टोक्नु न बोक्नु
कस्लाई के को धन्दा कस्लाई के को धन्दा घर ज्वाइलाई हसुर्नैको धन्दा भन्ने उक्ति यतिबेला नेपालमा क्रिस्चियनहरुमा ठ्याक्कै मिल्न पुगेको छ। भर्खरै भयावह भुकम्पले कैयौको ज्यान लियो, कैयौ हस्पिटलमा चिच्याइरहको छन्, भौतिक संरचना धुलिसात भएको छ । यस्तो अवस्थामा माल लिएर क्रिश्चिन बनेकहरु पश्चिमाहरुको दलाली गर्नेहरुचाहिा बाइबल बोकेर बाड्न हिडेको देख्दा घण्टाघरलाई ताजुव लाग्या छ, यस्ता विपत्तिमा त्यो बाइबल के गर्नु ? न टोक्नु न बोक्नु ? नेपाली सबैले आाशु चुहाइरहेको अवस्थामा शुक्रबार
इटहरीमा दुई चारजना खुाडे
सुन्दरीहरुले मुसुक्क हासी बटुवालाई बाइबल थमाउदै थिए । राजाधनीका हस्पिटल गएर त्यसरी बाइबल बाड्न थालेपछि डाक्टरले नै उनीहरुलाई तथानाम भनेर धपाएछन् । यो बेला बाइबल बााड्दै हिड्ने हो कि उद्धारमा जुट्नुपर्ने हो ? जे गर्या छ मालले गर्या छ । बााड्ने विचाराहरुलाई के दोष दिनु ? कि कसो हौ ?
नयाँ घर
काम छैन, काज छैन, खाने बेलामा लाज छैन भनेझै हाम्रा
राष्ट्रपति रामवरन जादवलाई सरकारले नयाा घर द्यो रे । किन द्या होला ? उनलाई बस्न देको महाराजगञ्जको घर भुकम्पले अलिकति चक्र्यो रे । त्यै भे’र उन्लाई बस्न नयाा घर द्या
रे । हैन हौ यिन्ले के चाहिा गर्या छने र नयाा घर दया होला ? दुनियाका छोराछोरीले खुला आकाश र चौरमा बस्नु हुने यिन्लेचाहिा बस्न नहुने ? चर्केको घरमा बस्न नमाने जनकपुर सपहितिरै जानु नि । लन्ठै साफ । यत्रो भुइचालो आउादा मजदुरले मजदुरी गरेको पैसा जम्मा गरेर पीडितलाई राहत दिए, कर्मचारीले १५ दिनको तलब दिने घोषणा गरे, देश भित्रका संघ संस्थाले राहत संकलन गरेर पठाए, विदेशमा काम गर्न गएका, विद्यार्थी र विदेशीहरुले नि राहत संकलन गरेर पठाए । तर हाम्रा राष्ट्रपति दिने कुराको नामै लिादैनन् । हैन हौ यी द्रव्य पिसाच नै हुन् कि क्या हो ?
लोकप्रियता घट्यो रे
कहिलेकाहीा त यी थोत्रा कानले पनि के के सुन्नु पर्छ पर्छ , अस्तिका दिन नेताहरुले भन्या भुकम्प आएसी’ हामीहरु अलोकप्रिय भयौ रे । दलका स्वााठ नेताहरु कहिलेचाहिा लोकप्रिय थिए हा ? कसैले तपाई भनोस कि नभनोस आफैलाई मपाई भन्या यही हो । देश नै विनाश हुादा अस्तिका दिन झालेमालेका नेताहरु राहत
कसरी बााड्ने भनेर बडो चिन्तित भे’र कुखुराको साप्रा र दारु गोकर्णतिर गएर दन्काएका छन् । सत्तामा नहुादा बाहिरबाट आएको राहत चप्काउन नपाइने भइयो भनेर सबै ठूला नेताहरु विरामी भा’छन् रे । कााग्रेसका नेताहरु राहत सामाग्री देखेर घुटुघुटु थुक निल्न थाल्या छन् रे । अरु झिनामसिना दलहरुलाई डिसेन्ट्रीले भेटाएर घरमै थलिएका छन् रे । वित्याासको बेला कुनै नेता काम नलाग्ने देखेपछि सामाजिक सञ्जालमा सबैले नेताहरुलाई आमाचकारी गाली गर्न थाल्या छन् । थेत्तरालाई यस्ता गालीले के चाहिा खुत्याउाछ र । तर आफ्नो हैसियतचाहिा यिन्ले बल्ल थाहा पाएछन् । अब त यिन्लाई सडकमा हिड्न पनि गाह्रो भो । पीडितले भाटे कारबाही गर्लान् भनेर नेताहरु बडो चिन्तित भा छन् ।
फोटो खिच्ने दाता
हिजोआज दान गर्ने भन्दा पनि दान गरेको फोटो सामाजिक सञ्जाल, प्रिन्ट मिडिया, इलेक्ट्रोनिक्स मिडिया, भिज्युवल मिडियामा छाउने होडबाजी चल्या देख्या यो देशाा के हुन लाग्यो भनेर घण्टाघरलाई चिन्ता लाग्न थाल्या छ । दान भन्या त गोप्य हुनुपर्छ भन्थे तर हिजो आज गोप्य हैन खुल्ला भएको छ । खुल्ला पनि ह्वाङ्गै खालको भुकम्प पीडितहरुलाई असंख्यौ संघ संस्थाहरुले राहत संकलन गरे । सकलन गर्नेहरुले ठूलो व्यानरको अगाडि उभिएको सामाजिक सञ्जालहरुमा फोटो अपलोड गरिहाल्छन् । फोटोको कत्रो सौख ? यो चाहिा अलि हजम भएन
है ?
बर्ष गफाडीको गफ
बर्षभरि सबैभन्दा बढी बोल्ने, बोल्ने मामलामा कसैले भेट्न नसक्नेलाई बर्ष गफाडी भन्छन् । प्रचण्डाउको हकमा बर्ष गफाडीको पद अहिलेसम्म सुरक्षित नै रहेको छ । गफ गर्दा र भाषन गर्दा भुइाचालोले घर हल्लाए झौ कुम हल्लाउने बानी परेका प्रचण्डाउले अस्तिका दिन किर्तिपुरमा गएर खोकी हालेछन् । तपाइहरु ढुक्क हुनुहोस हामी जस्तोसुकै सहयोग गर्न तयार छौं । किर्तिपुरबासी पनि हो न हो अवचाहिा प्रचण्डाउले केही झार्लान भनेर अलिबार त मख्खै परेछन् । तर प्रचण्डाउ त्यति भनेर हात हल्लाउदै बाटो लागेसी’ किर्तिपुरबासीहरु खंग्रङ्ग भएछन् । गएको संविधानसभाको निर्वाचनमा किर्तिपुरबासीले प्रचण्डाउलाई जिल्लाइद्या
थे । यसपटक भुइाचालो गएसी’ प्रचण्डाउले किर्तिपुरबासीलाई जिल्लाइ दे ।
कल्पनै गर्या थेनन् रे ?
हाम्रा बालब्रम्हाचारी पर्धानमन्तरी सुशिल दा’को कुरा सुन्दा पनि घण्टाघरलाई कहिलेकाहीा उदेक लाग्छ । उहिताकी बुहारी भटमास खाएकी भनेझौ अरुबेला पनि हिरिक्क देखिने पर्धानमन्तरी अस्तिका दिन साह्रै
निरीह देखिए । उन्ले विदेशी दाताहरुसागको भेटमा भने यत्रो ठूलो विपत्ति आउला भन्ने सोचेकै थिइना । हैन हौ सुशिल दा’ था पाए त दुई चार दिन अगाडि नै मानिसहर बाहिर हिडिहाल्थे नि । घण्टाघरलाई यतिबेला अलिकति शंंका लाग्न थाल्या छ, सुशिल दा’लाई यतिबेला ठूलो पिपत्ती आउाछ भन्ने कुरा पक्कै थाहा थियो । उन्ले अरुलाई पो नभन्या हुन त । नत्र भुकम्प जानुभन्दा गोडाचारेक दिन अगाडि सुशिल दा’ विदेश जाने नै थिएनन् । कि कसो हौ सुशिल दा ?
मौकामा चौका
राजमार्गका होटल र यातायात व्यवसायी यतिबेला मालामाल हुादै गएका छन् । होटलेले मनपरी ढंगले खानेकुरा बेच्ने र यातायात व्यवसायीले १० गुणा सम्म बढी भाडा लिएर यात्रु ठगिरहेका छन् । ठगिनेहरु यतिबेला सरकार कहाा छ भनेर धुइधुइति खोजिरहेका छन् ।
विचाराहरुले बत्ती बालेर सरकार खोज्दा नि फेला पार्न सकेका छैनन् । विचराहरुले सरकारलाई के भट्टाउन ? बाल्वाटाराा गेटै बन्द गरेर सरकार गुजुल्टो परेर बस्या छ । नत्र ठग्नेलाई कारबाही गर्न अगाडि आइहाल्थ्यो नि । कि कसो हौ ?
अन्तेमा
महाभुकम्पले माउवादीहरुको सातै उडाएछ कि क्या हो ? २०६२/०६३ सालमा तिनै माउवादीका अध्येक्षे प्रचण्डाउ नेपालाा किन यतिविघ्न सेना, प्रहरी चाहियो ? दश हजार भए पुग्छ । उनेरुको काम विदेशीलाई एयरपोर्टमा स्वागत गर्नुमात्र हो भन्थे । अहिले आफ्नै टोड्काले देखे होलान् । देशाा सेना कति चाहिन्छ भनेर प्रचण्डाउको बुद्धि अबचाहिा आयो कि ? आज सेना, पुुलिस नभाभे मृतकको लास कसले निकाल्थ्यो । घाइतेअरुलाई अस्पताल कसले लैजान्थ्यो ? विपत्तिका बेला देखियो प्रचण्डाउका वाइस्याल र क्रान्तिकारी कार्जेकर्ता ? कि कसो हौ ?
