आगामी मे २१ तारिक दुबईमा हुन लागेको ‘नेपथ्य लाइभ कन्सर्ट’ कार्यक्रम भूकम्पका पीडित समर्पित गर्दै संकलित सम्पूर्ण मुनाफा च्यारेटी गर्ने भएको छ ।
नेपथ्य लाइव कन्सर्ट कार्यक्रमका आयोजक जश पाईजा र राजन अधिकारीले एक बिज्ञप्ति निकाल्दै यो प्राकृतिक विनाशको जनधनको क्षतिपछि आवश्यक राहत,उद्धार र पुर्नस्थापना कार्यमा सहयोग गर्न युएईमा स्थापना भएको महाभुकम्प दैबीप्रकोप राहत उद्धार समिसत युएईमार्फत् नेपाललाई नेपथ्य लाइव कन्सर्ट कार्यक्रम आयोजक सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
नेपथ्यले देश शोकमा डुबेको बेला आफ्ना पूर्व निर्धारित तथा आगामी कार्यक्रमलाई भूकम्प पीडितको राहत संकलन तथा त्यसबारे जनचेतना अभियानमा समर्पित गर्ने बताएको छ ।
आयोजकले विज्ञप्ति निकाल्दै देश रोएको बेला हाम्रो आाशुलाई शक्तिमा बदल्न पूर्वनिर्धारित सांगीतिक कार्यक्रम स्थगित नगरिएको बताएको छ ।
