घर निर्माणमा कांग्रेसको सहयोग

धरान । नेपाली कांग्रेसले घर निर्माणका लागि सहयोग गरेको छ । नेपाली कांग्रेस धरान १५ ले घरवार विहिनभएका राधा वराललाई घर निर्माण गर्न ३३ हजार ७ सय १० रुपैया सहयोग गरेको हो ।
नेपाली कांग्रेस, १५ नंं. वडा कार्यसमितिले आयोजना गरेको आय-व्यय प्रस्तुत तथा आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धि छलफल कार्यक्रममा जिल्ला सहसचिव गणेश सुब्बा, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा १(क) सचिव युवराज शंकर, वडा सभापति डम्बर गुरुङले उनलाई सहयोग हस्तान्तरण गरेका थिए ।


वडा सभापति डम्बर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा १(क) समितिका सहसचिव तथा स्थानीय तह निर्वाचनका आर्थिक समिति संयोजक हरि ओझाले निर्वाचन सम्बन्धि आय–व्यय र वडा उपसभापति डिकबहादुर तामाङले कार्यसमितिको आय–व्यय प्रस्तुत गरेका थिए भने वडा सदस्य विमला घिमिरेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव राजकुमार श्रेष्ठले गरेका थिए ।

तपाईको प्रतिक्रिया