स्पाइन सर्जरीसम्बन्धी एक दिने कार्यशाला सम्पन्न

धरान । एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपाल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाडजोर्नी विभागको संयुक्त आयोजनामा शनिवार एकदिने स्पाइन वर्कसप (Cadaveric) सम्पन्न भएको छ । आयोजनाका सचिव प्रा.डा. पशुपति चौधरीका अनुसार स्पाइन वर्कसपमा युवा हाडजोर्नीहरुको उत्साहजनक सहभागिता रहेको थियो । प्रतिष्ठानको अडिटोरियम हलमा सम्पन्न कार्यशालमा मेरुदण्ड समस्याका सम्बन्धमा युवा हाडजोर्नी युवाहरु जो भोलिका दिनमा स्पाइन सर्जरीमा आफूलाई प्रतिभाशाली बनाउन चाहेन्छन् उनीहरु एमडी एमएस गदै्र्र गरेकाहरुलाई मृत शरीरका सम्बन्धमा परीक्षण र तालिम गराइएको थियो ।


कार्यशालामा देशभरिका सरकारी तथा नीजि अस्पताल तथा मेडिकल कलेजका स्पाइन डक्टरहरुको सहभागिता रहेको थियो । ७० जना भन्दा बढी स्पाइन डाक्टरहरुको अनुभव एक अर्काकमा आदान प्रदान गरिएको थियो । काठमाण्डौ विश्व विद्यालय, किस्ट मेडिकल कलेज, धुलिखेल अस्पताल, नेशनल ट्रमा सेन्टर, बुटवल मेडिकल कलेज, विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज, विएनसी मेडिकल कलेज र अन्य प्राइभेट हस्पिटलका चिकित्सक, विद्यार्थीको सहभागिता रहेको थियो । अर्थात जहाँ स्पाइन सर्जरी अधिक मात्रामा हुन्छ त्यहाँका चिकित्सक, विद्यार्थीहरुले आफ्ना अनुभव आदान प्रदान गरेका थिए । कार्यशालमा २० वटा भन्दा बढी कार्यपत्र प्रस्तुत गरिएका थिए । पहिलो सत्रमा स्पाइन सर्जरीसम्बन्धी सहभागीहरुले आफ्नो अनुभव सुनाएका थिए भने स्पाइन सर्जरी सम्बन्धी विधामा भएको विकासका बारेमा चर्चा गरिएको थियो । सहभागी विद्यार्थीहरुलाई Cadaver मा कसरी स्पाइन सम्बन्धी चोटपटक लाग्छ, चोटपक लागेर भएका विरामीहरुको उपचार कसरी गर्ने, त्यसलाई कसरी यो कारणले चोट लागेको, चोटको प्रकृति आदिलाई कसरी फिक्स गर्ने (Hands on Training) वर्कसप लाइफ सर्जरी सम्बन्धी दोस्रो सत्रमा सिकाइएको थियो ।

तपाईको प्रतिक्रिया