धरान । नेपाली काँग्रेस सुनसरीका होनहार एवम् प्रभावशाली युवा नेता मोहनकुमार श्रेष्ठले साधारण सदस्य नै नरहने गरी पार्टी परित्याग गर्नुभएको छ । श्रेष्ठले सामाजिक सञ्जालमार्फत काँग्रेस परित्याग गरेको घोषणा गर्नुभएको हो । उहाँले भन्नुभएको छ ‘म मोहनकुमार श्रेष्ठ २०३६ सालदेखि नेविसंघ हुँदै मधेशा वुथ सभापति ३ नं. (पुरानो), क्षेत्रीय सचिव भई काम गरिसकेको र हाल १४ औं महाधिवेशनमा सुनसरी जिल्ला सदस्य पदमा निर्वाचित भई कार्य गरिरहेको हुँदा आजैका मिति अर्थात असोज ३ गतेदेखि नेपाली काँग्रेसको साधारण सदस्य पनि नरहने गरी नेपाली काँग्रेस परित्याग गरेको कुरा सबैमा विनम्रतापूर्वक जानकारी गराउँदछु ।’

मोहनकुमार श्रेष्ठ पञ्चायतको कठिन समयमा सुनसरीको मधेशामा औँलामा गन्न सकिने काँग्रेस मध्येका एक हुन् । त्यसबेला मधेशामा बालाराज कार्की, छत्रध्वज बस्नेत, महेश बस्नेत, पृथ्वीबहादुर कार्की, विष्णु थापा लगायतलार्ई सबैले काँग्रेस भनेर चिन्थे । तत्कालीन प्रशासनको आँखा हरेक समय उनीहरुमाथि नै रहने गथ्र्यो । २०३६ सालदेखि नेपाली काँग्रेसमा सक्रिय रहनु भएका श्रेष्ठ मुकेश वास्तोला नेपाल विद्यार्थी संघको जिल्ला सभापति हुँदा उपसभापति हुनुहुन्थ्यो । वि.सं. २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ र २०६२÷०६३ को आन्दोलनमा जिल्लामा उहाँको अहम् भूमिका रहेको थियो । त्यति लामो योगदान गर्नुभएको तपाईले किन पार्टीको साधारण सदस्य नै नरहने गरी परित्याग गर्नुभयो त भन्ने सवालमा उहाँले भन्नुभयो हिजोका पञ्चभन्दा आजका काँग्रेस नेताहरु निस्क्रिय देखिए । कार्यकर्ताले गरेको लगानीको मूल्यांकन छैन । भ्रष्टाचारमा निर्लिप्त भएका छन् । समाजमा काँग्रेस भन्न नै लाजमर्दो भइसक्यो । पुुराना पुस्तामात्र हैन नयाँ पुस्ता पनि ऐøयासीमा डुबेका छन् । कार्यकर्ताहरुसँग भन्दा पनि माफिया, तस्कर, व्यापारीहरुसँग उनीहरुको निकट सम्बन्ध देखियो । त्यसैले मैले पार्टी छोडेर स्वतन्त्र बस्ने विचार गरें श्रेष्ठले भन्नुभयो ।
