आफै जुटेर बनाए पालिका तरकारी बजारको ट्रष्ट

धरान । धरान उपमहानगरपालिका वडा नं. ३ पुरानो बजारमा रहेको पालिका तरकारी बजारको सुविधा सम्पन्न टहरा निर्माण सम्पन्न भएसँगै स्वरुप फेरिएको छ । बर्षाद्को समयमा पानी चुहिएर सामान बिग्रिने, बाँदरले बिक्रीका लागि राखिएका सब्जीजन्य सामाग्री नष्ट गरिदिने समस्याले आजित बनेका व्यवसायीहरुले आफै सक्रियता देखाएपछि सुविधासम्पन्न टहरा निर्माण सम्पन्न भएको हो ।
शुरुका दिनमा उनीहरु स्थानीय सरकार धरान उपमहानगरपालिका, प्रदेश नं. १ सरकारलाई गुहारे । त्यहाँबाट रकम पर्याप्त नआउने देखेपछि उनीहरुले पालिका बजार ट्रष्ट पुन ः निर्माण समिति समेत गठन गरे । भानुसब्जी तथा फलफूल व्यवसायी समितिकी उपाध्यक्ष रमा चौहान खतिवडाको संयोजकत्वमा १० सदस्यीय समिति बनाएर रकम नै संकलन गर्न थाले । सब्जी व्यवसाय गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्थाका उनीहरुले २५ लाख ५० हजार सहयोग जुटाए । सहयोग जुटाएर काम शुरु गरेपछि निर्माणको लागि धरान उपमहानगरपालिकाले ३० लाख र प्रदेश १ सरकारले २० लाख सहयोग गर्न बाध्य भएको थियो । करिब ५ का जमिनमा निर्माण भएको ट्रष्टको प्रदेश १ का कृषिमन्त्री झलकबहादुर मगरले उद्घाटन गर्नुभएको छ ।
मन्त्री समक्ष व्यवसायीहरुले राज्यले साना व्यवसायीलाई सहयोग नगरेको गुनासो गरेका छन् । भानुसब्जी तथा फलफूल व्यवसायी समितिका अध्यक्ष राजेन्द्र दर्नालले व्यवसाय गर्दा पटक पटक दुःख पाएको गुनासो मन्त्रिसमक्ष पोख्नुभयो ।  उहाँले सरकारी सहयोग न्यून हुने भएपछि आफ्नैै प्रयासमा पालिका तरकारी बजारको ट्रस निर्माण  गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया