गठबन्धन विरुद्ध बोले कारबाही
हिजोआज नेप्लिज लाँग्रेसका बाल्वाटारे मुखिया लठ्यौरा बाको अस्वभाविक गतिविधि देखिन थाल्या छ । मंसिर ४ जति जति वरवर आउँछ लठ्यौरा बा’मा त्यस्तो देखिन थाल्या हो । अस्तिका दिन चितौनतिर गएर बाले हँसिया हतौडाको खुबै प्रशंसा गरेछन् । बीपीको नामै उच्चारण गरेनछन् । अझ रुखतिर त हेर्दै हेरेनछन् । हसिया हतौडाप्रतिको लठ्यौरा बाको मोह गज्जबको छ । कसैले गठबन्धनको विरुद्धमा बोलेमा त्यसको थुतुनो च्यातिदिने उर्दी जारी गरेका छन् लठ्यौरा बाले । काँग्रेसका कार्जेकर्ताले त झन विरोध गर्नै हुँदैन । विरोध ग¥यो कि पार्टी सिध्याउने षड्यन्त्र भनेर भकभक गरिहाल्छन् । कार्बाही गर्ने चेताउनी दिई हाल्छन् । मान्छे बूढो भएपछि भीर खोज्छ भन्थे हो कि क्या हो ? असी पुग्न लागेर बसी खाने बेला भएका लठ्यौरा बाले आफू पनि सिद्धिने पार्टी पनि सिध्याउने भए ।

पैसा छैन रे
हिजोआज प्रचण्डाउ हरि कँगालै भा’छन् रे । अलिकति राजकानी सुन्निदा, हाँच्छिउ आउँदा, गिलो आँची आउँदा पिलेन चार्टर गरेर स–परिवारै लिएर उपचार गर्न सिंगापुर, अम्रिका पुग्ने प्रचण्डाउसँग चुनाउ लड्ने पैसो छैन रे । यसो पत्याउने गफ दिनु नि । जहिल्यै ठगेको छ, ढाँटेको छ, अरुलाई उल्लु बनाएको छ । थपक्कसँगले स्वीजरल्याण्डमा थन्क्याएको अरबौ रुपैया लेराउनु, दश बर्षसम्म सोहोरसाहर गरेको रकम निकाल्नु, सत्तामा बस्दा र सत्तासीन हुँदा भ्रष्टाचार गरेर, कमिशन लुँड्याएको रकम निकाल्नु पर्दैन ? जहिल्यै लालिको पित्र गाएर त भएन नि ? अझ लडाकुका नाममा कुम्ल्याएको अरबौ रुपैया कता गयो ? पैसा छैन रे । हुन त यसपटक तिन्ले पैसा ओछ्याए नि भोट पाउने हैनन् । भोटै नपाउने छाँटकाँट देखिएसी पैसो किन खर्च गर्ने ? गठबन्धनका लठ्यौरा बाले प्रहरी प्रशासन लगाएर भए पनि जिताइ हाल्छन् । पहिला सिराहामा जो ग¥या थियो ।
टिकट किन्न सक्नेको मूल्यांकन
अस्तिका दिन डा. रामवरन जादवले साह«ै गुनिलो गफ दिए । गफै त के भन्नु खाँटी कुरा गरिदिए । उन्ले भन्या पहिला पहिला काँग्रेसमा पसिना बगाउनेहरुको मूल्यांकन हुन्थ्यो , संगठन गर्नेहरुको मूल्याकन हुन्थ्यो । अहिले त त्यो प्रथा नै हँट्या छ रे । अहिले पार्र्टीको टिकट उच्च मूल्यमा किन्नेहरुको मूल्यांकन हुन्छ रे । मनै छुने गफ दिए जादवले । यतिबेला दुई चरणको चुनाउ आउन लाग्या
छ । वाल्वाटारमा काँग्रेसको टिकट विक्री काउन्टर खोलिएको छ रे । फिक्स रेट छ रे । गाडी चढेर सुकिला मुकिलाहरु डाक बढाबढ गरेर टिकट खरिद गर्न झुत्तिएका छन् रे । पसिना बगाउनेहरु बाहिरबाटै टुलुटुलु हेरेर अमिलो मुख लगाएर फर्किदैछन् रे । क्या वात †
राजनीति छोडौ छोडौ लाग्छ रे
हिजोआज खै कुन्नि के जाति पार्टी हो त्यसका अध्येक्षे माकुनेलाई हदैसम्मको विरह चल्न थाल्या रै’छ । गठबन्धनमा बस्दा विचराको कहिल्यै मान भएन । जहिल्यै अपमान भयो । हुँदाहुँदा अब त जनताले नि अपमान मात्र गर्न थाल्या छन् । आफ्नो गृह जिल्ला गइसक्नु छैन, ढुंगामुढा गरेर लखेट्छन् । अस्तिका दिन माकुनेले देश र जनताको लागि अहोरात्र खटिँदा पनि जनताले नपत्याउँदा, अपमान मात्र गर्दा राजनीति छोडौ छोडौ लाग्छ भनेर गहिरो गुनासो गरेछन् । हुन त माकुनेले राजनीति भन्दा नि लाजनीति ग¥या हुँदा जन्ताले नपत्याएका हुन् । मंसिर ४ गते पछि जन्ताले लघारेर राजनीति छोडाउँछन् । बरु अहिल्यै बुद्धि पु¥याएर सन्यास लिए यसो कुनाकन्दरातिर बचेखुचेको इज्जत जागिने थियो । लौ है माकुन्याउ विचार गर । मंसिर ४ पछि पूरै नांगिने कि अहिले अघाउजी नांगिने ?
३२ नभए बाहिरिने
जुन गोरुको सिङ छैन त्यसैको नाम तीखे । अब हेरम न उपिन्दर जादवलाई संघीय निर्वाचनमा ३२ सिट नदिए गडबन्धनबाट बाहिरिने रे । दुई चार सिट बोक्ने क्षमता छैन ३२ सिटको ध्वाँस किन पिट्या होला ? लाटा त उपिन्दर लाटा नै हुन् । जाबो ३२ सिट गठबन्धनसँग कटौरा थापेर माग्नुभन्दा देशभरि १६५ स्थानमै उमेद्वार उठाउनु नि । कसले रोक्या छैन । खाली ३२ सिट चाहियो कि ३२ सिट चाहियो भन्या छ ल्याङ्ग ल्याङ्ग ग¥या छ । गठबन्धनबाट बाहिरिए लन्ठै साफ । गठबन्धनले सबै गठबन्धने दलको हैसियत खुम्च्याइदिएछ । एक्लै चुनाउनमा जाने हैसियतै गुमाइदिएछ । उपिन्दर त आफूलाई मधेशको मसिहा पो भन्थे त । मसिहा यति चाँडै स्खलित होलान् भनेर घण्टाघरलाई त पत्यारै लाग्या थिएन ।
साझा उमेद्वार बन्छु रे
सडियल डिग्रिधारी बाउराम भट्टराईको अबचाहिँ राजनीति शिव भएछ । यसभन्दा अगाडि काँग्रेसले पिँधमा चाँडी लगाइदिएका कारण गोरखाबाट चुनाउ जित्या थिए । यस पटक काँग्रेस आफै रामनाम भन्नुपर्ने अवस्थामा पुग्या छ । जसपाबाट भाग नपाएपछि सनक्क सन्किएर हातखुट्टा बजार्दै हिँडेका बाउरामले अस्तिका दिन म सबै दलको साझा उमेद्वार बन्न चाहन्छु भनेर फलाकेछन् । ती आयाराम
गयारामालाई कस्ले साझा उमेद्वार मान्ने ? साझा उमेद्वार मान्न बाउराममा खुवी पनि त हुनुप¥यो । कहिले वल्लो पार्टीमा छि¥या छ, कहिले पल्लो पार्टीमा । नेपालका सबै राजनीतिक दल डुलिसक्या भएर साझा उमेद्वार बन्नु भन्या होलान् । विचरालाई आपत्तै प¥या छ साझा कसैले नमान्ने एक्लै जाँदा चिप्लिने ।
सिटौलाको हरिविजोग
नेप्लिज लाँग्रेसका सुकेटार नेता कृष्ण सिटौलो यस पटक पनि झापाबाट लोहोरोले पिसिने भएका छन् । यसभन्दा अगाडिग पनि राजेन्द्र लिंगदेनले पिसेर धुलो पारेर फाल्देका थिए । लिंगदेनले पिस्छन् भन्ने जान्दाजान्दै किन झापा क्षेत्र नं. ३ मै मुन्टिनु ? अन्तै गए नि त हुन्थ्यो । काँग्रेसमा बैकल्पिक तेस्रो धार बनाउने भन्दै हिडेका सिटौला अन्तेमा वाल्वाटारे स्यालबहादुरकै पाउमा घोप्टिएपछि आफ्नैले
दुरदुर र छिछिीगर्न थाल्या छन् । काग ज्यादा बाठो हुँदा नरको विस्टा खान्छ भन्थे हो रै’छ ।
अन्तेमा
भोजपुरका मतदाताले पिँधमा पुल्ठो लगाएर लघारेका ज्ञावकाको चुरीफूरी सुनसरीबाट पनि मंसिर ४ गते पछि शिव हुने भएको छ । इमान्दार कार्यकर्ताहरु ज्ञावका लागि लघार्न तम्तयार भएर बस्या छन् । बाल्वाटारे मुखियाको मुख्य पूजारी ज्ञावका दक्षिणा सोहोर्न खप्पिस मानिन्छन् । त्यसरी सोहोरेको दक्षिणा चरालाई चारो हालेझै चारो हालेर फेरि सिंहदरबार छिरम्ला भनेर सपना देख्या होलान् । अब चारोमा कोही भुल्ने देखिएका छै्रनन् । बरु बेलैमा अन्तै बसाइँसराईँ सरे ज्ञावकाको कल्याण नै होला ।
