प्रतिष्ठानकी प्राध्यापक डा.बसुधा खनाल ‘वुमन इन मेडिसिन नेपाल २०२२’ अवार्डबाट सम्मानित

धरान । नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेको प्रतिष्ठानकी माइक्रो बायलोजी विभागकी प्राध्यापक डा. बसुधा खनालाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट अवार्ड प्रदान गरिएको
छ । उहाँसंगै १५ महिला चिकित्सकलाई सो पदवीबाट राष्ट्रपति भण्डारीले सितल निवासमा सो अवार्र्ड प्रदान गरेकी हुन । नेपालको चिकित्सा क्षेत्रका विभिन्न विधामा महिला चिकित्सकहरुले गरेको योगदानको कदर स्वरुप अवार्ड प्रदान गरिएको हो ।


माइक्रोबायोलोजिको क्षेत्रमा मोफसलमा रहेर लामो समयसम्म शिक्षा, अध्ययन, अनुसन्धान र चिकित्सा सेवामा गरेको भन्दै सो अवार्ड प्रदा नगरिएको हो । डा. खनालले धरानमा नै जन्मिएर, यहीबाट विद्यालय र विश्वविद्यालय तर्फ आइ.एस्सी सम्मको अध्ययन गर्नुभएको छ । उहाँलाई तत्कालीन अवस्थामा छात्रातर्फको उच्चतम अंक प्राप्त गरे वापत ऐश्वर्या विद्यापदक समेतबाट विभुषित गरिएको थियो । नेपाल सरकारको छात्रावृत्ति कार्यक्रम मार्फत पाकिस्तानबाट एमविविएस अध्ययन सकेर प्रतिष्ठानको मेडिकल अफिसर पदमा सेवा सुरु गर्नभएको थियो । .डा. खनालले प्रतिष्ठानको शिक्षक जनशक्ति बिकास कार्यक्रम मार्फत माइक्रोबायोलोजि विषयमा स्नातकोत्तर (एमडी) गर्नुभएको भने एमडीमा ंले गोल्ड मेडल समेत प्राप्त गरिसक्नु भएको छ । उहाँले राषिट्रय तथा अन्तर्राष्ट्रिय जर्नलमा चिकित्सा बिज्ञान सम्बन्धी सैयौ लेख, रचना प्रकाशन गरिसक्नु भएको छ । कालाजार, एन्टिबायोटिक प्रतिरोधात्मक क्षमताका ब्याक्टेरिया लागायतका क्षेत्रमा समेत अनुसन्धान गरेकी डा. बसुधा हाल नेपाल क्लिनिकल माइक्रोबायोलोजी एसोसिएसनको अध्यक्षमा रहनु भएको छ ।

तपाईको प्रतिक्रिया