नेपालमा आएको महाविनाशकारी भुकम्प पीडितलाई भारत सरकारको पहिलो राहत घोषणा देशभरको जनजीवन अस्तव्यस्त : घाइते र मृतकको संख्या दिनप्रतिदिन बढ्दै

धरान/नयाा बर्ष आगमनको खुशियाली सेलाउन नपाउादै वैसाख १२ गते शनिवार अपरान्ह ११.५६ बजे आएको दोस्रो महाविनाशकारी भुकम्पले सम्पूर्ण देशबासीलाई शोकमा मात्र डुबाएन अरबौको भौतिक संरचना केही क्षणमै ध्वस्त बनायो ।
झण्डै ८० बर्ष पश्चात महाविनाशकारी भुकम्पबाट सबैभन्दा बढी प्रभावित काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, धादिङ्ग, काभ्रे, रसुवा, नुवाकोट, दोलखा, गोरखा,
रामेछाप, सिन्धुली रहेका छन् । यस महाविनाशकारी भुकम्पमा पनि मृत्यु हुनेको संख्या र घाइतेको संख्या दिनप्रतिदिन बढिरहेको छ । उद्वार कार्यमा संलग्नहरुले मृतक र घाइतेको संख्या एकिन साथ बताउन सकिरहेकाा छैनन् ।
भुकम्पका कारण ऐतिहासिक भीमसेन स्तम्भ पूर्ण रुपमा नष्ट भएको छ भने ललितपुरको कृष्ण मन्दिर, बसन्तपुर दरबार, भक्तपुर दरबार, तलेजु मन्दिर, नुवाकोट दरबार, भुकम्प
प्रतिरोध भनी निर्माण गरिएका सपिङ्ग कम्प्लेक्स, अपार्टमेन्ट लगायत राजधानीका पुराना संरचना सबै ध्वस्त भएका छन् । ७.९ रेक्टर स्केलको भुकम्पको धक्का नेपालका सबै जिल्ला लगायत भारतको दिल्ली, उत्तर प्रदेश, पट्ना, पश्चिम बंगाल, सिक्किममा मात्र नभएर अन्य देशमा पनि महसुस गरिएको थियो । आइबार समेत ६.९ रेक्टर स्केलको भुकम्प जाादा थप क्षति भएको छ । नेपालमा आएको महाविनाशकारी भुकम्प गएको केही समयपशचात भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक रुपमा मन्त्री परिषद्को बैठक गरी नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै उद्वार तथा राहतको घोषणा गर्नुभएको थियो । भारतले आइतबार सम्म उद्वार, राहत तथा मेडिकल सामाग्री सहित ३ सय ५० जनाको टोली पठाइसकेको छ ।
भारतले भुकम्प पीडितको खोजी तथा उद्धारका लागि १० वटा एमआइ १७ हेलिकोप्टर समेत पठाएको छ । आइतबार २ वटा कुकुर सहित २ सय ८४ जनाको अर्धसैनिक सिएसएसआर टोली, ५२ चिकित्सक र अन्य प्राविधिक पठाएको थियो । यस पश्चात भारतीय उद्वार टोलीको संख्या ७ सय २० पुगेको छ भने सोमबार मात्र सैनिकको एउटा टोली कााकडभिट्टा भएर राजधानी प्रस्तान गरेको छ । हाल भारतले पठाएको हेलिकोप्टरले रसुवा, सिन्धुपाल्चोक,
गोरखा, धादिङ्ग, दोलखा, काभ्रेप्लानचौक, सिन्धुली, रामेछाप, लमजुङ्ग लगायत अति प्रभावित क्षेत्रमा घाइतेहरुको उद्धारसागै औषधोपचार र राहत सामाग्री तिवरण गरिरहकेो छ ।
पूर्वाञ्चलमा ५० को मृत्यु
शनिवार गएको ७.९ रेक्टर स्केलको भुकम्पसागै आइतबार पुन: आएको ६.९
रेक्टर स्केलको भुकम्पको प्रभाव राजधानी लगायत अन्य जिल्लाको तुलनामा पूर्वाञ्चलमा कम परेको छ । यद्यपि, पूर्वाञ्चलमा समेत धनजनको क्षति हुने रोकिएन । पूर्वाञ्चल क्षेत्रीय कार्यालय
विराटनगरले दिएको जानकारी अनुसार भुकम्पका कारण मोरङ्गमा २, सुनसरीमा ७, भोजपुरमा २, ताप्लेजुङ्गमा १, सप्तरीमा १, ओखलढुंगामा १७ र सोलुखुम्बुमा २१ जनाको मृत्यु भएको छ । २ सय ५ जना घाइते भएका छन् भने ५ सय ७० वटा घर पूर्ण रुपमा क्षति भएका र १ हजार २ सय ६२ वटामा आंशिक क्षति पुगेको छ ।
सडक चौरको सुताइ
महाभुकम्पले हालसम्मकै सबैभन्दा धेरै जनजनतको क्षति पुर्‍याएपछि र पटक पटक थप शक्तिशाली भुकम्प केही समयको अन्तरालमा जान थालेपछि पूर्वाञ्चलका बासिन्दाहरु समेत शनिवारदेखि निर्धक्कसाग आफ्नो घरमा सुत्न सकेनन् । धरान, विराटनगर, इटहरी, झापाका विभिन्न सहर तथा पहाडी क्षेत्रका बासिन्दा खुल्ला ठाउामा गएर बसे । अझ केही व्यक्तिले विदेशी सञ्चार माध्यमको हवाला दिादै पुन: शक्तिशाली भुकम्प आउने एकपछि अर्को हौवा पिटाइदिएपछि स्थानीयमा त्रास फैलिएको छ ।

तपाईको प्रतिक्रिया