काठमाडौं / राष्ट्रिय खेलकुद
परिषद् (राखेप) ले भूकम्पपीडितलाई
राहतस्वरूप करिब ३९ लाख रुपैयाा आर्थिक सहयोग गरेको छ । राखेप सदस्यसचिव युवराज लामासहित
राखेपअन्तर्गत कार्यरत सम्पूर्ण एक हजार सात कर्मचारीहरूको तलबकट्टा गरी ३८ लाख ७० हजार ९३ रुपैयाा ४६ पैसा बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइतबार जम्मा गरिएको हो ।
विशिष्ट श्रेणीको १५ दिन, सहसचिव र उपसचिवको १० दिन तथा बााकी श्रेणीका कर्मचारीहरूको पााच दिनको तलब कट्टा गर्ने निर्णय भएको थियो । सरकारको सचिवस्तरीय निर्णयलाई मध्यनजर गर्दै राखेपले कर्मचारीबाट आर्थिक सहयोग संकलन गरेको हो ।
राहतमा क्रिकेटकर्मी अग्रसर
नेपाल क्रिकेट संघले राहतस्वरूप १० लाख रुपैयााबराबरको सामान उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले आफ्नो तीन महिनाको तलब, फाइनान्स म्यानेजर प्रकाश महर्जन र प्रमुख कार्य सञ्चालन अधिकृत छुम्बी लामाले एकएक महिनाको तलब दिने घोषणा गरेका छन् ।
यसैगरी क्यानले राहत सामग्रीको व्यवस्थाका लागि संघको केन्ऽदेखि जिल्ला क्रिकेट संघका पदाधिकारी एवं सदस्यहरू, क्रिकेट खेलाडी, निर्णायकलगायत खेलप्रेमी महानुभावहरूसाग हातेमालो गरी सामग्रीहरूको संकलनको अभियान थाल्ने जनाएको छ ।
क्यानले राहत संकलनका लागि संघको मूलपानीस्थित केन्ऽीय कार्यालय, होटेल क्राउन प्लाजा, होटेल शिभम्लाई केन्ऽ तोकेको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दास, वर्तमान कप्तान पारस खड्का, टोली सदस्यहरू शरद भेषावकर, वसन्त रेग्मीले आफ्नै पहलमा राहत संकलन गरिरहेका छन् ।
खेलाडी संघको सहकार्य
नेपाल राष्ट्रिय तथा अन्तर्रार््ष्टि्रय खेलाडी संघले मिसेस नेपाल रजनी थापा तथा नेप्लिज कम्युनिटी, यूके, बेसिङ स्टोकसाग मिलेर काठमाडौं पूर्वी क्षेत्र, साङतारीका अति प्रभावित क्षेत्र तामाङ बस्तीका करिब ४० परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
पीडित प्रत्येक परिवारलाई एक
बोरा चामल, एक प्यकेट नुन, एक प्याकेट तेल, खुर्सानी, बेसार, त्रिपाल, बिस्कुट, चाउचाउ, कपडा, भुजियालगायतका सामग्री प्रदान गरिएको हो ।
धनगढीको राहत धादिङमा
धनगढीको युथ स्पोट्र्स क्लबले भूकम्पले सबैभन्दा बढी प्रभावितमध्येको एक जिल्ला धादिङमा राहत वितरण गरेको छ । क्लबले ६५ क्विन्टल चामल, आठ क्विन्टल दाल, एक सय ५० कार्टुन पानी, ८० पेटी चाउचाउ, पााच क्विन्टल चिउरा, तीन बोरा नुन, तीन कार्टुन सेनेटरी प्याड, दुई कार्टुन औषधि, पााच बोरा भुजा, एक सय ५० लिटर तेल, १० क्विन्टल आलु र पााच बोरा तरकारी वितरण गरेको धीरेन्ऽ साउदले जानकारी दिए । उद्धारमा खेलाडी पनि सक्रिय भूकम्प गएको पहिलो दिनदेखि नै साइक्लिङ खेलाडी अजय पण्डित क्षेत्री उद्धारमा सक्रिय छन् । उनले केहीलाई भग्नावशेषबाट जीवितै उद्धार गरेकाले अन्तर्राष्ट्रिय मिडियामा पनि छाए ।
साइक्लिङ तथा माउन्टेन बाइक खेलाडीहरू उद्धारमा सक्रिय छन्। यसबाहेक करााते खेलाडी कुशल श्रेष्ठलगायतले विस्थापित भएर
दशरथ रंगशालामा शरण लिन आइपुगेकालाई नि:शुल्क खानाको व्यवस्था गरेका थिए ।
त्र
