मलामीले नाङ्गो नाच हेर्ने अनौठो चलन, सरकारले गर्न थाल्यो हस्तक्षेप

कुनैपनि आफन्त मरेपछि हामीकहाा मानिसहरु शोकमा पर्छन् । मृतकको अन्तिम संस्कारका लागि मलामी जाने सबै मानिस स्तब्ध भएका हुन्छन् र त्यहाा कुनै रमाइलो भन्ने कुरा नै हुादैन । तर चीनमा भने यस्तो अनौठो संस्कार छ, जहाा मृतकको अन्तिम संस्कारमा रमाइलो उत्सव हुन्छ र मलामीहरुले युवतीहरुको नांगो नाच हेर्दछन् । मृतकका परिवारले नै यस्तो नांगो नाच नाच्ने नर्तकीहरुलाई अन्तिम संस्कारको दिनका लागि भाडामा खरीद गरेका हुन्छन् ।सुन्दै अचम्मको र गलतजस्तो लाग्ने यो संस्कारको आफ्नै मूल्य तथा परम्परा होला । तर अन्तिम संस्कारमा निर्वस्त्र नाच देखाउने यो संस्कृतिले सााच्चीकै विकृति नै ल्याएको ठानेछ, चीनको सरकारले । अन्तत: त्यस्तो नाचमा बन्देज लगाउने तयारी सरकारले गरिरहेको छ ।
चिनिया परम्परा अनुसार मृतकको अन्तिम संस्कारमा जति धेरै मलामीहरु उपस्थित भए, मृतकको दिवंगत आत्माले शान्ति पाउने तथा स्वर्गमा बास हुने सम्भावना उत्ति नै धेरै हुन्छ । त्यसैले बढि भन्दा बढि मलामीको रुपमा रमितेहरु आउन् भनेर त्यहाा अन्तिम संस्कारको दिन निर्वस्त्र नाचकै आयोजना गर्ने चलन बढेर गएको छ ।
एक मृतकको अन्तिम संस्कार समारोहमा चलिरहेको निर्वस्त्र नाचको भिडियो अनलाइनमा भाइरल बनेसागै बढेको आलोचनाका बीच चीन सरकारको संस्कृति मन्त्रालय त्यस्तो गतिविधिमा हस्तक्षेप गर्ने टुंगोमा पुगेको हो ।अन्तिम संस्कारलाई मर्या्दित बनाउन तथा नांगो नाच हुन नदिनका लागि प्रहरी परिचालन गरेको छ । केही समयअघि यस्तो नाचको आयोजना गर्ने एक मृतकका परिवारलाई ७० हजार युआन जरिवाना समेत गरिएको थियो ।
सरकारका अनुसार यस्तो प्रथाले सामाजिक वातावरणलाई भ्रष्ट बनाउाछ ।

तपाईको प्रतिक्रिया