आजभोली मोबाइलमा एउटा एसएमएस भाइरल भैरहेको छ । भूकम्प पीडितका लागि सहायता नम्बर २५ जनालाई पठाएमा ३२५ रुपैयाा बोनस पाइन्छ भनेर । तर, यो गलत हो ।
यस्ता गलत एसएमएसमा विश्वास गरेर बोनस रकम पाइन्छ भनेर भ्रममा नपर्नुहोला । नेपाल टेलिकमले विज्ञप्ति निकालेर कुनै पनि किसिमको सन्देश प्रवाह गरे वापत बोनस दिने व्यवस्था नगरेको स्पष्ट पारेको छ । नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले मंगलबार विज्ञप्ति निकालेर बोनस रकम पाइने भन्दै मोबाइलमा आउने एसएमएसको खण्डन गरेकी छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘केही व्यक्तिहरुले भ्बचतजत्रगबपभ ज्भउिष्लिभ ल्गmदभच को वारेमा क्:क् पठाउादा निश्चित रकम बोनस प्राप्त हुने भन्ने गलत तथा भ्रम फैलाउने एमएमएस प्रवाह गरेको पाइएकोले नेपाल टेलिकम यसको खण्डन गर्दछ । हाल कम्पनीले कुनै पनि किसिमको सन्देश प्रवाह गरे वापत बोनस दिने व्यवस्था नगरेको जानकारी गराउादछौं ।’
नेपाल टेलिकमले भूकम्प पीडितको उद्धारको लागि गृह मन्त्रालय एवं सूचना तथा सञ्चार मन्त्रालयको समन्वयमा १२३४ नम्बरको हटलाइन सञ्चालनमा ल्याएको छ ।
त्र
