धरान । अन्तर्राष्ट्रिय विस्मृति दिवसको पूर्व सन्ध्यामा धरान जेष्ठ नागरिक मिलन केन्द्रले विस्मृति अर्थात ब्शिलभष्mभच का सम्बन्धमा विस्तृत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
सुनसरी उद्योग वाणिज्य सघको सभा कक्षमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा बीपी काइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मनसिक रोग विभागका प्रमुख प्रा.डा. धनरत्न शाक्यले अल्जाइमर रोगका सम्बन्धमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

प्रा.डा. शाक्यले भन्नुभयो यस बर्षको अल्जामर दिवसको नारा नै द नलेज इज द पावर भन्ने रहेको छ । मानिसको जीवनमा एकाएक स्वभाव परिवर्तन आउनु, लामो समय विविध पाटा अर्थात शरीरका अंगमा परिवर्तन आउनु, नियन्त्रण बाहिर जानु अल्जाइमर अर्थात विर्सने समस्या शुरु भएको मान्नुपर्छ । उहाँको कथन थियो शरीरका सबै अंगको आफ्नै भूमिका हुन्छ । आफ्ना सन्तान, परिवार, समाज र राष्ट्रकै लागि क्ष्लतभचलबतष्यलब िब्शिलभष्mभचकुक मबथ को महत्व छ । आज देश, समाजका लागि योगदान गर्ने व्यक्तिलाई राज्यले नै सुसुचित गर्नुपथ्यो । तर त्यो हुन सकेको छैन । नलेज अफ द पावर नारा अत्नयन्तै सटिक छ । ज्ञानले अन्धकार हँटाउँछ । शरीरमा असंख्यौ अंगहरु छन् । मुटु, फोक्सो, किड्नी, नशा, जति पनि अंग छन् ती सबै मस्तिष्कबाटै परिचालित छन् । यो रोगको बारेमा जानेर अरुलाई सुसूचित गराउनु पावरफूल हो । चुनावमा जित्नेहरुमात्र पावरफुल हुँदैनन् । म आफू मन मस्तिस्कको चिकित्सक भएकोले यस्ता अन्तरक्रिया कार्यक्रममा ५० बर्ष माथिका नागरिक मात्र नभएर केटाकेटीको पनि सहभागिता हुनुपथ्र्यो । हुन यस्ता कार्यक्रममा अधिकांशलाई चासो हुँदैन । यही ठाउँमा मुटु परीक्षण, आँखा परीक्षण सम्बन्धी शिविर सञ्चालन भएको भए मानिसको खपिनसक्नु लाइन लाग्थ्यो, उहाँले भन्नुभयो । सो अवसरमा धरान जेष्ठ नागरिक मिलन केन्द्रका उपाध्यक्ष तथा प्रबुद्ध व्यक्ति कुमारबहादुर कार्कीले कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले भन्नुभयो आज संसारभरि २१ सेप्टेम्बरलाई विश्व अल्जमाइर दिवसका रुपमा मनाइदै आएको छ । उहाँले अल्जाइमर दिवस मनाउन प्रारम्भ कुन अवस्था र सन्दर्भबाट प्रारम्भ भएको चर्चा गर्दै भन्नुभयो आफैले राखेका सामानको हेक्का नहुने, आफ्नो परिवार र घर समेत विर्सिने, यदाकदा आफ्नै कपडाको बटम लाउन विर्सिने जस्ता गतिविधि व्यक्तिमा देखिएमा अल्जमाइरको संकेत भएको बताउनुभयो । अल्जाइमर रोगलाई न्यूनिकरण गर्न हरेक ५० बर्ष भन्दा माथिका व्यक्तिले शरीरिक र मानसिक गतिविधिमा आफूलाई सहभागी गराउनै पर्छ । धरान ज्येष्ठ नागरिक मिलन केन्द्रकी अध्यक्ष सरला कायस्थको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले प्रा.डा. शाक्यसँग विभिन्न जिज्ञासाहरु राखेका थिए भने कार्यक्रमको सञ्चालन केन्द्रका कोषाध्यक्ष गंगाप्रसाद रेग्मीले गनुर्भएको थियो ।
