प्रदेशसभा निर्वाचन सुनसरी क्षेत्र नं. १ ‘ख’ बाट काँग्रेसका तर्फबाट घिसिङको उमेद्वारी सम्भावना बलियो

धरान । आशन्न मंसिर ४ गते एकै चरणमा हुने संघ र प्रदेशसभा निर्वाचनमा प्रदेशसभा तर्फबाट सुनसरी क्षेत्र नं. १ ‘ख’ बाट नेपाली काँग्रेसका सशक्त युवा माधव घिसिङ्गको उमेद्वारीको सम्भावना बलियो देखिएको छ । यतिबेला नेपाली काँग्रेसको प्रदेश कमिटीहरुमा सिफारिस भएर गएका उमेद्वारहरुको सम्भावित नाम केन्द्रीय कमिटीमा पुगेको छ । ती नामहरुमध्येबाटै पार्टीले उमेद्वार टुंग्याउने गृहकार्य गरिरहेको छ । जुझारु एवम् सक्रियसँगै विगतमा टे्ष्ट नभएका युवाहरुलाई उमेद्वारीमा प्राथमिकता दिने नीति नेपाली काँग्रेसले अख्तियारी गरेपछि घिसिङ्गको उमेद्वारीको सम्भावना बलियो देखिएको हो ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको पार्टीको आन्तरिक निर्वाचन जिल्ला कार्य समिति सुनसरीको सचिवमा निर्वाचित घिसिङ्ग पार्टीभित्र संयोजनकारी भूमिका खेल्न सक्ने युवाको अग्रपंक्तिमा परिचित हुनुहुन्छ । आज भन्दा तीन दशक अगाडि नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी सघबाट आफ्नो  राजनीति यात्रा शुरु गर्नुभएका घिसिङ्गले २०५४ सालमा नेपाल तरुण दल तदर्थ समिति धनकुटा जिल्ला कार्यसमितिको सचिव भएर काम गर्नुभएको थियो । त्यसबेला नेपाल तरुण दलको केन्द्रीय तदर्थ समितिको संयोजकमा गृहमन्त्री बालकृष्ण खाँड रहनु भएको थियो । पछि नेपाल तरुण दलको हेटौडा महाधिवेशन भयो । धनकुटामा उहाँ जिल्ला उपसभापतिमा निर्वाचित हुनुभयो ।


धनकुटा छोडर २०५८ सालमा धरान आएपछि यही ठाउँलाई उहाँले कर्म क्षेत्र बनाउनुभयो । त्यसैबेला किशोर राईको नेतृत्वमा नेपाली काँगेस र नेपाली काँग्रेस प्रजातान्त्रिकको संयोजन हुँदा घिसिङ्ग नगर सदस्य भएर काम गर्नुभयो । पछि नेपाली काँग्रेसको १२ औं महाधवेशनमा जनजाति प्रतिनिधिको रुपमा धरानमा निर्वाचित हुनुभयो ।  पुन ः क्षेत्रीय सदस्यमा प्रतिष्पर्धामा पनि उहाँले विजय हाँसिल गर्नुभयो र तत्कालीन क्षेत्रीय सभापति चन्द्रप्रसाद श्रेष्ठको कार्य समितिमा सह सचिवमा निर्वाचित हुनुभयो । पछि १३ औै महाधिवेशनमा जिल्ला कार्यसमितिको सदस्यमा प्रतिष्पर्धी बन्नुभयो । त्यसबेला उहाँले अत्याधिक मत ल्याएर जिल्ला सदस्यमा निर्वाचित हुनुभयो । १४ औं महाधिवेशनमा जिल्ला सचिवमा निर्वाचित हुनुभयो । राजनीति भनेको समाजसेवा हो भन्ने मान्यता राख्नुहुने घिसिङ्ग दर्जनभन्दा बढी सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ । आज सु्नसरी क्षेत्र नं. १ को ‘ख’ बाट प्रत्यक्षबाट प्रदेशसभामा उहाँले आकांक्षा व्यक्त गर्नुभएको छ । तपाई किन प्रदेशसभाको निर्वाचनमा उमेद्वारको आकांक्षी हुनुभएको हो त भन्ने सवालमा घिसिङ्गले भन्नुभयो ‘म निरन्तर रुपमा २०४६ सालपछि पार्टीको सिपाही भएर काम गरिरहेको छु, नेपाली जनताको हक अधिकार र समाजको रुपान्तरणको लागि निरन्तर रुपमा लागिरहेको छु । मैले कुनै प्रकारको अवसरको यस भन्दा अगाडि अपेक्षा पनि गरेको थिइन । तर यसपटक मैले यस क्षेत्रमा धेरै काम गरेकोले मैले आफ्नो इच्छा व्यक्त गरेको हुँ ।’ घिसिङ्गले सुनसरी क्षेत्र नं. १ को ‘ख’ मा विपन्न वर्गका लागि आर्थिक सहयोगदेखि लिएर हरेक प्रकारका अप्ठेराहरु चाहे त्यो प्रशासनिक काम होस् वा अन्य सरकारी निकायमा पहल कदमी
गरेर सहयोग पु¥याउँदै आउनु भएको छ । उहाँले पार्टीको जिम्मेवार नेतृत्वले गर्ने काम त्यस क्षेत्रमा सर्वसाधारणलाई गर्दै आउनु भएको छ । त्यस क्षेत्रमा भएका स्थानीयले भोग्नु परेका सामाजिक विवेदका
कुराहरु, अन्यायका कुराहरु समाधानका लागि घिसिङ्गले सहयोग पु¥याउदै आउनु भएको छ । प्रदेशसभा ‘ख’ मा धरान उपमहानगरपालिकाको ५ वटा वडा र बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकाको गरी ७ वटा वडामा उहाँ विगतदेखि नै कन्द्रित रहँदै आउनु भएको छ । त्यस क्षेत्रका जनतालाई हरेक कुरामा, उहाँले देखेसम्म, सबै प्रकारका समस्यामा साथ दिँदै आाउनु भएको
छ । घिसिङ्ग त्यस क्षेत्रका स्थानीय प्रति समर्पित रहँदै आउनु भएको छ । उहाँ भन्नुहुन्छ, मैले थप जिम्मेवारी पाएमा थप सक्रिय हुन्छु । मैले समाज भनेको नै मेरो छोराछोरी हो भन्ने बुझेको छु । यही समाज नै मेरो परिवार हो भन्ने घिसिङ्ग आफ्नो उमेद्वारीप्रति कतिर्को विश्वस्त हुनुहुन्छ ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो नेतृत्वसँग म पूर्ण विश्वस्त छु । नेतृत्वले पक्कै पनि योग्य, सक्षम, कुनै कुरामा दाग नलागेको, समाजले भरोसा गरेको, विश्वास गरेको उमेद्वार नै चाहेको हुन्छ । अहिलेको परिस्थितिमा स्वतन्त्रहरुको लहर चलेको अवस्थामा घिसिङ्गजस्ता युवालाई नेतृत्वले हेक्का राखेर उमेद्वारी बनाउने कुरामा त्यस क्षेत्रका मतदाताहरु पनि आस्वस्त छन् ।

तपाईको प्रतिक्रिया