबाट अवाक हुनु भएका श्रेष्ठले दुई महिना एमाले परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशसँगै उमेद्वारी घोषणा  गरेपछि धर्मराएको सुनसरी क्षेत्र न. १ को लालकिल्ला थप असुरक्षित बन्न पुगेको छ । झण्डै ३६ बर्ष इनरुवास्थित सुनसरी वहुमुखी क्याम्पसमा प्राध्यापन गरेर एक बर्ष अगाडि छोडनु भएका प्रा. श्रेष्ठले २०४७ सालदेखि २०७८ सम्म ३२ बर्ष पूर्वाञ्चल इन्जिनियरिङ्ग अध्ययन संस्थानमा अध्यापन गराउनुभयो । हाल सेवा निवृत्त हुनु भएका उहाँले महेन्द्र वहुमुखी क्याम्पस धरानमा पोल्टीकल साइन्सका विए र एमएडलाई अध्ययापन गराउदै आउनु भएको छ । राजनीति शास्त्र र समाजशास्त्रमा मास्टर्स गर्नुभएको श्रेष्ठले २०५७ सालदेखि ६ महिना अगाडिसम्म सुनसरी टेक्निकल कलेजमा पनि अध्यापन गराउनुभयो । पछिल्लो समय उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडि सारेका मुद्दा (एजेण्डा)हरुबाट प्रभावित हुन पुग्नु भएको थियो । खासगरि त्यस पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेनले भ्रष्टाचार गरेर खानु र घुस खानु आमाको रगत खाए बराबर हो भन्ने भ्रष्टाचार विरुद्धको अभियानले आफू प्रभावित भएको श्रेष्ठले बताउनुभयो । विगत ६ महिनादखि अस्ट्रेलिया बस्दै आउनु भएका श्रेष्ठलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले उमेद्वार बनाउने निर्णय गरेपछि र तारन्तार राप्रपाका नेताहरुले फोन सम्पर्क गरेपछि उहाँ नेपाल फर्किनु भएको हो । आज राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रेष्ठलाई उमेद्वार बनाएपछि श्रेष्ठकै शब्दमा भन्नुपर्दा धरानका हरेक दिर्घाका स्थानीयहरुले उपयुक्त उमेद्वार पाएको प्रतिक्रिया दिइरहेका छन् । राजेन्द्र लिंगदेनप्रतिको आकर्षण पछिल्लो समय सुनसरीमात्र नभएर मुलुकैभरि बढिरहेको छ । किन होला भन्ने जिज्ञासामा प्रत्यासी प्रा. उद्धव श्रेष्ठ भन्नुहुन्छ राजेन्द्र लिंगदेनलाई हिजो पञ्च भनेर, राजावादी भनेर जनताले बहिष्कार गरेका थिए । आज उनले उठाएका एजेण्डा ठीक रहेछ, राजेन्द्र लिंगदेन ठीक रहेछ भनेर त्यही समूहले भन्न थालेका छन् । लिगदेनले उठाउनु भएको एजेण्डामा मुलुकले धान्न नसक्ने प्रदेशसभा खारेज गर्नुपर्छ, प्रतिनिधिसभा र राष्ष्ट्रिय सभामा रहेका २७५ जना सदस्य यो सानो देशमा अधिक भए त्यो संख्या घटाउनुपर्छ, हिन्दु अधिराज्य, संवैधानिक राजतन्त्रका कारण आज राष्ट्रिय प्रजातन्त्र पाटीप्रति आम  नागरिकको आकर्षण बढेको श्रेष्ठको बुझाई छ । उहाँ भन्नुहुन्छ, वहुदलीय व्यवस्थाको आगमन पश्चात डरलाग्दो रुपमा देखिएको विकृति, विसंगतिले नेपालको राजनीतिकलाई धमिल्याएको छ । राजनैतिक वृत्तमा आज यस्तो अवस्था आएको छ कि जुनसुकै कर्मचारी, सांसद, मन्त्रीले भ्रष्टाचार नगरी रहन नसक्ने अवस्था सिर्जना भएको छ । त्यसलाई चिर्नका लागि पनि अहिलेको अवस्थामा  राष्ट्रिय प्रजातन्त्रको विकल्प छैन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्र निर्माणको इच्छा राखेको छ, भ्रष्टाचारमुक्त समाज निर्माणको इच्छा राखेको छ, हरेक नागरिकको आधारभूत आवश्यकताको परिपूर्ति हुनुपर्ने उद्देश्य बोकेको छ । तपाई आफ्नो जितप्रति कत्तिको सुनिश्चित हुनुहुन्छ भन्ने जिज्ञासामा प्रा. श्रेष्ठले भन्नुभयो म विस्वस्त मात्र हैन सतप्रतिशत विश्वस्त छु । म धरान वडा नं. १ मै जन्मिहुर्केको मान्छे, यहाँको परिवेश मैले बुझेको छु । झण्डै चार दशकसम्म शिक्षण पेशामा रहँदा धरानका हरेक घरले मलाई नजिकबाट चिनेको छ । अर्को कुरा यस ठाउँबाट आगामी निर्वाचनमा नेपाली काँगेसको उमेद्वार नभएको अवस्थामा र वर्तमान सत्ता गठबन्धन राजनैतिक दलहरुप्रति धराने जनताको वितृष्णाका कारण पनि म आफ्नो जितप्रति पूर्ण विश्वस्त छु ।

तपाईको प्रतिक्रिया